अतिक्रमित जमिन खाली गराउन गएका वनका कर्मचालाई गाउँलेको अवरोध


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


सुदूरपश्चिम प्रदेशको बझाङमा अतिक्रमित जमिन खाली गराउन गएका वनका कर्मचारीमाथि गाउँलेले अवरोध गरेका छन्। रक्सि खाएका केही गाउँलेले वनका कर्मचारीमाथि अभद्र व्यवहार गर्दै गाउँमै प्रवेस गर्न रोक लगाएका हुन्।

जिल्लाको छविसपाथिभेरा गाउँपालिका–७ गिरिखेल्लामा जमिन अतिक्रमण भएको उजुरी पछि सो बारेमा जाँच बुझ गरी अतिक्रमण भएको जमिन खाली गर्न सदरमुकाम चैनपुरबाट गएका तीन जना वन रक्षक र एक जना नापि कार्यालयका कर्मचारीलाई गाउँलेले मदिरा खाएर गाली गलौच गर्दै गाउँ प्रवेस गर्न नदिएको पाइएको छ।

‘अतिक्रमित भनिएको जमिन नाप्न खोज्दा सुरुमा गाउँमा कोही थिएन', अतिक्रमित भएको स्थान ‘गिरिखेल्ला’ पुगेका वन रक्षक जंगबहादुर विष्टले भने, ‘हामीले नापिको काम सुरु गर्ने तयारी गरेपछि एकैपटक ८०–९० जनाको हुल आयो, रक्सी खाएर आएका उनिहरूले नानाथरी बोल्नथालेपछि नापिको काम छोडेका हौं।’ रक्सिको मातमा रहेका स्थानीयले नापिमा अबरोध गर्दै गाली गरेको र ज्यान मार्ने धम्कीसमेत दिएको उनले बताए। 

‘स्थानीयको उजुरीपछि शनिबार हामी अतिक्रमित भनिएको क्षेत्र (गिरिखेल्ला) गएका थियौं,’ विष्टले भने, ‘स्थानीयले जाँड खाएर अबरोध सिर्जना गरेपछि काम गर्न सकेनौं।’ उनका अनुसार छबिस पाथिभेरा गाउँपालिका–५ गिरिखेल्लाकै स्थानीय शिक्षक गणेश सिंहले असार पहिलो साता वनको जमिन अतिक्रमणमा परेको भन्दै डिभिजन वन कार्यालय बझाङमा उजुरी दिएका थिए। 

सिंहको उजुरीका आधारमा शनिबार नापिका कर्मचारी र तीन जना वन रक्षक गिरिखेल्ला पुगेका थिए। ‘अतिक्रमण भएको भनिएको स्थानमा जानु अघि हामीले वडा अध्यक्षलाई जानकारी गराएका थियौं,’ वन रक्षक विष्टले भने, ‘तर वडा अध्यक्ष गाउँमा थिएनन्, एक जना वडा सदस्यलाई साथमा लिएर हामी कामका लागि विवादित स्थानमा गएका हौं।’ गाउँलेले अवरोध सिर्जना गरेको केही समयमै वडा अध्यक्ष लोकेन्द्र बहादुर ठगुन्ना पुगेका र वडा अध्यक्षले नै गाउँलेलाई सान्त बनाएको उनले बताए।

छबिस पाथिभेरा गाउँपालिका–५ का वडा अध्यक्ष लोकेन्द्र बहादुर ठगुन्नाले भने गाउँलेले अबरोध नगरेको दावी गरे। उनले वनका कर्मचारीमाथी गाउँलेले कुनै दुव्यवहार तथा गाली गलौच नगरेको बताए। तर, गाउँलेले मदिरा सेवन गरेको कुरा भने उनले स्वीकारेका छन्। 

‘गाउँमा अतिक्रमित जमिन नाप्न आएका कर्मचारीलाई हेर्न आएका मध्य केही गाउँलले मदिरा सेवन गरेका थिए,’ वडा अध्यक्ष ठगुन्नाले भने, ‘तर, कर्मचारी माथी कसैले दुर्व्यवहार तथा गालि गलौच गरेका छैनन्, मैले सवैलाई घर पठाएको हुँ।’ 

उनले वडाका विभिन्न क्षेत्रमा सार्वजनिक जमिन अतिक्रमित भएको स्वीकार्दै भने, ‘वडाका धेरै स्थानमा जमिन अतिक्रमण भएको छ। हामी सवै अतिक्रमित जमिन फिर्ताल्याउने गरी नीति निर्माण गर्दैछौं, एउटा गाउँलाई मात्रै लक्षित गर्दा पक्षपात हुन सक्छ भन्ने हाम्रो भनाई हो।’ वडामा रहेको सार्वजनिक जमिन अतिक्रमण हटाउन गाउँपालिकाले छुट्टै नीति ल्याउने तयारी गरेको वडा अध्यक्ष ठगुन्नाले बताए।

स्थानीयका अनुसार छविस पाथिभेरा गाउँपालिका–५ गिरिखेल्लाको (पातललेक) भन्ने स्थानमा त्यहाँका केही स्थानीयले सामुदायिक वनको जमिन अतिक्रमण गरी ५–७ घर निर्माण गरेका छन्। जमिन अतिक्रमण गरेका स्थानीयले केही जग्गा अर्को व्यक्तिलाई बिक्रि समेत गरिसकेका छन्। 

आयोमेललाई प्राप्त गोप्य सूचना अनिुसार अतिक्रमित जमिनमा अडा अध्यक्ष ठगुन्नाले समेत जग्गा किनेका छन्। वनका कर्मचारीलाई गाउँ प्रवेस गर्न नदिन वडा अध्यक्ष ठगुन्नाकै योजनामा गाउँलेले मदिरा सेवन गरी गाउँ प्रवेस गर्न नदिएको श्रोतको दावी छ। 

‘वडा अध्यक्ष ठगुन्नाले सस्तोमा वनबाट  अतिक्रमण गरेको जग्गा किनेका छन्,’ श्रोतले भन्यो, ‘त्यसलै नापीमा आएका कर्मचारीलाई गाउँ पस्न नदिन वडा अध्यक्ष ठगुनलेनै केही गाउँलेलाई मदिरा सेवन गर्न लगाई होहल्ला गर्न लगाएरका हुन्।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।