बाघबिनाको जंगल कस्तो होला? 


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


गत चैतमा डडेल्धुराको महाभारत वन क्षेत्रको भागेश्वर जैविकमार्गमा पाटेबाघ देखियो, जसको उचाइ २ हजार ५ सय मिटर छ। 

यसअघिका अनुसन्धानमा नेपालमा ८ सय मिटर उचाइसम्म मात्र बाघ पाइएको थियो।  

डडेल्धुराबाट नजिक कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ। 

सरकारी तथ्याकं अनुसार त्यहाँ १६ बाघ छन्। डडेल्धुरामा देखिएको बाघ पनि शुक्लाफाँटाबाटै गएको अनुमान छ।

यसले देखाउँछ आहार प्रजाति पाइयो भने बाघ तराईका जंगलमा मात्र होइन मध्यपहाड र तल्लो हिमाली क्षेत्रमा पनि रमाउन सक्छन्।

सन् २०१८ को तथ्यांक अनुसार नेपालमा रहेका दुई सय ३५ वटा पाटेबाघ छन्। जसमध्ये ९ वटा राष्ट्रिय निकुञ्ज बाहिरका हुन्।

चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिरको वनजंगलमा पनि बाघको बासस्थान रहेको यसले देखाउँछ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल आहारा र बासस्थानको पर्याप्तता भए बाघ निकुञ्ज बाहिरका जंगलमा पनि रमाउने बताउँछन्। तर, आहारा र बासस्थानको समस्या भएमा अन्यत्र मात्र होइन बस्तीमा पनि जाने जोखिम उत्तिकै हुन्छ। 

बाघ दुर्लभ र लोपोन्मुख मांसहारी वन्यजन्तु हो। एक सय वर्ष अघि विश्वमा बाघको संख्या एक लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ। तर सन् २०१० संख्या मात्र घटेन, बाघ पाइने मुलुक पनि १३ वटामा सीमित बने।

सरकारी आकंडा अनुसार नेपालमा सन् २०१० मा एक सय २१ बाघ थिए। अहिले संख्या बढेर दुई सय ३५ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ।  

चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र  बाँके निकुञ्जमा क्रमशः ९३, ८७,  १६, १८  र २१ बाघ छन्। सन् २०१३ को तथ्यांकको तुलनामा ३७ वटा बाघको संख्या थपियो।   

प्रतिबद्धताअनुसार नेपालले सन् २०२२ सम्म प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ५० पु¥याउनुपर्ने हुन्छ । 
सोही अनुरुप नेपालमा पनि संरक्षणका लागि छुट्टै कार्यक्रम छन्।

बेलाबेला घटना सार्वजनिक हुन्छन्–बाघले घरपालुवा जनावर खायो, मान्छे घाइते बनायो? यस्तो अवस्थामा किन संरक्षण गर्ने?

सहसचिव ढकाल पारिस्थितिकीय प्रणालीसँगै मृग, हरिण, चित्तल, जरायो, बँदेल लगायत अन्य वन्यजन्तु जोगाउन पनि बाघको संरक्षण गर्नुपर्ने धारणा राख्छन्। 

भन्छन्, ‘बाघ संरक्षणका लागि आहारा प्रजातिका वन्यजन्तु जोगाउनै पर्छ। त्यसका लागि घासका फाँट, पानीका मुहान, तालको संरक्षण पनि हुन्छ÷गर्नुपर्छ। एउटालाई बचाउँदा अरू पनि बच्छन्।’ 

नेपालमा राष्ट्रिय निकुञ्ज तथा तराईका जंगल बाघका लागि उपयुक्त बासस्थान मानिन्छन्। 

बाघ जति सुन्दर र आकर्षक लाग्छन्, त्योभन्दा बढी बानी–व्यवहारमा आक्रामक पनि । ‘तर यसले आफ्नो शरीरको सुरक्षाका लागि खतरा महसुस नभएसम्म हतपत मान्छेलाई आक्रमण गर्दैन,’ ढकाल भन्छन्, ‘तर मान्छेले भने जानेर वा नजानेर चोरी सिकार र अवैध व्यापारमार्फत यी प्रजातिलाई आक्रमण गर्ने गरेको पाइन्छ।’

संरक्षणमा चुनौती 

बढ्दो चोरीशिकार, प्राकृतिक बासस्थानमा आएको ह्राससहित कारणले जोगाइराख्न समेत चुनौती थपिएको छ।

सहसचिव ढकाल बाघ संरक्षणमा चुनौती थपिनुमा मुख्यतः चारवटा कारण देख्छन्।  

पहिलो प्राकृतिक बासस्थान खुम्चिनु तथा असुरक्षित बन्दै जानु हो। तीब्र रुपमा वन फडानी, अतिक्रमण तथा अव्यवस्थित विकास निर्र्माणले वासस्थान घटिरहेको छ। यी कारणले क्षयीकरण र खण्डीकरणको समस्या पनि बढाउँदैछ। जसले गर्दा बाघलाई घुमफिर गर्न आवश्यक पर्ने बासस्थान त मासिन्छ । 

यसले आहारा प्रजातिमा कमी आउने समस्या बढ्ने गरेको बाघ विज्ञहरू बताउँछन्। ‘पानी सुक्ने, बाढी र पहिरोको प्रकोप बढ्दाको प्रत्यक्ष असर वन्यजन्तुमा पनि परेको छ । जसले गर्दा बिराला प्रजातिले खाने आहारा प्रजातिको अभाव हुने देखिन्छ,’ उनी भन्छन्, ‘जलवायु परिवर्तन र अन्य मिश्रित कारणले रोगव्याधि फैलने सम्भावना पनि उत्तिकै देखिन्छ।’

बाघले आहारा नपाउँदा कमजोर हुने, रोगसँग लड्नक्ने क्षमता घट्छ। प्राकृतिक बासस्थानमा समस्या आएमा बाघ बस्तीमा पस्ने गाइबस्तु खाने, मान्छे घाइते बनाउने समस्या सृजना गराउने गरेको बताइन्छ। जसले मानव–वन्यजन्तु द्वन्द्व झनै बढाउँछ।

बाघका लागि ठूलो क्षेत्र आवश्यक पर्छ, त्यसैले चिडियाखानामा पनि बाघका लागि ठूलो क्षेत्र छुट्याइएको हुन्छ। बाघलाई ठूला फाँट, जलाशय, वन्यजन्तु रहेका वन आवश्यक पर्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक अनुसार पछिल्ला ५ वर्षयता पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म ३३ वटा बाघ प्राकृतिक कारणले मरेका छन्। 

सरकारले अहिले राहत निर्देशिका परिवर्तन गरेर बाघको आक्रमणबाट ज्यान गएमा मृतकका परिवारलाई १० लाख, घाइते भएमा २ लाखसम्म उपचार खर्च र घर भत्काएमा ३० हजार रुपैयाँ राहत दिने गरेको छ।

यो बाहेक अर्काे समस्या हो, चोरीशिकारी। नेपालमा बाघको छाला र अंगको ठूलो बजार त छैन, तर शिकार गरेर बाहिरी देशमा पु¥याउने गरिएको पाइन्छ। नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल बाघको चोरीशिकार नियन्त्रणका लागि नेपालले अन्य देशसँग अन्तरसीमा समन्वयलाई प्राथमिकता दिनुपर्ने बताउँछन्।

अहिले जलवायु परिवर्तनको असर विश्वव्यापी परिरहेको छ। तामक्रम वृद्धिका कारण चाँडो हिउँ पग्लने, गर्मीयाममा खोलानालामा पर्याप्त पानी नहुने, मूल सुक्ने समस्या बढिरहेको छ। ‘तापक्रम बढ्दा वनजंगलमा आगलागी हुने जोखिम बढी हुन्छ, यसले बाघको आहारामा कमी आउँछ,’ ढकाल भन्छन्।

विज्ञहरूका अनुसार बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छन्। सन् २०१८ को गणनामा भेटिएका २ सय ३५ बाघलाई पुग्ने आहारा नेपालका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा ती आसपासका वन क्षेत्र र जैविक मार्गमा छ।

सन् २०१३ को राष्ट्रिय बाघ गणनाका क्रममा गरिएको आहारा सर्वेक्षण र सन् २०१८ को सर्वेक्षणलाई तुलना गर्दा बाघको आहारा प्रजातीको संख्या घटेको पाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी बाघको आहारा पाइएको छ। बर्दियामा पनि खासै समस्या छैन। ‘तर पर्सा र बाँकेमा आहारा प्रजातिको घनत्व अली कम छ,’ ढकालले भने। बाघ पाइने तराईका १२ जिल्लामा मृग प्रजातीका जनावर र धेरै चित्तल छन्।

बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेलका अनुसार बाघले ठूलो प्रजाती नै खान मन पराउँछ। बाघले औसतमा हप्तामा एउटा मृग खान्छ तर भोकाएको बेला वन कुखुरा, खरायो र बाँदर पनि खाने गरेको उनी बताउँछन्।

मिचाहा प्रजातीको झारले तीनका पनि आहारामा कमी आउने गरेको छ, भने घाँसे मैदानको कमी र ताल सुक्दा बाघ संरक्षणमा समस्या बढेको छ। 

अवसर

बाघ जोगाउँदा पारिस्थितिकीय प्रणालीमा मात्र सुधार आउँदैन पर्यापर्यटनमा पनि टेवा पु¥याउँछ। जस्तो, जावलाखेलस्थिति सदर चिडियाखानाका बाघ हेर्न पर्यटक पुगिरहेका हुन्छन्। 

नेपालको तराई क्षेत्र मुख्य गरी तराई भू–परिधीय क्षेत्र बाघको मुख्य वासस्थान हो। सरकारले चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलई बाघ पाइने निकुञ्जको रूपमा स्थापना गरेको छ।

नेपालमा प्रायः बाघ निकुञ्जमा पाइने गरेकामा सबैभन्दा बढी चितवनमा छन्। एकसिंगे गैंडा र हात्तीका लागि प्रख्यात चितवन निकुञ्जमा बाघ हेर्नका लागि पर्यटक आउने गरेको निकुञ्जका चिफवार्डेन नारायण रूपाखेती बताउँछन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैँडा, बाघ, हात्ती, कस्तृरी, मृग, ध्वांसे चितुवा वा गौंरीलाई मार्ने, घाइते बनाउने र खरिद गर्न नपाइने उल्लेख छ।

बाघ जोगाएमा आहारा प्रजातिका वन्यजन्तुको पनि संख्या बढ्ने भएकाले पर्यटको संख्यामा वृद्धि, युवाललाई रोजगारी र  बाघले पारिस्थिकीय प्रणाली स्वस्थ र स्वच्छ बनाउन मद्दत गर्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको