तटीय क्षेत्रमा तटबन्धको व्यवस्था गर्न प्रदेश सरकारलाई निर्देशन


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


बाढीबाट हुनसक्ने जोखिम र क्षति न्यूनीकरण गर्न अविलम्ब तटबन्ध र बायो इन्जिनियरिङलगायतका उपाय तर्जुमा गर्न प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

प्रदेश सभाअन्तर्गत प्रदेश मामिला समितिको शनिबार बसेको बैठकले आन्तरिक मामिला मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

बैठकले नदी कटान र मानव बस्ती तथा अन्नबालीको संंरक्षणका लागि तत्कालीन (तटबन्ध) र दीर्घकालीन (बायो इन्जिनियरिङ) को उपाय तर्जुमा गर्न मन्त्रालयलाई निर्देशन दिएको समितिका अध्यक्ष प्रदेश सभा सदस्य अशोक यादवले जानकारी दिए ।

वाग्मती नदीले विभिन्न पाँच स्थानमा तटबन्ध कटान गरेकाले रौतहटको गौर, राजदेवी, इशनाथ, बोडीमाइ र परोहा नगरपालिका डुबानमा पर्नसक्ने भएकाले ती स्थानमा तत्काल तटबन्ध निर्माण कार्य अघि बढाउन मन्त्रालयलाई निर्देशन दिइएको अध्यक्ष यादवले बताए ।

यसका साथै बैठकले प्रदेश २ मा वाग्मती, कोसी र कमला नदीको बाढीका कारण हुने गरेको डुबानसम्बन्धी समस्या निराकरण गर्न पूर्वतयारी गरी विपद्पछिको राहत र अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बद्ध निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र स्थानीय सरकारसँग सहकार्यका साथै जिम्मेवारी बाँडफाँटको स्पष्ट मार्गचित्र तयार पार्न समितिले निर्देशन दिएको छ ।

यसैगरी कोसी बाँधको पश्चिमतर्फ तटबन्ध भासिने सम्भावना मध्यनजर गरी तटबन्ध पुनः निर्माणमा तत्काल कदम चाल्न मन्त्रालयलाई निर्देशन दिइएको अध्यक्ष यादवले जनाएका छन् ।

वर्षा र बाढीको सम्भावना अझै कायमै रहेकोले उद्दार एवं बचावका लागि हेलिकप्टर, मोटरबोट, वाटरबोटलगायतका सामग्रीको व्यवस्था गरी तयारी अवस्थामा बस्न समितिले निर्देशन दिएको छ ।

स्थान अभावका कारण बाढी प्रभावित र कोरोना प्रभावितलाई राख्न सामुदायिक विद्यालय प्रयोग हुनसक्ने भएकाले  छुट्टै सुरक्षित स्थानको व्यवस्था गर्न प्रदेश सरकारलाई समितिले भनेको छ ।

चुरे विनासका कारण प्रदेश २ भित्र बाढी र नदी कटानको जोखिम बढ्दै गइरहेकाले चुरे संरक्षण गर्न तत्कालीन र दीर्घकालीन रणनीति तर्जुमा गरेर अघि बढ्न समितिले सरकारलाई निर्देशन दिएको अध्यक्ष यादवले बताए ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।