दाङमा कोरोना संक्रमित : ६१० जना निको भए, ३२ को उपचार हुँदै


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


दाङमा कोरोना सोमबार बेलुकासम्म ६ सय ४४ मा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ सय १० जना उपचारपछि निको भएका छन् भने ३२ जनाको उपचार भइरहेको छ।

कोरोना विशेष अस्पताल बेलझुण्डी, देउखुरी आइसोलेसन सेन्टर लालमटिया, घोराही आइसोलेसन सेन्टरलगायतका ठाउँबाट सोमबारसम्म ६ सय १० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका हुन्।

सरकारले एकपटक पोजेटिभ रिपोर्ट आएर लक्षण नदेखिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेपछि दोस्रो पटक परीक्षणविनै घर पठाउन निर्देशिका जारी गरेसँगै क्वारेन्टाइन र आइसोलेसन खालि हुँदै आएका छन्। उपचारपछि घर फर्किने बिरामीहरू सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका रहेका छन्। घोराही उपमहानगरका २ सय ६२ जनाले संक्रमण जितेका छन्।

त्यसैगरी बंगलाचुली गाउँपालिकाका १ सय ५७ जना, तुलसीपुर उपमहानगरपालिकाका ४९ जना, लमही नगरपालिकाका २४ जना, गढवा गाउँपालिका ३५ जना, राजपुर गाउँपालिकाका १६ जना, राप्ती गाउँपालिकाका १९ जनाले संक्रमण जितेका छन्।

 त्यसैगरी दंगीशरण गाउँपालिका- ३ जना, बबई गाउँपालिका २० जना र शान्तिगर गाउँपालिका १५ जना कोरोना संक्रमित उपचारपछि घर फर्किका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ। दाङमा हालसम्म दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

३२ जना उपचारत

दाङमा कोरोना संक्रमितहरुमध्ये अब ३२ जनाको उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा १४ जना र देउखुरी आइसोलेसन सेन्टर लालमटियामा १८ जना गरी ३२ जनाको उपचार भइरहेको छ। 

एकजनालाई कोरोना विशेष अस्पताल बेलझुण्डीबाट उपचारका लागि बुटवल रिफर गरिएको छ।

क्वारेन्टाइनमा १ सय ९२ जना

दाङमा अझै क्वारेन्टाइनमा १ सय ९२ जना रहेका छन्। उनीहरूमध्ये २४ जना महिला र १ सय ६९ जना पुरुष रहेका छन्। 

जिल्लाका दशवटा स्थानीय तहमध्ये सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा १ सय २६ जना रहेका छन्। जसमा १ सय ६ जना पुरुष र २० जना महिला रहेका छन्। 

त्यसैगरी राजपुर गाउँपालिकामा २५ जना पुरुष, राप्ती गाउँपालिकामा १० जना पुरुप र एकजना महिला गरी ११ जना, दंगीशरण गाउँपालिकामा र बबई गाउँपालिकामा ७/७ जना पुरुष, लमही नगरपालिकामा ५ जना पुरुष र ३ जना महिला गरी ८ जना र शान्तिनगर गाउँपालिकामा ३ जना पुरुषहरू क्वारेन्टाइनमा बस्दै आएका छन्। 

उनीहरू भारतलगायत तेश्रो मुलुकबाट घर फर्किएकाहरू रहेका छन्। जिल्लाका दशवटा स्थानीय तहहरूमध्ये घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाले पछिल्लो समय तेस्रो मुलुक तथा भारतबाट फर्किएकाहरूलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने गरेका छन्।

अब १४ वटा मात्रै क्वारेन्टाइन

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लाका २ सय ३ वटा क्वारेन्टाइनमध्ये अहिले १४ वटा क्वारेन्टाइनहरू मात्र रहेका छन्। 

दश स्थानीय तहहरूमध्ये ८ वटा स्थानीय तहका १४ स्थानमा क्वारेन्टाइन रहेको जिल्ला आपतकालीन केन्द्रका प्रदेश सूचना संकलनकर्ता अजेन्द्र केसीले जानकारी दिएका छन्। 

उनका अनुसार देउखुरीको राप्ती गाउँपालिकामा ४ वटा, तुलसीपुर उपमहानगरपालिकामा ३ स्थानमा क्वारेन्टाइन रहेका छन्। त्यसैगरी लमही नगरपालिकामा २ स्थान, गढवा गाउँपालिका, राजपुरगाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाको १/१ स्थानमा क्वारेन्टाइनहरुमा मात्र मानिसहरु बस्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख