प्रचण्डलाई निकास खोज्ने जिम्मेवारी, ‘प्रधानमन्त्रीले विधिविपरीत बैठक स्थगित गरे’


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा


बालुवाटारमा मंगलबार नेकपा स्थायी कमिटी सदस्यहरूबीच भएको भेलाले निकास निकाल्न पहल गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिएको छ। 

प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरी विवादको निकास निकाल्न प्रचण्डलाई जिम्मेवारी दिइएको हो ।

बैठकपछि निर्णयबारेमा जानकारी दिँदै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलाइएको आधिकारिक बैठक स्थगित भएको सूचना प्रशारित गर्नु प्रधानमन्त्रीले पार्टीको विधिविपरीत गरेको निष्कर्ष निकाल्दै अध्यक्ष प्रचण्डलाई सहमतिका लागि पहल गर्ने जिम्मेवारी दिएको बताए। 

‘प्रधानमन्त्रीले विधिविपरीत बैठक स्थगित भएको सूचना प्रशारित गर्नु उचित थिएन, यस विषम परिस्थितिमा पार्टीको एकता प्रक्रिया ध्यानमा राखेर प्रधानमन्त्री ओलीसँग परामर्श गरी बैठक सुचारु गर्न पहल गर्ने जिम्मेवारी प्रचण्डलाई दिइएको हो,’ प्रवक्ता श्रेष्ठले भने। 

यस्तै आजको बैठकले सबै सदस्यलाई आ–आफ्नो तर्फबाट पार्टीलाई मजबुत बनाउन प्रधानमन्त्री ओलीसँग परामर्श गर्ने र सहमतिमा निकास निकाल्ने कार्यक्रममा प्रतिबद्ध हुन आग्रह पनि गरिएको छ । 

श्रेष्ठले प्रधानमन्त्रीसँगको परामर्शपछि मात्रै अर्को बैठकको मिति तोकिने जानकारी दिए। 

आजको बैठकमा दुईजना आमन्त्रित सदस्य र २७ जना स्थायी कमिटीका सदस्यको सहभागिता थियो।

बैठकअघि बैठकमा उपस्थित हुन ओलीलाई आग्रह गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। तर, प्रधानमन्त्री ओलीले बैठकमा आउन अस्वीकार गरेपछि बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेर सूचना प्रशारित गरी विधिविपरीत काम गरेको निष्कर्ष निकालेका थिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु, ५४५५ जना…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो बीचमा ८१६७ जना संक्रमित

नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार

कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

महामारीमा सरकारी अकर्मण्यताः प्रदेश सरकारविरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।