कार्यालयमा भीड हुन नदिन अस्थायी बार 


विचार
आयोमेल संवाददाता
देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक

आयोमेल संवाददाता
ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता

आयोमेल संवाददाता
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा


पक्की घेराबारा नभएको कार्यालय परिसरमा बाँसको बार लगाइएको छ। भवनदेखि करिब १० फिट पर लगाइएको बार कार्यालयको सुरक्षाभन्दा पनि स्वास्थ्य सतर्कताका लागि हो। सेवाग्राहीको अनियन्त्रित भीड रोक्न बार लगाइएको हो।

बारबाट एक पटकमा दुई तीन जनाभन्दा बढी सेवाग्राही भित्र पस्न पाइन्न। सेवाग्राहीलाई पालैपालो भित्र आउन भनिन्छ र द्रूत गतिमा काम गरी दिएर पठाइन्छ। 

कोरोना संक्रमणबाट वडावासीलाई जोगाउन र आफूहरू पनि सुरक्षित रहन अस्थायी बार निर्माण गरिएको कार्यबाहक वडाध्यक्ष कृष्ण गौतमले बताए। उनले बारले कोरोना रोक्ने नभई कार्यालयमा भीड रोक्ने बताए। 

'व्यक्ति व्यक्तिलाई भनेर सम्भाव नै हुन्न, जनता को काम रोक्न पनि हुँदैन,'  गौतमले भने,' भीड नहुने गरी काम गर्न र स्वास्थ्य सुरक्षाका लागि पनि वैकल्पिक उपाय अपनाइएको हो।' 

कार्यालयमा बार लगाएर जनतालाई दु:ख दिन खोजेको पटकै नभएको गौतमको भनाइ छ। 'सबैमा त्रास छ तर व्यक्तिगत सुरक्षा र सतर्कतामा हामी बेप्रवाह छौँ' गौतमले भने, 'अनिवार्य मास्क लगाएर मात्रै कार्यालय आउन भनेका छाैं, बारबाट प्रवेश गर्दैगर्दा मास्क प्रयोग गरेको छ कि छैन त्यो पनि हेरिन्छ।' 

सो वडा कार्यालयदेखि करिब दुई-तीन सय मिटरको दूरीमा क्वारेन्टाइन छ। अमर माविको भवनमा बनाइएको सो क्वारेन्टाइनमा ३२ जना बसेका छन्।

वडासचिव राम दाहालले भने, 'वडा कार्यालय नजिकै क्वारेन्टाइन  भयो, अनियन्त्रित आवतजावत रोक्नु पर्छ भन्ने जनगुनासो आएपछि वडा कार्यालयमा अस्थायी बार लगाइएको हो।' 

कोरोना रोक्न  बार लगाएको नबुझिदिन आग्रह गरेका सचिव दाहालले  संक्रमणको अहिलेको विषम परिस्थितिमा कार्यालय जो कोही स्वाट्ट नआओस् भनेर बार लगाइएको हो।  

पालैपालो कार्यालयभित्र पस्न र भौतिक दुरी कायम गरेर बस्ने प्रवन्ध मिलाएको  खरिदार केदारबाबु गिरीको भनाइ छ।  कार्यालयमा रहेका चारवटा कोठाबाट एक पटकमा दुई जनाको काम गरिने गरेको छ।

सो वडामा  एकपटकमा आठजनाको काम गर्ने व्यवस्था मिलाइएको सचिव दाहालले जनाए। 

पहिलाको झापाको  बैगुनधुरा गाविसलाई गौरादह नगरपालिकामा गाभिएको हो। सिङ्गो गाविस नै एउटा वडामा रुपान्तरण भएकाले पनि सो वडामा सेवाग्राही चाप बढी नै हुने गरेको छ।

कार्यालय परिसरमा भेटिएका सेवाग्राही गणेश भट्टराईले वडा कार्यालयले बार लगाएर ठिक काम गरेको बताए। 'अहिलेको बेला भीडभाडबाट जोगिनु नै पर्छ, वडाले गरेको काम नराम्रो भन्न मिल्दैन,' भट्टराईले भने,'यति गरेर भए पनि भीड हुन नदिन वडाले उपाय निकाल्यो,यसले एकैचोटी धेरै मानिस कार्यालयमा पस्ने,  भीड गर्ने समस्या न्यूनीकरण भएको छ।' 

नगरपालिकामा नै पहिलोपटक सोही वडाका दुईजना युवामा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित थिए। सेवाग्राहीले नै वडा कार्यालयमा समेत भीडभाड हुने गरेको गुनासो गरेपछि बार लगाइएको हो। 

एउटा कामका लागि दुई तीनजना साथीभाई  मिलेर आउने गरेकाले पनि घेराबारा गर्नु परेको वडासचिवको तर्क छ। 

काम विशेषले जाने सेवाग्राहीले वडा कार्यालयको सो कामलाई राम्रो नै मानेका छन्। यद्यपि, बारबाट निहुँरिएर कार्यालय जानु पर्ने बाध्यता हटाउन र  हात धुने साबुनको राम्रो व्यवस्था गर्न  समेत माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता लगत्तै ठाकुरले आफू

ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता सुरू भएको छ। बूढानीलकण्ठको चपली घुम्तीस्थित अन्नपूर्ण

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय