सिडिओ फाल्ने क्रसर सञ्चालकसँग स्थानीय सरकार पनि निरीह


विचार
आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपील

काठमाडौं–काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त

आयोमेल संवाददाता
सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका


अवैध क्रसर उद्योग बन्द गराउन खोज्दा तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीको सरूवा भएको छ।

गृह मन्त्रालयले साउन ६ गते उनी एक्लैलाई तनहुँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाएर राष्ट्रपति कार्यालय सरुवा गरेको हो।

उनी चैत ५ गते मात्र तनहुँको प्रमुख जिल्ला अधिकारी सरूवा भएका थिए। गृह प्रवक्ता केदारनाथ शर्माले उनको सरुवा के कारण भएको भन्ने खुलाएनन्। ‘उहाँ एक्लैको सरुवा भएको हो, किन भएको हो भन्ने मलाई थाहा हुँदैन,’ शर्माले भने।

सरुवा भएका अधिकारीले बुधबार रवाना लिएर जल्ला छोडेका छन्। उनको ठाउँमा सह-सचिव सागर आचार्यलाई पठाइएको छ। 

उनी जिल्ला नपुगुञ्जेल उपसचिव चित्रांगत बराललाई कामु प्रमुख जिल्ला अधिकारी दिइएको छ।

‘रवाना पत्र बुझेर पोखरा घरमा आएको छु, केही दिनपछि राष्ट्रपति कार्यालय हाजिर हुन्छु,’ अधिकारीले भने।

सरूवा किन भयो भन्ने जानकारी आफूलाई नभएको उनले बताए। ‘तनहुँ जिल्लामा अवैध सञ्चालित क्रसर उद्योगमाथि कारबाही सुरू भएको छ, मैले जिल्ला छोडिसकेको हुनाले नयाँ आउने सिडिओ साहेबलाई बाँकी कुरा सोध्नुहोला,’ अधिकारीले भने।

निजामती प्रशासनमा साधारणतया एक वर्ष पुगे प्रमुख जिल्ला अधिकारीको कार्यकाललाई पूरा भएको मानिन्छ।

तर, अचेल सहसचिवको सरूवा शक्तिकेन्द्रले चाहे जतिबेला पनि हुने गरेको छ। सिडिओ रहेका उपसचिवबाहेकको चाहिँ दुई वर्ष नपुगी सरूवा गर्न नपाइने नियम छ।  

प्रोफर अनुमतिबिनै सञ्चालित क्रसर उद्योग हो। प्रोफरजस्तै तनहुँमा एक दर्जन क्रसर गैरकानुनी तरिकाले सञ्चालित रहेको उक्त नगरपालिकाले जनाएको छ।

सरुवा हुनुभन्दा दुई दिनअघि अधिकारी तनहुँका क्रसर उद्योगमा अनुगमनमा पुगेका थिए। अनुगमनमा जाँदा शुक्लागण्डकी नगरपालिका-५ को प्रोफर क्रसर उद्योगका हेभी इक्युपमेन्ट नियन्त्रणमा लिइएका थिए।

प्रोफर अनुमतिबिनै सञ्चालित क्रसर उद्योग हो। प्रोफरजस्तै तनहुँमा एक दर्जन क्रसर गैरकानुनी तरिकाले सञ्चालित रहेको उक्त नगरपालिकाले जनाएको छ।

‘तनहुँमा कुनै पनि क्रसर उद्योग कानुनी प्रक्रिया पूरा गरेर सञ्चालित छैनन्, यी उद्योग बन्द गर्न हामी एक्लैले सक्दैनौं,’ उपमेयर सबिता रसाइलीले भनिन्, ‘संघ र प्रदेश सरकारले केही गरोस् भन्ने हाम्रो कुरा हो।’

गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगको अनुगमन गर्ने क्रममा आफैं नेतृत्व लिएर अधिकारी फिल्डमा गएका थिए। यस्ता क्रसरलाई कि कानुनी दायरामा ल्याउन कि बन्द गर्नुपर्ने आवाज उठेपछि प्रजिअ अधिकारी अनुगमनमा निस्केका थिए।

उक्त क्रसर उद्योग पोखराका किसानसिंह सुनारको हो। सुनारलाई गैरकानुनी रुपमा नदी दोहन गरेको आरोपमा नगरपालिकाले गत वर्ष मात्र एक करोड ३० लाख जरिवाना गरेको थियो। तर, सुनारले ४० लाख मात्र तिरेका छन्।

‘हामीले जरिवाना रकम बुझाउन पटक-पटक ताकेता गरेका छौं तर उहाँ बुझाउन आउनुभएको छैन,’ रसाइलीले भनिन्, ‘उहाँ पोखरामा बस्नुहुँदो रहेछ, हामी जाँदा कर्मचारी मात्र भेटिन्छन्।’

सुनार पोखरा-१५ मा स्थायी रुपमा बस्छन्। उनले दुई वर्षअघि तनहुँको सेती नदी किनारमा क्रसर खोलेका थिए।

उनको क्रसर उद्योगले कानुनी दायित्व पूरा गरेको छैन। ‘हामी दर्ता गर्न नगएका हैनौं, नगरपालिकाले घरेलु तथा साना उद्योगको दर्ता लिएर आइज भन्छ, घरेलुले नयाँ क्रसर दर्ता गर्ने प्रावधान छैन भन्छ,’ प्रोफर क्रसर उद्योगका व्यवस्थापक रामकुमार विश्वकर्माले भने, ‘काम थालियो, दर्ता नगरिदिँदा हैरान छौं।’

‘तनहुँ जिल्लामा अवैध सञ्चालित क्रसर उद्योगमाथि कारबाही सुरू भएको छ, मैले जिल्ला छोडिसकेको हुनाले नयाँ आउने सिडिओ साहेबलाई बाँकी कुरा सोध्नुहोला,’ अधिकारीले भने।

सुनार छोटो समयमा आर्थिक छलाङ मारेका व्यवसायी मानिन्छन्। पहिले नेपाली कांग्रेसनिकट चिनिने उनी अहिले नेकपानिकट मानिन्छन्। उनको आर्थिक पहुँच नै गतिलो रहेको चिन्नेहरूले बताए।

‘उहाँ भारततिर पनि खै के व्यापार गर्नुहुन्छ, त्यो चाहिँ खुलेन,’ सुनारकै वडाका एक स्थानीयले भने। सुनार पोखराका नामी जग्गा व्यवसायी भनेर चिनिन्छन्। राजनीतिक रूपमा भने उनको सक्रियता देखिँदैन।

‘राजनीतिक पहुँच पनि अलिअलि छ। सिडिओ सरुवा गर्ने हैसियतका चाहिँ लाग्दैन, उनको उद्योगमा कारबाही थाल्दा सामूहिक रुपमा अन्यले पनि पहल गरेर सरुवा गराएका चाहिँ हुन सक्छन्,’ तनहुँका एक जनप्रतिनिधिले भने।

क्रसर उद्योगमाथि कारबाहीको संयोग चाहिँ ठ्याक्कै यहीबेला मिलेको छ। हुन पनि उनीभन्दा अघिका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखले क्रसरमाथि कारबाही गर्ने आँट देखाएका थिएनन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपील

काठमाडौं–काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले आपतकालीन

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट