सगरमाथाबाट शवहरू कहिले उठाउने? 


विचार
आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर

आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।


विश्वकै सर्वोच्च शिखर सगरमाथामा आरोहणका क्रममा ज्यान गुमाउनेहरूको शवका विषयमा पटक पटक कुरा उठ्दै आइरहेको छ। विशेषगरी आरोहणको सिजनमा मात्रै यस्तो बहस सुरु हुन्छ। 

वर्षौंदेखि सगरमाथा क्षेत्रमा थन्किएका शवका कारण अन्तर्राष्ट्रियस्तरमा पनि शव व्यवस्थापनको आवाज उठ्दै आएको छ। तर, नेपाल सरकारले हालसम्म सबै शव व्यवस्थापन गर्न सकिरहेको छैन। 

कोरोना महामारीपछिको लकडाउनले गर्दा आरोही र श्रमिकहरू बेरोजगार भएका छन्। 

त्यसैले पनि अहिले यिनै कामदारलाई लगाएर थन्किएका शव व्यवस्थापन गर्ने आवाज उठेको हो। 

गत वर्ष वैशाखमा शव उठाउने अभियान चलेको थियो। 

नेपाली सेनाको उद्धार टोली संलग्न उक्त समूहले चारवटा मात्रै शव ल्याउन सकेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आयोमेललाई बताए। 

‘शव व्यवस्थापनको कुरा धेरै उठेपछि गत वर्ष मेरै संयोजकत्वमा एउटा टोली गठन भएको थियो, नेपाली सेनाको संलग्नतामा शव उठाउन टोली पठायौं। त्यसमा आरोहीहरू पनि थिए। तर, चारवटा जति शव उठाइयो,’ घिमिरेले भने, ‘तर पछि मौसम बिग्रिएकाले अभियान अघि बढ्न सकेन। सँगै फोहर पनि संकलन गरिएको थियो। मौसम प्रतिकूल हुँदा बोरामा संकलन गरिएको फोहर पनि ल्याउन पाइएन।’

पर्यटन विभागको तथ्यांकअनुसार सन् १९५३ मा सगरमाथाको सफल आरोहणपछिका ६६ वर्षमा कुल ४८ सय जनाले सगरमाथा आरोहण गरेका छन्। 

हालसम्म सगरमाथामा २ सय ७९ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमध्ये अधिकांशको शव ल्याइएको विभागका महानिर्देशक घिमिरे बताउँछन्। तर, कति जनाको शव ल्याइयो र कतिको बाँकी छ भन्ने तथ्यांक विभागसँग छैन। 

कुनै सिजनमा हिउँ पग्लिँदा शव देखिन्छन्, कुनै सिजनमा पुरिन्छन्। चालु आर्थिक वर्षमा शव ल्याउने र हिमाल सफाइका लागि १० करोड रुपैयाँ वातावरण विभागमा आएको घिमिरेको भनाइ छ। 

‘नेपाली सेनाले तयारीका लागि उक्त रकमबाट टेन्डर आह्वान गरी केही सामान पनि खरिद गरिसकेको थियो,’ घिमिरेले भने, ‘तर, लकडाउनका कारण सेनाले पनि काम गर्न नसक्ने बताउँदै बाँकी रकम फिर्ता पठाइदियो। अब यो आर्थिक वर्षमा शव ल्याउने र हिमाल सफाइको काम अघि बढ्ने सम्भावना देखिँदैन।’
 
हिमाल सफाइ योजनाअन्तर्गत ६ वटा हिमाल टेन्डरमार्फत र कञ्चनजंघालाई निजी कम्पनीमार्फत सफाइ गर्न दिने निर्णय भएको विभागले जनाएको छ। 

कञ्चनजंघाका लागि आफूले नेपाल सरकारसँग एक करोड रुपैयाँ माग गरे पनि यस आर्थिक वर्षका लागि जम्मा २५ लाखमात्रै बजेट आएको घिमिरेले बताए। अहिले सिजन नभएकाले भदौ असोजदेखि मात्रै हिमाल सफाइको काम अघि बढ्ने उनको भनाइ छ। 

अधिकांश शव खोंच र अप्ठ्यारो ठाउँमा भएकाले पनि ल्याउन कठिनाइ उत्पन्न भएको पर्यटन विभागका कार्यकारी निर्देशक धनञ्जय रेग्मी बताउँछन्। 

‘अहिले देखिने शव एउटा मात्रै छ। त्यही पनि हिउँ पग्लेका बेला देखिन्छ। अन्य सबै खोंचमा भएकाले ल्याउन त्यति सहज छैन,’ रेग्मीले भने, ‘शव ल्याउने जिम्मेवारी पर्यटक ल्याउने कम्पनीकै दायित्वअन्तर्गत हो। तर, न उनीहरू वास्ता गर्छन्। न पर्यटन विभागले नै चासो दिएको छ। हामीले त सुझाव दिने हो। हाम्रो कुरा कसले मान्छ र!’

यतिबेला पर्यटन विभाग, मन्त्रालयसँग बोर्डले समन्वय गरेर आरोही र बेरोजगार बनेका श्रमिकका लागि रोजगारीसँगै हिमाल सफाइको काम पनि हुने उद्देश्यले कार्ययोजना अघि सारे पनि लामो लकडाउनले गर्दा सफल नभएको रेग्मी बताउँछन्। 

‘आरोहणको सिजनका बेला मात्रै यस्ता कुराहरू उठ्छन्। त्यसबेला सबै कमाउने ध्याउन्नमै हुँदा यस्तो काम हुँदैन,’ उनले थपे, ‘वैशाखमै मैले यस विषयमा कुरा उठाएको हुँ तर कसैको पनि ध्यान गएन।’

लामो समयदेखि हिमालमा शव थन्किँदा अन्तर्राष्ट्रिय बजारमा सगरमाथाप्रतिको प्रभाव नराम्रो पर्दै गएको हिमाल आरोहीहरू बताउँछन्। 
आफूहरूले पटक–पटक आग्रह गर्दा पनि सरकारले शव ल्याउन खासै चासो नदिएको आरोहीहरूको गुनासो छ। 

‘सबै देखिँदैनन्, हिउँ पग्लेका बेला केही शव देखिन्छन्। जसकारण आरोहीहरू तर्सिने गरेका पनि छन्। हामीले शव मात्र नभई फोहर पनि संकलन गर्न आग्रह गरेका छौं,’ कीर्तीमानी आरोही मिङ्मा शेर्पा बताउँछन्। 

जोखिमपूर्ण यात्राका क्रममा एकाएक शव देख्दा आरोहीहरू हतोत्साहित हुने गरेको उनको भनाइ छ । 

‘अब अहिले सिजन गइसक्यो, अहिले केही गर्न सकिँदैन। तर आरोहणको सिजन सुरु भयो भने पहिले शव ल्याउने काम र सरसफाइको कामचाहिँ अनिवार्य गर्नुपर्छ,’ उनले अघि भने, ‘नयाँ फोहर त संकलन हुँदै आएको पनि छ। तर, वर्षौं पुरानो फोहर ल्याउन सकिएको छैन। अब आगामी वर्ष सरकारले त्यो कामचाहिँ पूरा गर्न सक्यो भने सगरमाथाप्रति अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रभाव पर्नसक्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा

भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ। अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतम

भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर बढाएका छन्। उनीहरुले दुवै डोजको अन्तर १२ देखि १६ हप्ता