स्वदेश फर्किए कोरोनाको डर, नेपालले बस्न दिँदैन


विचार
आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरुले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। नवनियुक्त

आयोमेल संवाददाता
सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका

आयोमेल संवाददाता
प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका


इटालीका मार्को एन्टोनेली र अमेरिकाकी एमी स्टिबरको दुई वर्ष पहिला भारतमा भेट भयो। मन मिल्यो अनि केही समयपछि दुवै नेपाल आइपुगे। 

उमेरले ६० नाघेका छुट्टाछुट्टै देशको यो जोडी अहिले पोखरामै छ। घर फर्किने तयारी गरिरहँदा कोरोना भाइरस महामारीको रूपमा फैलियो। त्यसैले दुवैले स्वदेश फर्कने आँट गरेनन्। अहिले महामारीको डरले दुवैजना भिसा लम्ब्याउन चाहन्छन्। 

मार्को र एमीलाई नेपालबाट बाहिर गएपछि छुट्टिनुपर्छ भन्ने चिन्ताले सताइरहन्छ। ‘२ देशबीचको राजनीतिक द्वन्द्वले म अमेरिका छिर्न पाउँदिनँ, ऊ इटाली आउन गाह्रो छ,’ ६३ वर्षे मार्कोले हाँस्दै भने, ‘कहिलेसम्म यस्तो रहन्छ थाहा छैन।’

कोरोनाको डरले गर्दा एक देशका नागरिक अर्को देश जान पाउँदैनन्। त्यसमाथि अहिले उनीहरूलाई नेपाल छाड्नुपर्ने बाध्यता आइलागेको छ। नेपाल सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्दै छ। लकडाउनले यहीं फसेका पर्यटकले भदौ १५ सम्म नेपाल छोड्नुपर्ने हुन्छ। तर उनीहरू नेपालको बसाइ लम्ब्याउन चाहन्छन्। नेपाल सरकारले बसाइ लम्ब्याउन पाउने व्यवस्था गरिदिए सुरक्षित भएर पोखरामै बस्ने एमी बताउँछिन्। 

पोखरामा रहेका विभिन्न देशका पर्यटक। उनीहरूले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो देशभन्दा नेपाल सुरक्षित रहेको भन्दै यहीँ बस्ने वातावरण बनाइदिन नेपाल सरकारसँग आग्रह गरेका छन्। 
पोखरामा रहेका विभिन्न देशका पर्यटक। उनीहरूले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो देशभन्दा नेपाल सुरक्षित रहेको भन्दै यहीँ बस्ने वातावरण बनाइदिन नेपाल सरकारसँग आग्रह गरेका छन्। 

मार्कोको परिवारमा ८३ वर्षकी आमामात्रै छिन्। बुवाको २३ वर्ष पहिले नै निधन भइसक्यो। मार्कोकी आमा धर्मशालामा बस्छिन्। ‘म हरेक दिन आमासँग फोनमा कुरा गर्छु। उहाँ अहिलेसम्म सुरक्षित हुनुहुन्छ। बहिनीको विवाह भइसकेकाले आमा ‘हस्पिस’ मा बस्नुहुन्छ,’ मार्कोले सुनाए। 

मार्को ‘नेल्सन’ नामक मार्केटिङ कम्पनीमा रिसर्चरका काम गर्छन्। कोरोनाको महामारी अन्त्य नभएसम्म यो जोडीलाई स्वदेश फर्किन मन छैन। ‘नेपाल इज भेरी सेफ देन अमेरिका,’ ६७ वर्षे एमीले सुनाइन्। अमेरिकाको स्वास्थ्य मन्त्रालयमा एमीले २० वर्ष बिताइन्। तर त्यही देशको स्वास्थ्य सेवा र सुविधाप्रति अहिले आएर उनको भरोसा उडेको छ। 

एमी नेपाल आएको यो पहिलो पटक हो। ‘म १२ वर्ष पहिले नेपाल आएको थिएँ। बीचबीचमा पनि आएँ,’ मार्को बोल्दै गर्दा एमीले थपिन्, ‘म पहिलो पटक आएकी हुँ। उहाँ (मार्कोलाई देखाउँदै) ले ल्याउनुभएको हो।’ 

मार्को र एमी सगरमाथा बेसक्याम्प, रारा, मुक्तिनाथसम्म पुगे अनि पोखराको विश्व शान्ति स्तूप, पातले छाँगो, गुप्तेश्वर गुफा घुमे। सराङकोट पनि पुगे तर चरा जसरी आकाशबाट फेवा अनि पोखरा नियाल्न पाएनन्। 

आकाशमा उड्ने कौतूहलले उनलाई रोकेन। पहिला नेपाल आउँदा आफूलाई आकाशमा उडाएका ‘टेन्डम पाइलट’ लाई सम्पर्क गरे। नेपाल सरकारले उड्न रोक लगाएको जवाफ पाए। कुराकानीको बीचमा मात्रै होइन अन्त्यमा पनि उनले भने, ‘सुरक्षित भएर उड्दा केही हुन्न भन्ने सन्देश पुर्याइदिनु है!’

मार्को र एमीमात्रै होइन पोखरामा रहेका अधिकांश पर्यटक स्वदेश फर्कन चाहँदैनन्। नेपाल सरकारले गरेको निर्णय फिर्ता लिन उनीहरूको आग्रह छ। नेपाल सरकार र नेपालीले कोरोना संक्रमणको समयमा विदेशीलाई देखाएको व्यवहारमा दुवै खुसी छन्। नेपाल र नेपालीबारे सोध्दा दुवैले एकैपटक जवाफ फर्काए– नाइस, वन्डरफूल। 

बसाइ अवधि लम्ब्याएर सहयोग गरे आफूहरू खर्च गरेर नेपालमा बस्न तयार रहेको अमेरिकाकी राक्सी जुलियाना बताउँछिन्। अमेरिकामा संक्रमणको जोखिम उच्च रहेकाले उनलाई फर्कन मन छैन। मंसिर दोस्रो साता पर्यटक भिसामा एक्लै नेपाल घुम्न आएकी उनी डेढ महिना काठमाडौं बसिन्। त्यसपछि पोखरा आइन्। आमाबुवाले पनि उनलाई अमेरिका नफर्किन सुझाइरहेका छन्। 

‘अमेरिकामा मेरो आमाबुवा मात्रै हुनुहुन्छ। त्यता जोखिम भएकाले अहिल्यै नआइज भन्नुभएको छ,’ उनले भनिन्, ‘दे लभ मी भेरी मच।’ नेपालमा लकडाउनको चार महिनामा आफूले निकै सुरक्षित महसुस गरेको उनले सुनाइन्। 

नेपाल घुमेर भ्रमण वर्ष सफल बनाउने आफ्नो योजना असफल भएको उनी सुनाउँछिन्। ‘हामी नेपालको सुन्दरता हेर्न र रमाउन आएका थियौं। तर पछिल्ला महिनामा कोभिड–१९ले त्यो योजना असफल बनायो,’ राक्सी भन्छिन्, ‘स्वदेशभन्दा नेपालमा सुरक्षित महसुस गरेका छौं। बाआमालाई सर्छ भन्ने डर लाग्छ।’

उरुग्वेका मार्टिन आगालाई पदयात्रा गर्ने धित मरेको छैन। तर नेपाल सरकारको निर्णयले गर्दा उनी अबको एक महिनामा नेपाल छोड्नुपर्ने हुन्छ। त्यसभन्दा बढी बसे उनीसहितका पर्यटकले जरिवाना तिर्नुपर्छ। 

अहिले उरुग्वे नेपालको तुलनामा कम जोखिममा छ। पछिल्लो विवरणअनुसार उरुग्वेमा १२ सय जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ सयजना निको भइसकेका छन्। तर, संक्रमितको संख्या बढ्ने डरले मार्टिनलाई स्वदेश फर्कन मन छैन। 

पोखराका विभिन्न होटल, लजमा अझै पनि पर्यटकहरू बसिरहेका छन्। अहिले पोखरामा विभिन्न देशका ३ सयभन्दा बढी पर्यटक रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

‘उता कोभिड–१९ बढिरहेको छ। नेपाल धेरै सुरक्षित भएकाले म केही समय पोखरामै बस्न चाहन्छु,’ मार्टिनले थपे, ‘नेपाल पनि हेर्ने भारतमा रहेको दूतावासमा सम्पर्क गरेको थिएँ। म एक्लै नेपालमा रहेकाले चार्टर्ड उडान सम्भव नभएको जवाफ पाएँ।’

पोखराका विभिन्न होटल, लजमा अझै पनि पर्यटकहरू बसिरहेका छन्। अहिले पोखरामा विभिन्न देशका ३ सयभन्दा बढी पर्यटक रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। उनका अनुसार लकडाउनका बेला ३ हजारभन्दा बढी पर्यटक पोखरा र आसपासबाट स्वदेश फर्किएका छन्। 

संकटका बेला नेपाल सरकारले भिसा थप गरिदिए राम्रो सन्देश प्रवाह हुने अध्यक्ष तुलाचन बताउँछन्। ‘अहिले यहीं भएका पर्यटकलाई परिस्थिति मध्यनजर गरेर भिसा केही थपिदिए राम्रो सन्देश जान्थ्यो,’ उनले भने, ‘पर्यटकविहीन भएको अवस्थामा यहाँ भएकाले राम्रो सन्देश फैलाउन सक्छन्।’

४ सय ४२ जनाले थपे भिसा

सरकारले लकडाउन खुकुलो बनाएपछि हालसम्म ४ सय ४२ जनाले अध्यागमन कार्यालय पोखराबाट भिसा अवधि थपेका छन्। आइतबारसम्म विभिन्न देशका पर्यटक र नेपाली मूलका विदेशी नागरिकले गरेर दैनिक १० देखि १५ जनासम्मले भिसा थपेको कार्यालयका वरिष्ठ अध्यागमन सहायक चेतराज आचार्यले जानकारी दिए। 

कर्मथलो छोडेर कोरोना महामारीको डरले रिलेसन भिसा लिएर नेपालमै बस्नेहरूको संख्या भने दोहोरिएको आचार्यले बताए। उनले भने, ‘भिसा थप्नेमा रिलेसन भिसामा बस्छु भन्ने पनि हुनुहुन्छ। नेपालमा रहेका आफन्तबाट त्यस्तो भिसा लिन पाइन्छ। भोलि के-कसो हुन्छ भनेर टुरिस्ट भिसा अपग्रेड गरेर यहीं बसेको भए त्यस्तो अवस्थामा दोहोरिन्छ।’

उडान सुरु भएपछि पनि फर्किन चाहनेलाई टिकटको समस्या भइरहेको अध्यागमन सहायक आचार्यले बताए। टिकट सस्तो भएपछि फर्किन्छौं भन्नेहरू कार्यालयमा आइरहेको उनले सुनाए। सरकारले नेपालमै बस्न चाहने पर्यटकको हकमा निर्णय लिए आफूहरूलाई पनि सहज हुने आचार्यको भनाइ छ।

‘कसैले १५ दिनको टिकट पाइन, १८ दिनमा पाएँ भन्दै आउनुहुन्छ,’ आचार्यले भने, ‘सरकारले १५ दिन भनिरहँदा ३ दिन बढी भयो भन्न पनि हामीले सकेका छैनौं। अध्यागमन विभागमा सम्पर्क गर्नु भनेका छौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपप्रधानमन्त्री तथा मन्त्रीहरुले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट

मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने भएका छन्। जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुनेबारे स्पष्ट पारिनसकेको