कम्युनिस्टकाे प्रभाव निरुत्साहित गर्ने विकल्प कांग्रेसमात्रै : सुनिल थापा 


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका नेता सुनिलबहादुर थापाले प्रजातान्त्रिक आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन आफूले राप्रपा परित्याग गरेको बताएका छन्। 

आयोमेलसँग संक्षिप्त कुराकानी गर्दै थापाले राप्रपामा बसेर प्रजातान्त्रिक आन्दोलन अघि बढाउन नसकिएको बताए। 

‘कम्युनिस्टहरूको प्रभाव बढेको यो बेला राप्रपामै बसेर मैले प्रजातान्त्रिक आन्दोलन अघि बढ्ने देखिनँ,’ थापाले भने। हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा बोकेर परिवर्तन सम्भव नरहेको पनि उनले बताए। 

‘समयसापेक्ष रुपमा परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ, मेरो बुवाले पनि परिवर्तनलाई स्वीकार गरेर अघि बढ्नुभएको हो,’ उनले भने। 

पुरानो तथा प्रजातान्त्रिक आन्दोलनमा अग्र देखिएको नेपाली कांग्रेसबाटै थप आन्दोलन गर्ने सपना आफूले देखेको थापाले बताए। ‘संविधान बन्दा मैले पनि हस्ताक्षर गरेको हुँ, त्यो भनेको गणतन्त्र र धर्मनिरपेक्षता स्वीकार गरेको पनि हो,’ उनले भने, ‘मुलुक परिवर्तन भइसकेको अवस्थामा अब पुराना एजेन्डा बोकेर राजनीति गर्न सकिँदैन।’ 

संसदीय पद्धतिबाटै कम्युनिस्टहरूको प्रभाव निरुत्साहित गर्न सकिने र त्यसको एकमात्र विकल्प नेपाली कांग्रेस रहेको उनले बताए। नेपाली कांग्रेसमा जान लाग्दा आफूले कुनै पनि पदको लोभ नपाएको र पदका लागि पार्टी परित्याग नगरेको थापाले बताए। 

‘हेर्नुस्, राप्रपामै हुँदा मलाई राम्रो पद थियो, पदको लोभमा मैले पार्टी परित्याग गरेको हैन,’ उनले भने, ‘मूल कुरा प्रजातान्त्रिक आन्दोलनको हो, राप्रपाबाट त्यो सम्भव छैन।’ बुवाले छोडेर गएको राजनीतिक ‘विरासत’मा आफू कति पनि ‘विचलित’ नहुने उनले बताए।

‘उहाँले परिवर्तनलाई कहिल्यै अस्वीकार गर्नुभएन, परिवर्तनलाई रोकेर रोकिन्नँ, मैले आफूलाई परिवर्तन गर्नुपर्छ भन्ने देखेँ,’ थापाले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख