पोखरामा हाइकिङ पुनः सञ्चालन


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


पोखरा आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि गत वर्षदेखि हाइकिङ सञ्चालन गरिएको थियो। कोरोनाका कारण स्थगित बनेको हाइकिङ लामो समयपछि पुन: सञ्चालनमा आएको छ।

‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मूल नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङ झण्डै चार महिनासम्म स्थगन हुन पुगेको थियो।

 हाइकर्स क्लब नेपालका उपाध्यक्ष तथा हाइकिङ व्यवस्थापन संयोजक कृष्ण रानाभाटका अनुसार बन्दाबन्दी खुलेको अवस्थामा सामाजिक दूरी एवं मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्दै स्थगन हाइकिङ पुनःसञ्चालनमा ल्याइएको हो।

पुनःसञ्चालित हाइकिङको शृङ्खलाअन्तर्गत साउन महिनामा भने दोस्रो शनिबार हिजो पोखरा महानगरपालिका- १६ स्थित पर्यटकीयस्थल महेन्द्र गुफादेखि घार्मी गाउँ, ढिकीडाँडा हुँदै हरिपाउसम्म हाइकिङ गरिएको रानाभाटले बताए। हाइकिङका सहभागीलाई हरिपाउमा स्वागत गर्दै घरवास सञ्चालक एकनाथ आचार्यले यहाँबाट देखिने पोखरा बजारसहितका रमणीय दृश्यले पर्यटकलाई लोभ्याउने गरेको बताए।

यहाँबाट पोखरा बजार नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिने बताउँदै उनले एक हजार ४९० मिटरको उचाइ रहेको यो ठाउँसँगै यहाँका मैदान पोखरी, कालिका देउराली मन्दिरलगायतका प्राकृतिक एवं सांस्कृतिकस्थललाई पर्यटनसँग जोड्न लागिएको उल्लेख गरे। यहाँबाट देखिने माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाली दृश्यसहितका प्रकृतिसहित विद्यमान संस्कृतिलाई पर्यटन बजारमा लैजानुपर्ने आवश्यकता उनले औंल्याए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप