बाँकेमा आन्तरिक राजस्व र यातायात कार्यालयका कर्मचारीमा कोरोना, दुवै कार्यालय सिल


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


बाँकेमा दुईवटा सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पाइएको छ। सेवाग्राहीको अत्यधिक चाप रहने यातायात व्यवस्था कार्यालय नेपालगन्ज र आन्तरिका राजस्व कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पाइएको छ।

कोरोना पुष्टि भएपछि दुवै कार्यालय सिल गरिएको छ। कोरोना पुष्टि भएका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ। नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका कर्मचारीमा आइतबार कोरोना संक्रमण देखिएको हो। कार्यालयको सवारी शाखामा कार्यरत २२ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।

सेवाग्राहीको चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तत्कालका लागि सबै काम बन्द गरिएको छ। नेपालगञ्ज वडा नम्बर १८ निवासी ती महिलासँग कति कर्मचारी र सेवाग्राही सम्पर्कमा रहेका थिए भन्ने यकिन छैन।

प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरू पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठिन हुने देखिएको छ।

बाँकेमा लकडाउन खुलेपछि दैनिकजसो कोरोना संक्रमित फेला परिरहेका छन्। पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टाइनमा नबसेका र समुदायमै संक्रमण देखिन थालेको छ।

यसैबीच, आजै बिहान आन्तरिक राजस्व कार्यालय नेपालगन्जका अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण कर्मचारीहरूलाई क्वारेन्टाइनमा लगिएको छ। राजस्व कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर सम्पूर्ण कर्मचारीहरूको पिसिआर परीक्षण सुरु गरिएकाले आइतबार कार्यालय सम्पूर्ण रुपमा बन्द गरिएको जनाएको छ। 

नेपालगन्जको त्रिभुवन चोकमा गरिएको र्‍यान्डम स्याम्पलिङमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो। स्वास्थ्य कार्यालय बाँकेले त्रिभुवन चोकबाट गरिएको स्वाब संकलनमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ। जसमध्ये एक जना आन्तरिक राजश्व कार्यालयका कर्मचारी, त्रिभुवन चोकका मिठाइ पसले र कामको खोजीमा नेपालगन्ज आएकी युवती रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।