नागको पूजा किन गर्ने?


विचार
आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक

आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो


आज नाग पञ्चमी। भूमी देवताका रुपमा पुजिने नाग पञ्चमी नेपालीको विशेष चाड मानिन्छ। 

नाग पञ्चामीका दिन नागमा पूजाआजा गरी प्रत्येकको घरको ढोकामा नागको तस्वीर टाँस्ने गरिन्छ। नागको पूजा गर्नाले भूक्षय, प्राकृतिक विपत्ति तथा नागको डसाइको प्रकोपबाट मुक्ति पाउने विश्वासका साथ हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गरिन्छ।

नाग पञ्चमीकै लागि बजारमा खुद्रा व्यवसायीहरुले नागका तस्वीरहरु बिक्रीका लागि राखेका छन्। यस्तै सडकका पेटीहरुमा पनि नागका तस्वीरसँगै पूजा सामग्री पनि राखेका छन्। 

यसदिन बिहानै उठी स्नान गरी दिप, कलश, गणेश पूजा गरी गोवरको नाग बनाई नागको मानचित्रमा दही, दूबो, कुश, सिन्दुर, चन्दन आदीले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागबाट क्षति नहुने धार्मिक मान्यता छ। 

नागहरु जस्तै अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शंखनाग, शेषनाग आदीको चित्र टाँसिन्छ। यसरी विभिन्न नागको चित्र घरमा टाँस्नाले चट्याङले नहान्ने, आगो तथा सर्पको भए नहुने हाम्रो धार्मिक आस्था तथा विस्वास रहिआएको छ। स्कन्द पुराणअनुसार नागको पूजा गर्नाले मनोकामना पूरा हुने वर्णन गरिएको छ। 

श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको मानिन्छ। ज्योतिष शाष्त्रीय मान्यता अनुसरा नाग पञ्चमीको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हेर्नु पर्दैन भन्ने विश्वास रहदै आएको छ। 

नाग पञ्चमीको दिन हिन्दु धर्मावलम्बीहरुले दिनभर व्रत गरी सूर्यास्त भएपछि नाग देवताको मूर्तिमा विभिन्न फलफूल, प्रसाद चढाएर पूजाआजा गरी आफूले पनि ग्रहण गर्दछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा