कोरोनामा प्रदेश २ सरकारको खेलाँची, किन खरिद भएन भेन्टिलेटर?


विचार
आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि

आयोमेल संवाददाता
नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन्

आयोमेल संवाददाता
देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक


आइतबार धनुषामा ३८ वर्षीय कोरोना भाइरसबाट संक्रमित एक युवकको मृत्यु भयो। धनुषाको सहिदनगर नगरपालिका-८ डुमरिया बस्ने ती युवक सिकिस्त भएपछि उपचारको लागि शनिबार जनकपुरस्थित एक निजी क्लिनिकमा लगिएको थियो। तर, निजी क्लिनिकका डाक्टरले उनलाई तत्काल प्रादेशिक अस्पताल रेफर गरिदिए। 

परिवारका सदस्यले ती युवकलाई प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गराए। केहीबेरको उपचारपछि आकस्मिक कक्षले आइसियुमा भर्ना गर्न भन्यो। सँगै रहेका कुरुवाले थोरै पनि ढिलाइ नगरी युवकलाई आकस्मिक कक्ष नजिकै रहेको आइसियुमा भर्ना गरे। तर, आकस्मिक कक्षमा रहेका दुइटै भेन्टिलेटरमा बिरामीको उपचार भइरहेको थियो।

युवकको स्वास्थ्य अवस्था बिग्रिँदै गएको र भेन्टिलेटरमा राख्नुपर्ने भएकाले युवकसँगै रहेका आफन्तसँग सल्लाह गरेर प्रादेशिक अस्पतालका चिकित्सकले धरान रेफर गरे। एम्बुलेन्समा धरान जाँदै गर्दा ती युवकले सिरहाको लहान नपुग्दै ज्यान गुमाए।

‌‌…………..

अहिले भेन्टिलेटर उपलब्ध हुन नसक्दा युवकले ज्यान गुमाउनुपरेको भन्दै प्रदेश सरकारको चर्को आलोचना भइरहेको छ। 

कोरोना महामारी नियन्त्रण र रोकथाममा कुनै कसर हुन नदिने मुख्यमन्त्री लालबाबु राउतदेखि सम्बन्धित सामाजिक विकासमन्त्री नवलकिशोर साहले आश्वासन दिइरहँदा प्रदेश सरकारले एउटा भेन्टिलेटरसम्म व्यवस्था गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

भेन्टिलेटरसहित अन्य उपकरण खरिद गर्न प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय नै गरेको थियो। र, ती उपकरण खरिद गर्न करिब ६६ करोड रुपैयाँ विनियोजनसमेत भएको थियो।

बजेट विनियोजन भइसक्दासमेत कोरोना महामारी फैलिएको चार महिनाको अवधिमा प्रदेश सरकारले एउटा पनि भेन्टिलेटर खरिद गर्न सकेको छैन। यसैगरी जनकपुर, वीरगन्ज र राजविराजमा थप १-१ तथा रौतहटमा एउटा पिसिआर जडान गर्ने निर्णय भए पनि त्यसको अत्तोपत्तो छैन।

सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० वटा भेन्टिलेटर खरिद गर्न असार ५ गते टेन्डर आह्वान गर्यो। काठमाडौंसहित ९ वटा फर्म छनोटमा परेको थियो। असार १७ गते टेन्डर खुले पनि आपूर्ति व्यवस्थापन केन्द्रले छनोटमा परेका फर्मसँग सम्झौता भने गरेन।

मन्त्रिपरिषद्को बैठकले भेन्टिलेटर खरिद गर्न निर्णय गरे पनि सामजिक विकास मन्त्रालयले बजेटको सुनिश्चितता गर्न नसकेपछि छनोटमा परेका फर्मसँग सम्झौता हुन नसकेको बताइएको छ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रवक्ता श्रवण नायकले आफूहरूले हालसम्म एउटा पनि भेन्टिलेटर खरिद नगरेको बताए। टेन्डर निकालिए पनि सम्झौता हुन नसक्दा त्यसलाई रद्ध गर्ने वा अगाडि बढाउने निर्णय हुन नसकेकाले भेन्टिलेटर खरिद नभएको उनको भनाइ छ।

‘३० वटा भेन्टिलेटर खरिद गर्न टेन्डर प्रक्रियाअघि बढाइए पनि बजेट हाम्रो सिस्टममा आइसकेको छैन, त्यसैले खरिद प्रक्रिया अडकिएको छ,’ आयोमेलसँग नायकले भने।

‘सचिवज्यूको पनि सरुवा भयो, बजेट फकुवाका लागि मन्त्रालयसँग हामीले आवश्यक निर्देशन मागेका थियौं, मन्त्रालयबाट निर्देशन आएन,’ उनले भने, ‘आर्थिक वर्ष पनि अन्त्य भइसकेकाले अगाडिको प्रक्रिया बढाउन कानुनी अड्चन उत्पन्न भयो, त्यसैले भेन्टिलेटर खरिद हुन सकेन।’

कोषको रकमबाट भेन्टिलेटर खरिद गर्ने निर्णय भए पनि बजेट फुकुवाबारे स्पष्ट जानकारी नआइदिँदा समस्या बल्झिएको बताउँदै उनले आवश्यक निर्देशन आएलगत्तै खरिद प्रक्रिया अघि बढ्ने जानकारी दिए। 

‘बजेटको स्रोत सुनिश्चित भयो, खरिद गर्ने निर्णय पनि भयो,’ उनले भने, ‘तर, सुनिश्चित भएको बजेटको प्रक्रिया अगाडि बढाउन बजेट हाम्रो सिस्टममा लिंकअप हुनुपर्यो त्यो भइदिएन।’

विनियोजन भएको बजेट ‘पिएलएमबिआइएस’ भन्ने सिस्टममा लिंकेज हुनुपर्नेमा नभइदिँदा बजेट फुकुवाको निश्चितता हुन नसकेको उनको भनाइ छ।

‘खरिदका लागि सम्झौता नै नभएपछि यसलाई पुनः टेन्डर, रकम फ्रिज वा रद्द गर्ने यसबारे निर्देशकज्यूले मुख्यमन्त्री कार्यालय र मन्त्रालयमा छलफल गरिरहनुभएको छ, के हुन्छ हेरौं,’ नायकले थपे।

यसबारे मन्त्रालयमा पत्राचार गरे पनि हालसम्म कुनै जवाफ नआएको उनले सुनाए। नयाँ सचिव दुई चारदिनमा आइसकेपछि केही टुंगो लाग्नसक्ने उनको भनाइ छ।

ठूलो परिमाणमा खरिद गर्नुपर्ने भएकाले निर्णय गर्ने अधिकार मन्त्रिपरिषद् र मन्त्रालयसँग रहेको नायक बताउँछन्। खरिद हुन नसकेपछि पैसा फ्रिज भएको हो कि भन्ने प्रश्नमा नायकले भने, ‘सम्झौता भइसकेको अवस्थामा ६ महिनासम्म रकम फ्रिज नहुने संघीय स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ, तर हामीले सम्झौता गर्न सकेका छैनौं, त्यसैले माथिल्लो निकायको मार्गदर्शन नआएकाले अन्योल कायम छ।’

‘खरिदका लागि सम्झौता नै नभएपछि यसलाई पुनः टेन्डर, रकम फ्रिज वा रद्द गर्ने यसबारे निर्देशकज्यूले मुख्यमन्त्री कार्यालय र मन्त्रालयमा छलफल गरिरहनुभएको छ, के हुन्छ हेरौं,’ नायकले थपे।

पिसिअर खरिद गर्ने बजेट असार ३१ गतेमात्र फुकुवा हुँदा भेन्टिलेटर खरिद गर्ने बजेटबारे अन्योलता उत्पन्न भएको उनको भनाइ छ।

कोरोनाको उच्च जोखिममा रहेको प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा २, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ५ र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २ गरी जम्मा ११ वटा भेन्टिलेटरमात्र रहेको बताइएको छ। 

कोरोनाको जोखिम बढिरहेको बेला प्रदेशभित्र रहेको भेन्टिलेटर पर्याप्त नरहेको सरोकारवालाहरूले बताइरहँदा महामारीको चार महिनाको अवधिमा एउटै भेन्टिलेटर खरिद गर्न नसक्नुले प्रदेश सरकारको लाचारी हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ

देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता लगत्तै ठाकुरले आफू

ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता सुरू भएको छ। बूढानीलकण्ठको चपली घुम्तीस्थित अन्नपूर्ण