नेता सुनिलबहादुर थापासहित ३१ नेताले राप्रपा छोडे(राजीनामा-पत्रसहित)


विचार
आयोमेल संवाददाता
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष

आयोमेल संवाददाता
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ।

आयोमेल संवाददाता
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना


राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापासहित ३१ जना नेताहरु पार्टीबाट अलग भएको घोषणा गरेका छन्। 

शनिबार उनीहरुले पार्टी अध्यक्षहरुलाई राजीनामा दिएर पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। 
राप्रपाका पूर्वमहामन्त्रीसमेत रहेका थापा पार्टीका संस्थापक सूर्यबहादुर थापाका छोरा हुन्। 

राजीनामा दिनेहरुमा थापासहित, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, किरण गिरीलगायतका नेता तथा कार्यकर्ता छन्। 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नेताहरुको यो राजीनामा नेपालको राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनलाई ठूलो घाटा भएको प्रतिक्रिया दिएका छन्। 
‘र, यो उहाँहरुको राजनीतिक भविष्यका लागि पनि ठूलो धक्का हो’ आयोमेलसँग उनले भने, ‘राप्रपाको संस्थापकको विरासतका नाताले पनि उहाँले पार्टीभित्रै आफ्नो राजनीतिक भविष्य देख्नुपर्नेथियो।’ 

राजीनामा पत्र

श्रीमान् त्रय अध्यक्षज्यू राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालय, काठमाडौं

विषय :  संयुक्त राजिनामा । 
महोदय, तीन दशकअघि मुलुकमा राप्रपा स्थापना हुँदा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा एउटा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने र राजनीतिक परिवर्तनलाई आत्मसात गरेर मुलुक र जनताको आकांक्षा सम्बोधन गर्ने लक्ष्यका साथ हामी राप्रपामा आबद्ध रही क्रियाशील रहँदै आएको सर्वविदितै छ। 

पार्टीले संस्थापक अध्यक्ष स्व. सूर्य बहादुर थापाको नेतृत्वमा उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीतिको अनुशरण गर्दा राप्रपा कुनै समय देशको तेस्रो ठूलो दल तथा सही अर्थमा बैकल्पिक प्रजातान्त्रिक शक्ति भएको तथ्य पनि हाम्रा सामू जग जाहेरै छ। 

राप्रपाले मुलुकमा समय समयमा भएका परिवर्तनलाई होशियारीपूर्वक तर सहजताका साथ आत्मसात् गर्दै अग्रगामी मार्ग अवलम्बन गर्दै आएको छ। राप्रपा समय समयका टुटफूट र गूटका निरन्तर श्रृंखलाहरु पार गर्दै पहिलो तथा दोस्रो संविधानसभा निर्वाचनमा निशर्त सहभागी बन्यो। दोस्रो संविधानसभाले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा पार्टी सक्रिय सहभागी भएको र त्यसको अपनत्व र स्वामित्व लिँदै संविधान कार्यान्वयनका लागि गणतान्त्रिक संविधान अन्तर्गत गठित सरकारहरुमा सहभागी हुँदै आएको हो। 

यसरी राप्रपा परिवर्तनको प्रबाहमा समाहित हुँदै प्रजातान्त्रिक मूल्य र मान्यताको अडानमा स्पष्टरुपमा उभिँदै आएको हामी सामू छर्लंग छँदैछ । तर, पार्टीका संस्थापक अध्यक्ष सूर्य बहादुर थापाको निधन पश्चात् पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको छ। 

जसका कारण पार्टी दिशाहिन बनेको छ । एकातिर पार्टी नेतृत्व गणतन्त्रान्त्रिक व्यवस्था स्वीकार गरेर सरकारहरुमा सहभागी हुने, संविधान उत्कृष्ट भएको प्रचारप्रसारमा सामेल भएको छ भने अर्कातिर आम सहमतिको राजसंस्थासहितको प्रजातन्त्रको अति अमूर्त र असम्भव एजेन्डालाई पनि छोड्न नसकेको अवस्था छ। राप्रपाको द्धेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले शर्मनाक पराजय भोग्नुपरेको छ । भागबण्डा मिलाएर पार्टी एकता गरिएपछि पनि त्यही पुरानै ढुलमुले दृष्टिकोण कायम छ भने एकतापछिको सचिवालय कार्य व्यवस्था समिति सहित विभिन्न निकायको गठनमा समावेशीतालाई पुरै वेवास्ता गरिएको छ। पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन सकेको छैन। 

मधेशी समुदायको प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ। समितिहरुको गठनमा क्षेत्रगत असन्तुलन र विभेद प्रष्टै देखिएको छ । देशको संविधान, कानुन र पार्टीको विधानले निर्दिष्ट गरेको समावेशी सिद्धान्तको पालना भएको छैन भने कैयौं जिल्लालाई केन्द्रिय प्रतिनिधित्वबाट नै वञ्चित गरिएको छ। संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ। 

स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि ठेस पुगेको छ । पार्टी संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आम जनमतविपरित पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टी पंक्ति जानकार नै छ। तर पार्टी नेतृत्व पुनः ढुलमुले दृष्टिकोणमा अघि बढिरहँदा पार्टी एकीकरणपछि पनि आम आकर्षण नबढेको यथार्थ हो। हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकुल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निस्कर्षमा पुगेका छौँ । उदार प्रजातन्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा प्रजातान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै भूमिका र तहबाट अलग भएको घोषणा गर्दछौं। अन्त्यमा, नेतृत्व वर्ग र समग्र पार्टी पंक्तिबाट विगतमा प्राप्त भएको सद्भाव प्रति हामी कृतज्ञता जनाउन चाहन्छौँ। 

लामो समयसम्म पार्टीका विभिन्न तह र तप्कामा रही प्रतिकुल तथा अनुकुल समयमा हामीलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।
धन्यवाद, 

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचका भेटवार्ता सकिएको छ। दुवै शीर्ष नेताबीच

खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन

सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको

महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक