मन परेकी युवतीलाई अपहरण गर्ने अनि बिहे गर्ने


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


इन्डोनेसियाको सुदूर द्विप सिम्बाकी एक युवती हुन् सित्रा। 

उनी एउटा सामाजिक संस्थामा काम गर्छिन्। 

उनलाई कसैले फोन गरेर आफूलाई भेट्न भने। 

अन्जान मान्छेले भेट्न खोजेको भन्दै उनी छक्क परिन् र नभेट्ने भनिन्।

उनको मोबाइल बारम्बार बजिरह्यो।

आफूलाई सरकारी अधिकारी बताउने ती दुईजना पुरुषले सित्राको संस्थालाई बजेट उपलब्ध गराउने आश्वासन दिए।

अन्जान मान्छेलाई भेट्न सुरुसुरुमा कस्तो–कस्तो लागेपनि उनले नर्कान सकिनन्।

नकार्न नसक्नुको कारण थियो उनी आफ्नो काम देखाउन चाहन्थिन्।

सित्रा आफूलाई प्रमाणित गराउन चाहान्थिन्, कि उनले सामाजिक काम गरिरहेकी छिन् भनेर। 

सरकारी अधिकारी भनेपछि अन्ततः उनले भेट्ने सोच बनाइन्।

२८ वर्षीया अविवाहित युवति हुन् सित्रा।

अधिकारीहरुले पहिले तोकेको स्थानमा केही समस्या भएको भन्दै दोस्रो ठाउँमा मिटिङ चलेको बताए।

उनीहरुले बताए अनुसार सित्रा अघि बढ्दै गइन्।

केही पर पुगेपछि ति पुरुषले सित्रालाई आफ्नो कारमा बस्न आग्रह गरे।

उनले आफ्नै स्कुटरमा जाने भनेर स्टार्ट मात्रै के गरेकी थिइन्, एक्कासी कता कताबाट केही मानिस आए र उनलाई क-यापकुरुप पारेर जर्वजस्ती उठाए। 
अर्थात्, उनी अपहरणमा परीसकेकी थिइन्। 

‘मैले खुट्टाहरु जोड जोडले झट्कारेँ, जोडजोडले चिच्याएँ, उनीहरुले मलाई कारभित्र धकेले तर म उम्किन सकिनँ म लाचार थिएँ, कमजोर थिएँ’ उनले भनेकी छिन्।

कारभित्र हुलिएपछि भित्रका मान्छेले उनको निगरानी अझै कडा बनाए। 

आफूलाई किन अपहरण गरियो त्यतिबेलासम्म उनलाई हल्का हल्का आभाष त भइसकेको थियो। 

इन्डोनेसियाको यो सिम्बा टापु, जहाँ आफूलाई मन परेकी युवतीलाई बिहे गर्नुपर्दा सिधै अपहरण गरिन्छ। 

यो वर्षौदेखि चल्दै आएको एउटा परम्परा हो। जहा, मन परेकी युवतीसँग बिहे गर्नुप-यो भने दलबल लगाएर उठाइन्छ र, बिहे गरिन्छ। 

यो कु–प्रथाका विरुद्ध इन्डोनेसियाली महिला लामो समयदेखि आवाज उठाइरहेका छन्। 

केही समयअघि दुई महिला अपरहण गरेको भिडियो सार्वजनिक भएपछि सरकार केही कठोर भने बनेको छ।

सरकारले इच्छा विपरीत यस्तो कार्य नगर्न भनेको छ।

तर, संस्कृति संस्कार कहाँ त्यति छिटै बदल्न सकिन्छ र? 

यो प्रथा अझै कायम छ। 

धेरै महिला विहेका लागि अपह्रृत भइसकेका छन्। इच्छा चाहाना नहुँदा नहुँदै अरुसँग जिन्दगी बिताउनु परेको छ। मनका इच्छा, चाहना र भावनालाई दबाएर बाँच्नुपरेको छ।

म पलपल मरिरहेकी थिएँ

कारभित्र थुनिएकी सित्रा केही चलाख बनिन्। उनले प्रेमी तथा आमा बुवालाई म्यासेज छोडिन्।

सित्रालाई अपहरण गरी लगिएको घर उनको बुवाको टाढाका एकजना नातेदारको थियो।

घरमा मानिसको भिड थियो। 

कार पुग्ने बित्तिकै त्यहाँ भएकाहरुले गीत गाउन थाले।

कारबाट निस्किँदै गर्दा बिहेको तयारी गर्न थालियो।

‘मेरो जीवन अब नर्क हुने भयो’ उनले सोचिसकेकी थिइन्।
 
सित्रालाई उकुसमुकुस भइरहेको थियो।

एकातिर प्रेम गरेको मान्छेसँग विछोडिनुपर्ने। अर्कोतिर जीन्दगीभर पछुताएर बाँच्नुपर्ने।

यस्ता यस्तै कुराहरु खेलिरहेका थिए सित्राको दिमागमा।

बिहे कार्यक्रमको अन्तिम क्षणमा आएर लामो सास लिँदै उनले पाइला पछाडी सारिन्।

अपहरणकारीले सित्रालाई फकाउने कोसिस गरिरहे।

अपहरण गर्ने योजनाकार अर्थात् दुलहाले उनीसँग प्रेम भएकै कारण यस्तो गर्नुपरेको बताइरहे।

सबैले बिहेका लागि सित्रालाई सम्झाउने भरपुर कोसिस गरिरहे।

‘म गला नरोकिँदासम्म रोएँ, काठको खम्बामा टाउको बजारे। मलाई यो बिहे गर्नु छैन भनेर देखाउनु थियो, मप्रति कसैमा दया पलाओस् भन्ने चाहान्थेँ’ उनले भनिन्।

६ दिनसम्म उनलाई कैद गरिएजस्तै राखियो। ‘म रातदिन रोइरहेँ ६ दिनसम्म निदाउन सकिनँ, उनले थपिन्, ‘म पलपल मरिरहेकी थिएँ।’

सित्राले खाना खान बन्द गरिन्।

खाना खाएपछि बिहेका लागि राजी भएको भन्ने मानिन्थ्यो। 

घरपरिवारले गाउँका माहिला अधिकारकर्मी, भलाद्मीलाई दुलहासँग कुरा गरी सित्रालाई छोडिदन आग्रह गरे।
०००

महिला अधिकारकर्मीको समूह पेरुआतीले पछिल्ला चार वर्षमा युवती अपहरणकमा विभिन्न घटनाहरु दर्ता गरेका छन्।

सिम्बामा यस्ता घटनाहरु धेरै भएको पेरुआतीले जनाएको छ।

पछिल्ला दिनमा सित्रासहित तीन जना युवती अपहरणपछि रिहा भएका छन्।

महिलाअधिकारकर्मीले उनीहरु भाग्यमानी भएको जनाएका छन्।

अपहरणपछि बिहे भए महिलाहरु फर्किन सक्दैनन् उनीहरु जिन्दगीभर त्यहिँ बस्न बाध्य हुन्छन्। 

पेरुआतीकी प्रमुख अप्रिसा तारानाउले आफ्नो बिहेको समस्या समाधान गर्नुबाहेक आफ्नो काम नभएको जनाएकी छिन्।

अपहरणमा परी बिहे गर्न बाध्य भएका महिलाहरु जिन्दगीभर सम्झौता गर्न बाध्य हुन्छन्।

बिहेपछि उनीहरु फर्किहाले पनि अपहेलित हुन्छन्।

समाजले घृणाको नजरले हेर्छ विभिन्न किसिमका लान्छना लगाउँछन्।

सित्रालाई अपहरण गर्ने युवा तथा घरपरिवारले यस्तै इज्जत जाने डर देखाएका थिए।

जिन्दगीको कालकोठरीबाट छुटेकी सित्राले आफ्ना प्रेमीसँग घरजम गरिन्।

‘भगवानको कारण मैले मन पराएको मान्छेसँग(प्रेमी) बिहे भयो हाम्रो एक वर्षको बच्चा पनि छ’ सित्राले भनेकि छिन्।

सिम्बाका स्थानीय इतिहासकार फ्रान्स वोरा हेवीले अपहरण गरी विहे गर्ने एउटा क्रुर प्रथा अझै कायम रहेको बताएका छ्। 

नेता तथा सरकारी अधिकारीले कुनै कानुनी कारबाही नगरेकै कारण यो प्रथा कायम रहेको उनको गुनासो छ।

इन्डोनेसियामा महिला अपहरण गरी बिहे गर्न नपाइने कुनै कानुन छैन। जसको कारर्ण  युवती अपहरित भइरहेका छन्।

बिबिसीबाट


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप