सुजुकीको १५०० सिसी पेट्रोल इन्जिनयुक्त भिटारा ब्रेजा सार्वजनिक


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले नेपाली बजारमा पावरफुल र स्टाइलिस ‘भिटारा ब्रेजा’ सार्वजनिक गरेको छ। 

स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचर रहेको कम्पनीले जनाएको छ। 

१ हजार ४ सय ६२ सिसीको ‘के-सिरिज’ बिएस६ पेट्रोल इन्जिनजडित भिटारा ब्रेजाले निश्चित रूपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा कम्पनीको छ। ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी ‘भिएक्सआई’ र ‘जेडएक्सआई प्लस’ गरी दुई भेरियन्टमा उपलब्ध छ।

भिएक्सआई भेरिएन्टको बजार मूल्य ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ६९ हजार रुपैयाँ तोकिएको सिजी मोटोकर्पले जनाएको छ। कम्पनीले पहिलो ५० थान भिटारा ब्रेजा बुकिङलाई बजार मूल्यमा सुरुवाती ३ लाख ७० हजार रुपैयाँ छुट दिएको छ।

‘नेपाली ग्राहकले कार छनोटमा कुनै सम्झौता गर्दैनन्। चार वर्षअघि नेपाल प्रवेश गरेको भिटारा ब्रेजा यहाँ सबैभन्दा बढी बिक्री भएको एसयुभीमध्ये पर्छ।

नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ,’ सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘हामीलाई विश्वास छ यो नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पुर्याउनेछ।’

सन् २०१६ मा सार्वजनिक भएको भिटारा ब्रेजाले केही समयमै अटो बजारमा आफ्नो स्थान बनाउँदै सबैभन्दा बढी अवार्ड पाउन सफल एसयुभी बनेको थियो। नयाँ भिटारा ब्रेजा सेग्मेन्टमै पहिलोपटक डुअल च्याम्बर एलइडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिङ ओआरभिएमलगायत फिचर छन्। 

त्यसैगरी यसमा १७.७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलइडी फगल्याम्प, अटो डिमिङ आइआरभिएम, रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल, डाइमन्ड-कट एलोय ह्विल छन्।

त्यस्तै सेफ्टी प्याकेजलाई स्ट्यान्डर्डका रूपमा राखिएको छ। स्टेट अफ आर्ट टिइसिटी च्यासिस, डुअल एयरब्याग, इबिडीसहितको एबिएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आइसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर  प्रिटेन्सनसहितको सिट बेल्ट पनि राखिएका छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न