प्रदेश २ मा थपिए ५० कोरोना संक्रमित


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


प्रदेश २ मा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा प्रदेशको पाँच जिल्लाका ५० जनामा संक्रमण पुष्टि भएसँगै यहाँ संक्रमितको संख्या चार हजार चार ८३ पुगेको छ।

मंगलबार धनुषा र महोत्तरीमा आठ/आठ, सप्तरीमा १९, पर्सामा १४ र बारामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा नवलकिशोर झाले जानकारी दिए।

धनुषाको मिथिला विहारी नगरपालिकास्थित क्वारेन्टाइनका एक, गणेशमान चारनाथ नगरपालिकास्थित दुखनीदेवी अस्पतालका चार, विदेह नगरपालिकास्थित तिनकौरिया क्वारेन्टाइनका दुई र हंसपुर नगरपालिकास्थित क्वारेन्टाइनका एक जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी महोत्तरीको महोत्तरी गाउँपालिका मडईका सात र गौशाला नगरपालिका क्वारेन्टाइनका एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सप्तरीको राजविराज नगरपालिकाका दुई, बोदे बर्साइन नगरपालिकाका तीन, शम्भुनाथ नगरपालिकाका एक, बलान विहुल गाउँपालिकाका सात र तिलाठी कोइलारी गाउँपालिकाका ६ जनामा संक्रमण देखिएको छ।

पर्साको वीरगंज नगरपालिकाका आठ, जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका एक थुनुवा, जगदम्बा इन्टरप्राइजेजका तीन जना, नारायणी अस्पतालका एक कर्मचारी र ठोरी क्वारेन्टाइनका एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

बाराको कलैया उपमहानगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा कोरोना संक्रमणका कारण हालसम्म १२ जनाको मृत्यु भएको छ। मंगलबार चार जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख