अमेरिकालाई चीनकाे जवाफ : छेङदुको वाणिज्य दूतावास बन्द गर्न निर्देशन


विचार
आयाेमेल संवाददाता
कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन

आयाेमेल संवाददाता
भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले…

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको

आयाेमेल संवाददाता
भारतमा कोरोना संक्रमितका लागि नयाँ औषधि प्रयोग अनुमति

कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा


चीनले दक्षिण–पश्चिमी सहर छेङदुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।

अमेरिकाले बुधबार ह्यास्टनस्थित चिनियाँ महावाणिज्य दूतावास शुक्रबारभित्र बन्द गर्न निर्देशन दिएपछि चीनले पनि जवाफस्वरुप वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको हो।

चिनियाँ विदेश मन्त्रालयले आफ्नो कदमलाई अमेरिकाले चालेको अनुचित कार्यको परिणामबारे आवश्यक र उचित भएको दाबी गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयले चीन-अमेरिकाको अहिलेको अवस्था आफूले हेर्नै नचाहेको बताउँदै यो परिस्थितिको जिम्मेवार अमेरिका भएको जिकिर गरेको छ।

चीनप्रति अमेरिकाले गरेका अव्यावहारिक र अनुचित निर्णयहरूको चीनले वैधानिक र आवश्यक प्रतिक्रिया दिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

सन् १९८५ मा स्थापना भएको छेङदुको वाणिज्य दूतावास  तिब्बतसँग नजिक रहेकाले रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ। त्यहाँ दुई सयभन्दा बढी कर्मचारी छन्।

अमेरिकी विदेश मन्त्रालयले चिनियाँ वाणिज्य दूतावास बन्द गर्ने निर्णय गर्नु बौद्धिक सम्पत्तिको रक्षाका लागि चालिएको कदम बताए पनि चीनले भने उक्त निर्णय अव्यावहारिक र अनुचित भएको जनाएको छ। 

बिबिसीबाट अनुवादित सामग्री
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन भएको छ। ४० वर्षीया चौधरीको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा मंगलबार

भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले गुमाए ज्यान

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको कोरोना संक्रमणबाट निधन भएको तथ्यांक बाहिर आएको छ।उत्तर प्रदेशको प्राइमरी

भारतमा कोरोना संक्रमितका लागि नयाँ औषधि प्रयोग अनुमति

कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ। औषधिसँग सम्बन्धित विषय हेर्ने

कोरोना संक्रमित बाबु-छोराको मृत्यु

झापा – दोस्रो लहरको कोरोना संक्रमणका कारण झापामा बाबु-छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-४ का बाबु-छोरा हुन्। छोराको