कोरोनाबाट मृत्यु हुने चिनियाँ महिलाले फेवा किनारमा दिएकी थिइन् ‘नाइट पार्टी’


विचार
आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको

आयोमेल संवाददाता
अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको…

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू

आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि


कोरोनाबाट नेपालमा बुधबार दुई जनाको मृत्यु भयो। मृत्यु हुनेमा जनकपुरका ६० वर्षे पुरुष र ४९ वर्षीया एक चिनियाँ महिला थिए। दुईमध्ये मृतक चिनियाँ महिलालाई पोखराबाट उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो। 

उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखराकै मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो। 

मणिपालले काठमाडौं जान सुझाएपछि उनलाई ग्रान्डी अस्पताल पुर्‍याइयो। 

मृतक चिनियाँ महिलाको ‘प्राइमरी कन्ट्याक’ मा आउने अधिकांश चिनियाँ नै छन्। उनको सम्पर्कमा आएका १७ चिनियाँ र पाँच नेपालीको स्वाब संकलन भइसकेको पोखरा महानगरपालिका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए। 

३१ असार राति ती महिलाको स्वास्थ्यमा समस्या देखियो। त्यसपछि तीन जना चिनियाँ साथीले राति १२ बजे आसपास मणिपाल पुर्‍याए। अस्पतालले चिनियाँ महिलालाई हृदयघात भएको बतायो। 

कसरी सर्‍यो कोरोना ?

स्वास्थ्यमा समस्या देखिनुभन्दा १३ दिन पहिले उनले आफ्ना साथीलाई पार्टी दिएकी थिइन्।

त्यसैले महिलालाई ‘नाइट पार्टी’ बाट कोरोना सरेको अनुमान गरिएको छ। फेवा किनारको गौरीघाटमा होटल सञ्चालन गर्दै आएकी उनले १९ जनालाई असार १७ मा पार्टी दिएकी थिइन्। 

पार्टीमा ती महिलासहित १७ चिनियाँ र तीन नेपाली सहभागी थिए। उनी नेपालमा एक्लै बस्दै आएकी थिइन्।

एक वर्षदेखि चीन नफर्किएकाले कोरोनाको स्रोत असार १७ को पार्टी भएको अनुमान अधिकृत आचार्यले लगाए। उनले भने, ‘बाहिर गएको देखिएन। चीनबाट आएका साथीलाई पार्टी दिएकी रहिछन्। त्यहीँबाट सर्‍यो भन्ने अनुमान छ।’

उनले आफ्नै होटलमा नभई साथीको होटलमा सबैलाई बोलाएकी थिइन्। लेकसाइडकै चिनजानकी साथी सीता (परिवर्तित नाम) ले ती चिनियाँ बिरामी भएको थाहा पाइन्। सीता चिनियाँसँग विवाह गर्ने नेपाली महिला हुन्।

त्यसले गर्दा उनीहरूबीच चिनजान थियो। सीता बिहानै १२ वर्षीया छोरीसहित मणिपाल पुगिन्। अहिले कोरोना परीक्षणका लागि स्वाब दिएपछि उनीहरू घरमै बसेका छन्। 

समस्या थप जटिल बन्दै गएपछि चिनियाँ महिलालाई काठमाडौं लैजाने तयारी गरियो। मणिपाल पुर्‍याएको भोलिपल्टै प्रभु हेलिकोप्टरमार्फत उनलाई ग्रान्डी अस्पताल लगियो। पोखराबाट ती महिलालाई लिएर उनका भाइ, एक डाक्टर, एक क्याप्टेन र हेलिकोप्टरका स्टाफ काठमाडौं गएका थिए। 

महिलासँग गएका सबै काठमाडौंमै छन्। ग्रान्डीबाट कोरोना परीक्षणका लागि स्वाब लिँदा पोजेटिभ देखियो। त्यसपछि शिक्षण अस्पतालमा रेफर गरिएको थियो।

‘उहाँको परिवारबारे हालसम्म केही खुल्न सकेको छैन। पोखरामै रहेकाहरूसँग दोभाषे प्रयोग गरेर सोधपुछ गरिरहेका छौं,’ अधिकृत आचार्यले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ