रमेशकुमार सिलवाल नै भए राखेपका सदस्यसचिव


विचार
आयाेमेल संवाददाता
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले

आयोमेल संवाददाता
नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह

आयोमेल संवाददाता
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त


नयाँ खेलकुद ऐन २०७७ अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिवमा रमेश कुमार सिलवाल नियुक्त भएका छन्। 

सिलवाल नयाँ खेलकुद ऐन लागू भएपछि असार २२ मा मात्र परिषद् सदस्यसचिवबाट पदमुक्त भएका थिए। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई पुनः चार वर्षका लागि परिषद्को जिम्मेवारी दिएको हो।

युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले तीनजनाको नाममा पेस गरेको थियो । त्यसमा सिलवालसहित बागलुङका लिलबहादुर थापामगर र पूर्व महिला भलिबल कप्तान अञ्जु श्रेष्ठ थिए।  

सिफारिस समितिले आह्वान गरेअनुसार सदस्यसचिव बन्नका लागि २७ जनाले आवेदन दिएका थिए । त्यसमा समितिले तीनजनाको नाम छनोट गरेर मन्त्रालयमा पठाएको थियो। मन्त्रालयका सचिव रामप्रसाद थपलिया, विज्ञद्वयका रुपमा रिम रानाभाट र इन्दिरा निरौलासम्मिलित सिफारिस समिति गठन भएको थियो। 

सदस्यसचिवका लागि आवेदन दिएका २७ जनामध्ये निवर्तमान सदस्यसचिव सिलवाल नै बलियाे उम्मेदवारका रूपमा देखिएका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्तित्व हुन् ।

परिषद्को चार दशकको इतिहासमा पहिलोपल्ट छनोट प्रक्रियाबाट सदस्यसचिव नियुक्ति गरिएको हो। 

ऐनमा राखेपको सदस्यसचिवका लागि ३० वर्ष उमेर पुगेको, खेलकुदमा कम्तीमा ५ वर्ष विताएको र स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको थियो। 

उपाध्यक्षमा काेइराला

त्यस्तै राखेपकाे उपाध्यक्षमा  शिव काेइरालालाई  नियुक्त गरिएकाे छ। १३ औं सागको प्रचार प्रसार विभाग संयोजक रहेका कोइराला नेकपामा पूर्वमाआवादी निकट मानिन्छन्। मन्त्रिपरिषदबाटै नियुक्त उनकाे कार्यकाल पनि चार वर्षकाे रहनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय

नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह ४ बजेसम्मको अल्टिमेटम दिएको छ। उक्त समूहको स्थायी कमिटीका सदस्यहरुको

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन आग्रह

काठमाडौं–युरोपेली संघका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन्। आयोगका अध्यक्ष