सूर्यबहादुर थापाको ‘विरासत’ मा विचलन


विचार
आयोमेल संवाददाता
प्रधानमन्त्रीले गरे पदबहाली, महामारी रोकथाममा एकजुट भएर लाग्न…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन

आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स


सुनिलबहादुर थापाले आफ्ना पिताले जन्माएको राष्ट्रिय प्रजातन्त्र पार्टी किन छोडे भन्ने चर्चा गर्नुपूर्व सूर्यबहादुर थापाबारे जानकारी राख्न जरुरी छ।

राजा महेन्द्रसँग सूर्यबहादुरको निकटता कसरी भयो भन्नेबारेको एउटा ‘किस्सा’ छ।

सूर्यबहादुर भारतको इलाबादमा पोलिटिकल साइन्समा बिएसम्म अध्ययन गरेर उनी २०११ सालमा गाउँ फर्केका थिए। खाइलाग्दो ज्यान, प्रखर, निडर स्वभावका उनी गाउँ फर्केर दुई वर्ष त्यतिकै जीवन बिताए।

मोरङको मंगलबारे छेऊ पुर्खौली जमिन थियो। बिनाहेरचाहका कारण जंगलमा रुपान्तरण भएको जमिन थियो। फुर्सदको समय त्यतिकै के बस्नु भनेर थापाले फँडानी गरेर खेत बनाएका थिए।

घनाजंगल फँडानीकै सिलसिलामा उनले बाघको बच्चो फेला पारेका थिए। त्यो डमरु आफ्नो घर धनकुटाको साबिक मुगा गाविसमा लगेर पालेका थिए।
२०१३ सालमा राजा महेन्द्र धनकुटा सवारी हुने तय भएको थियो। स्थान तोकिएको थियो- पाख्रिबास।

गाउँमा टाठोबाठो, पढेलेखेको व्यक्ति उनै थापा भएका कारणले सबैले उनलाई नै अग्रसर गराए। राजाको सवारीमा फूलमाला, पुष्पगुच्चा दिने झन्डै पाँच सात हजार जनताको नेतृत्व थापाले सम्हालेका थिए।

सबैले फूलमालाले महेन्द्रलाई स्वागत गर्दा थापाले भने बाघको बच्चो उपहार लिएर गएका रहेछन्।

‘सरकार! हामी पनि यस्तै जंगली छौं,’ महेन्द्रलाई बाघको बच्चो दिँदै थापाले भनेका थिए।

जोशिलो युवाले बाघको बच्चो उपहार दिएपछि महेन्द्र उनीसँग प्रभावित भएको मानिन्छ।

‘त्यही बाघको बच्चो राजालाई उपहार दिएपछि उहाँ दरबारसँग नजिक हुनुभएको हो भनिन्छ,’ सूर्यबहादुरका आफन्तहरू भन्छन्, ‘त्यसपछि दरबार र उहाँबीच प्रत्यक्ष संवाद र भेटघाट हुन सुरु भएको थियो रे।’

यही समयचक्रमा पञ्चायती व्यवस्था सुरुवात हुँदा महेन्द्रले २०१७ सालमा गठन गरेको मन्त्रिमण्डलमा थापाको नाम राखेका थिए। महेन्द्रसँगको थापाको निकटता यहाँसम्म पुगेको धेरैले पत्तै पाएनन्।

उनी त्यो मन्त्रिमण्डलमा भूमिसुधार वन तथा कृषि मन्त्री बनाइएका थिए। थापा मन्त्री बन्दा नेपालमा पहिलोपटक भूमिसुधार व्यवस्था लागू भएको थियो। भूमिसुधारका सूत्रपात थापा नै मानिन्छन्।

मन्त्री हुँदै उनी पञ्चायती सरकारका उपाध्यक्ष बने। २०२४ सालमा थापा पञ्चायती सरकारको प्रधानमन्त्री बने।

प्रधानमन्त्री हुँदै गर्दा उनी आफैंलाई पञ्चायती व्यवस्थाप्रति असन्तुष्टि बढ्न थालेको थियो।

उनले प्रधानमन्त्री पदबाट २०२५ साल चैतमा राजीनामा दिए र सुधारिएको पञ्चायत लागू हुनुपर्छ भन्ने अवधारणामा उभिए।

यहीबीच २०२८ सालमा राजा महेन्द्रको मृत्यु भयो।

काठमाडौंको हनुमानढोकाछेऊ थापा पञ्चायत सुधार्ने अभियान अन्तर्गत आमसभा गर्न पुगेका थिए। भाषण गर्दागर्दै पक्राउ परे।

१४ महिना जेल जीवन बिताएपछि थापा जेलमुक्त भएर पहिलोपटक धनकुटा पुगेका थिए। उनको पुर्ख्यौली घर धनकुटाको साबिक मुगा गाविस हो।

धनकुटा त्यतिबेला सानो बजार थियो। प्रशासनिक कार्यालयबाहेक धनकुटामा खास केही पनि थिएन। बाटोघाटोकै समस्या थियो। थापा धनकुटालाई विकास गर्न तम्सिए।

२०३५ सालमा धनकुटामा राजा वीरेन्द्रको सवारी हुने कार्यक्रम थियो। थापाले त्यतिबेलै मौका छोपे।

वीरेन्द्रलाई स्वागत गर्न थापाको नेतृत्वमा निस्किएको जिल्लाबासीको भीडमा थापा धनकुटाको विकासका लागि लाग्न भन्दै कालोपट्टि बाँधेर निस्किएका थिए।

जिल्लाबासीको मुख-मुखमा धरान-धनकुटा बाटो बनाइदिनुपर्ने माग राख्न लगाएका थिए।

‘नभन्दै राजा वीरेन्द्रले म तुरुन्त बनाउन पहल गर्छु भन्नुभयो,’ थापाका भतिजा कुमारबहादुर भन्छन्, ‘२०३७ सालबाट बाटो खन्न सुरू गरियो।’

ब्रिटिश सरकारको सहयोगमा धरान-धनकुटा बाटो २०३९ सालसम्ममा पिच नै भयो। २०४० सालमा हिलेसम्म पुग्यो।

‘उहाँ यदि त्यसरी अग्रसर नभएका यदि हुनुहुन्थ्यो भने धरान-हिले बाटो त्यतिचाँडो बन्दैनथ्यो होला,’ कुमारबहादुर भन्छन्, ‘धनकुटा मात्र हैन, बाटो बनेपछि पूर्वको विकासको ढोका खुल्यो।’

धनकुटालाई पूर्वाञ्चलका १६ जिल्लाको सदरमुकाम बनाउन थापाकै भूमिका थियो। सदरमुकाम भएपछि त झनै विकासको द्वार खुल्यो।

भूपू सैनिकका लागि ब्रिटिश सरकारले अवकाशपछि जीवन चलाउनका लागि भनेर बनाइदिएको थियो पाख्रिबासमा कृषि तालिम केन्द्र। त्यो कृषि केन्द्रलाई बृहत् बनाउन थापा लागेका थिए। अहिले त्यो केन्द्र फलफूल, तरकारी र दुग्ध उत्पादनमा प्रदेश १ कै ठूलो केन्द्र मानिन्छ।

धनकुटाले विकासको गति लिँदा थापाको नाम जोडिन्छ। उनीप्रति जनाकर्षण बढ्नुको कारण पनि त्यही थियो।

२०३५-०३८ कै बीचमा जनमतसंग्रह हुँदा देशमा पञ्चायत दुई खेमामा विभाजित भएको थियो। पञ्चायतभित्र ‘लिबरल’ र ‘हार्डलाइनर’ समूह सक्रिय थिए। ‘हार्डलाइनर’ भनिनेहरू धेरै नै उग्र मानिन्थे।

त्यतिबेलाका अधिराजकुमार ज्ञानेन्द्र शाह ‘हार्डलाइनर’ मानिन्थे।

थापाले ‘लिबरल’ ग्रुप समातेकोमा ज्ञानेन्द्रलाई चित्त बुझेको थिएन। दरबारभित्रैको एउटा शक्ति थापालाई परास्त गर्न सक्रिय भएको थियो।

निर्दल कि बहुदल भनेर गराइएको जनमतसंग्रहमा पञ्चायती व्यवस्थाले जित्यो। त्यसमा पनि थापाको ‘लिबरल’ भूमिकाले पञ्चायतलाई निरन्तरता गराउन भूमिका खेलेको थियो।

देशभर पञ्चायती व्यवस्थाको पक्षमा जनमत जुटेपछि उनी फेरि प्रधानमन्त्री भए। २०४३ सालमा भएको अन्तिमपटकको पञ्चायती चुनावमा पनि उनले धनकुटा कब्जै गरेका थिए।

पञ्चायत ढलेपछि दलीय व्यवस्था आरम्भ भयो। पञ्चायती व्यवस्थाको पक्षपाती भनेर थापा आफ्नो जिल्लामै आलोचित हुन पुगे। पञ्चायत जिताएको भनेर कांग्रेस-एमाले उनलाई देखिसहँदैनथे।

यहीबेला थापाले २०४७ साल जेठ १५ गते दल खोले। पूर्वपञ्चहरूको दल नै बन्यो- राष्ट्रिय प्रजातन्त्र पार्टी।

यही पार्टी स्थापना गरेर २०४८ सालको चुनावमा होमिएका थापाले हार व्यहोरे।

तर, बाबु बितेको एक दशक नपुग्दै उनले आफ्नो ‘बिरासत’ नेपाली कांग्रेसमा मिसाउन लागेका छन्। राप्रपाका संस्थापक अध्यक्ष थापाका उनै छोरा सुनिलबहादुरले पार्टी त्यागेका छन्। उनले नेपाली कांग्रेसमा जाने निधो गरिसकेका छन्।

एमाले-कांग्रेसले उनलाई चुनावी मैदानमै उत्रिन दिएका थिएनन्। राप्रपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड भयो। पूर्वपूधानमन्त्रीको हैसियतमा रहे पनि उनी बहुदलीय व्यवस्थाका राजनीतिक पार्टीको घेराबन्दी र निशानामा परेका थिए।

‘उहाँ अर्धभूमिगतजस्तो भएर चुनावमा उठ्नुभएको थियो,’ कुमारबहादुर भन्छन्, ‘त्यही भएर पनि हार्नुभएको हुनसक्छ। एमालेका गोपाल गुरागाईंले चुनाव जिते।’

२०५१ साल आइपुग्दा एमाले जितको पासा पल्टियो। मध्यावधि निर्वाचनमा उदाए थापा। थापाले २०५६ सालको आम निर्वाचन पनि जिते।

२०५९ सालमा पोखरामा महाधिवेशन भयो। पशुपतिशमशेर राणा अध्यक्ष निर्वाचित भएका थिए। थापा वरिष्ठ नेता थिए।

यही साल लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका थिए। तर, तत्कालीन माओवादीसँग वार्ता गर्न नसकेको भनी राजा ज्ञानेन्द्रले उनलाई प्रधानमन्त्रीबाट हटाए।

पूर्वपञ्चहरूकै पार्टीबाट वरिष्ठ नेता सूर्यबहादुर थापा प्रधानमन्त्री भए। उनलाई पनि ज्ञानेन्द्रले हटाएपछि राप्रपामै विभाजनको अवस्था आयो।

खासगरी राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल सुरू भएपछि यो पार्टीमा खटपटी सुरू भएको ठानिन्छ। दरबारसँग को बढी उत्तरदायी छ भन्ने लेखाजोखाले राप्रपाभित्र कलह निम्त्याउने गरेको थियो।

यही कलहबीच कमल थापाले २०६२ सालमा राप्रपा नेपाल स्थापना गरे। उता पशुपतिशमशेर राणाको पार्टी त्यागेर सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे।   

यसरी तीन चोइटामा टुक्रिएको राप्रपाले संविधानसभाको पहिलो निर्वाचनमा झिनो मत ल्याएको थियो। यहीबेला मुलुकमा गणतन्त्र घोषणा भयो। जनमत खुम्चिएको दलको भूमिका पनि ‘निरीह’ थियो।

गणतन्त्र घोषणा हुँदा राप्रपाले हामीलाई स्वीकार छैन सम्म भनेका थिए।

तर, २०७० सालको दोस्रो संविधानसभामा राप्रपा नेपाल एक्लैले २४ सिट ल्यायो। उसले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रका लागि भनी भोट मागेको थियो।

यता, सूर्यबहादुर र पशुपतिशमशेर राणाको पार्टीले १२ सिटमात्र ल्यायो।

उनी उठेको क्षेत्र नं. २ मा दोस्रो संविधानसभा निर्वाचन हुँदा छोरा सुनिलबहादुर थापालाई अघि सारे। यसको उदेश्य थापाले जीवनको उत्तरार्द्धमा छोरा सुनिललाई आफ्नो ‘बिरासत’ हस्तान्तरण गर्नु थियो।   

सुनिलबहादुरले चुनाव जिते। यो जितमा सूर्यबहादुरले पञ्चायतदेखि खेलेको भूमिका महत्वपूर्ण बनेको थियो।

चुनावपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारमा सुनिलबहादुर वाणिज्य तथा आपूर्तिमन्त्री भए।

२०७२ वैशाख २ गते सूर्यबहादुर थापाको मृत्युपछि धनकुटाले अभिभावक गुमाएको महसुस गरेको थियो। थापाको देहान्तपछि उनको राजनीतिक ‘बिरासत’लाई

निरन्तरता दिने व्यक्तिको रुपमा सुनिललाई हेरिएको थियो। हुन पनि थापाको निधनपछि सुनिलबहादुर बाबुको ‘बिरासत’ धान्ने परिवारका एकै मात्र सदस्य थिए।

सुनिलबहादुरले बाबुको ‘बिरासत’ जोगाउलान् भन्ने धेरैले पत्याएका थिएनन्। भर्खर राजनीतिमा आएका सुनिलको वैचारिक धरातलको परीक्षण हुँदै थियो।

तर, बाबु बितेको एक दशक नपुग्दै उनले आफ्नो ‘बिरासत’ नेपाली कांग्रेसमा मिसाउन लागेका छन्।

राप्रपाका संस्थापक अध्यक्ष थापाका उनै छोरा सुनिलबहादुरले पार्टी त्यागेका छन्। उनले नेपाली कांग्रेसमा जाने निधो गरिसकेका छन्।

यो निधोसँगै पञ्चायती व्यवस्थादेखिको हिन्दु राष्ट्र तथा राजसंस्थाप्रतिको ‘लिगेसी’बाट थापा ‘च्यूत’ पनि भएका छन्।

उनले गणतन्त्रलाई औपचारिक रुपमै स्वीकार गरेको बुझिएको छ। राप्रपामै हुँदा भने उनले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रलाई स्वीकार गरेकै थिए।

‘उहाँले त्यो एजेन्डामा सही गर्नुभएको छ, अचानक उहाँ पार्टी छोडेर जानुभयो,’ नेता डा. प्रकाशचन्द्र लोहनी भन्छन्, ‘उहाँले राजनीतिक भविष्य उतातिर राम्रो देख्नुभयो होला, उहाँले राजनीतिक उचाइ हासिल गर्नुहोस्।’

नेपाली कांग्रेसको वैचारिक दृष्टिकोण समाजवाद हो। तर, यो कस्तो समाजवाद हो भन्ने कांग्रेसीलाई नै थाहा छैन। उसले भन्दै आएको भने बिपीको समाजवाद हो। तर, त्यो समाजवाद र आजका कांग्रेसीमा आकाश-जमिनको अन्तर आइसकेको बेला थापा कांग्रेसमा पुग्दैछन्।

राप्रपाकै नेताहरूका अनुसार यो पार्टीमा जतिसुकै विवाद आए पनि पार्टीको मूल एजेन्डा हिन्दु राष्ट्र र राजसंस्था नै हो। ‘पछिल्लो समयक्रममा यो प्रमाणित भइसकेको तथ्य हो, नेपालको पहिचान राजसंस्था र हिन्दु राष्ट्र नै हो,’ लोहनीले भने।

तर, पार्टीको मूल एजेन्डामा विवादास्पद भूमिका खेल्दै आएको आरोप भने सुनिल, किरण गिरीहरूलाई लागिरहेको थियो। ‘उहाँमा अचानक वैचारिक बिचलन त आयो तै, आफ्नै बुवाले जन्माए-हुर्काएको पार्टीको नीति सिद्धान्तमा समेत बेइमानी गर्नुभयो,’ केन्द्रीय सदस्य प्रह्लाद साह भन्छन्।

नेपाली कांग्रेसको वैचारिक दृष्टिकोण समाजवाद हो। तर, यो कस्तो समाजवाद हो भन्ने कांग्रेसीलाई नै थाहा छैन। उसले भन्दै आएको भने बिपीको समाजवाद हो। तर, त्यो समाजवाद र आजका कांग्रेसीमा आकाश-जमिनको अन्तर आइसकेको बेला थापा कांग्रेसमा पुग्दैछन्।

कांग्रेसभित्र पनि हिन्दु राज्यप्रति ‘लिबरल’ समूह सुसूप्त छ। उनले यहीँ भूमिका खेल्न सकिन्छ कि भन्ने सपना देखेको पनि हुनसक्छ।

बाबु सूर्यबहादुरको स्वभाव उनमा सरेको भन्नेहरू पनि छन्। सूर्यबहादुर परिवर्तनलाई स्वीकार्ने नेता हुन्। उनी सधैं ‘समयअनुसार हिँड्न जान्नुपर्छ’ भनेर भनिरहन्थे।

दरबारसँग निकट रहे पनि मुलुक गणतन्त्रको दिशामा उभिँदा उनले सहज स्वीकारे पनि। उनी बेला–बेला राजतन्त्र अब फर्किंन सम्भव छैन भन्दै पनि हिँड्थे।

चोइटिरहने पूर्वपञ्चहरूको पार्टीले आफ्नो एजेन्डा अनुमोदन गराउन नसकेका कारणले पनि थापाले यही पार्टीमा भविष्य नदेखेका हुनसक्छन्। अहिले नै हठात् पार्टी परित्याग किन गरे भन्नेमा उब्जिएका प्रश्नहरूमा थापा प्रतिक्रियाविहीन छन्।

राप्रपामा फुट्ने र जोडिने ‘रोग’ नै छ। पछिल्लो समय यो पार्टीले फागुन २८ गते कार्यगत एकता गर्ने निर्णय गरेको थियो।

कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको राप्रपा संयुक्तबीच कार्यगत एकता भएको थियो। सुनिल संयुक्तमा थिए।

कार्यगत एकता हुँदा यो पार्टीले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा पारित गरेको थियो। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीले गरे पदबहाली, महामारी रोकथाममा एकजुट भएर लाग्न आह्वान

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाउँदै राज्यका सबै अंग र

जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा