गाउँ-गाउँमा शिक्षक, ज्वरो नाप्दै पढाउँदै


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


पाल्पाको तानसेन नगरपालिकाको दमकडामा रहेको दमकडा माध्यमिक विद्यालयका शिक्षकहरू टोलटोलमा घुम्ती कक्षा चलाउन पुगेका छन्। शिक्षकहरूले वैकल्पिक माध्यमबाट टोलटोलमा पुगेर शिक्षा दिन थालेका हुन्। बालबालिकाको पठन पाठनमा सहजीकरण गर्ने उद्देश्यले उनिहरू टोल टोलमा पुगेका हुन्।

ज्वरोको परीक्षण गरी भौतिक दूरी कायम गरेर पठन पाठनमा सहजीकरण गरिरहेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार विद्यालयले आफ्नो सेवा क्षेत्रका १२ ठाँउमा घुम्ती कक्षा संचालन गरिरहेको छ। 

त्यसरी संचालन भएका घुम्ती कक्षाहरूमा दमकडा, देउराली, टिन्टीआँप, कुन्सरे, पिप्ले, ठटिया, गोरसोत, सराईलगायतका स्थानमा छन्। एक वटा सिकाइ केन्द्र विद्यालयलाई बनाइएको छ। ति केन्द्रहरू दैनिक रुपमा ३ घण्टा सञ्चालन हुने गरेका छन्।

प्रतिक्षालय, कृषि संकलन केन्द्र र सामुदायिक भवनमा चलेको कक्षाका अधिकांश स्थानमा सहजीकरण सुरु गर्दा छोराछोरी लिएर अभिभावक पनिसँगै आएका थिए। सहजीकरण कक्षाको समय तालिका भने समुदायले माग गरे अनुसार गरिएको छ।

बालबालिकाहरू मास्क लगाएर टोलटोलका कक्षामा उपस्थित भइरहेका छन्। विद्यालयले टोल संचालन हुने कक्षाका लागि २२ जना शिक्षक परिचालन गरी दैनिक हाजिर गराई विद्यार्थीलाई सहजीकरण गरेको जनाएको छ। 

गाउँमै आएर शिक्षकहरूले छोराछोरी पढाइदिएर एकदमै राम्रो काम गरेको अभिभावक सावित्रा पाण्डेले बताइन्। सिकेका कुरा बिर्सिने अवस्थामा पुगेका बालबालिकालाई अप्ठेरो अवस्थामा पनि टोलटोलमा आएर पढाउने काम राम्रो भएको उनले बताइन्। \

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिएजस्तै शिक्षकहरू पनि खटिनुपर्यो भनेर मैले नै भन्थे अहिले विद्यालयले पनि शिक्षकलाई परिचालन गर्दा खुसी लागेको छ।

विद्यालयले स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्रसँग समन्वय गरी विद्यार्थीहरूको तापक्रम मापन गरेको कुन्सरे टोलमा खटिएको विद्यालयका शिक्षक दिनेश नेपालले जानकारी दिए। दमकडा माध्यमिक विद्यालयले समुदायमा शिक्षक पठाएर पठनपाठन गर्न थालेपछि विद्यार्थी खुशी भएका छन्। 

कक्षा ६ देखि १० सम्मका विद्यार्थीले दूरशिक्षा रेडियो कार्यक्रमबाट पढेका पाठ, दिएका गृहकार्य र नबुझेका केही प्रश्नहरू शिक्षकलाई बुझाउने गरेका छन्। कतिपय विद्यार्थीले लकडाउनको अवधिमा बनाएका चित्र, सिर्जना र सिकेका ज्ञान पनि प्रस्तुत गरेको विद्यालयले बताएको छ।

दमकडाले बन्दाबन्दीकै अवस्थामा २०७६ चैत्र ३० गते भर्चुअल माध्यमबाट परीक्षाफल प्रकाशन गरी बैशाख ७ गतेदेखि विद्यार्थीलाई परियोजना कार्य वितरण गरेको थियो। तीन चरण पाठ्यपुस्तकमा आधारित परियोजना कार्य वितरण गरेपछि विद्यालयले नै पाठ्यपुस्तक विद्यार्थीको घरघरमा पुर्याएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।