विदेश जानेहरूको पिसिआर परीक्षण गर्न निजी अस्पताललाई अनुमति, शुल्क ५,५००


विचार
आयाेमेल संवाददाता
ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद

आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले

आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा


सरकारले विदेश जानेहरूको पिसिआर जाँच गर्न निजी अस्पताललाई समेत अनुमति दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सरकारले तोकेका सरकारी र निजी अस्पतालबाट सशुल्क पिसिआर परीक्षण गरेर विदेश जान पाइनेछ।

त्यसका लागि सरकारले दुई वटा निजी अस्पताललाई पनि पिसिआर परीक्षणको अनुमति दिएको हो। जसमा ललितपुरको स्टार अस्पताल र काठमाडौंको काठमाडौं मेडिकल कलेज रहेका छन्।

प्रवक्ता गाैतमले आयाेमेललाई बताए अनुसार विदेश जानेहरुकाे पिसिआर जाँच गर्न अनुमति पाएका अस्पतालले पाँच हजार पाँच सय रुपैयाँ शुल्क लिन पाउने छन्।

यसैगरी, उपत्यकाका तीनसहित ९ अस्पताललाई पनि विदेश जानेहरुको पिसिआर परीक्षण गरी रिपोर्ट जारी गर्न अनुमति दिइएको छ। 

काठमाडौं उपत्यकामा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पताल छन्।

प्रदेश तहमा कोसी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, कर्णाली जनस्वास्थ्य प्रयोगशाला र सेती प्रादेशिक अस्पताल रहेका छन्।

डा गौतमले तोकिए बाहेकका अस्पतालले विदेश जानेहरूको पिसिआर परीक्षण गरेर रिपोर्ट जारी गर्न नपाउने बताए।

त्यसैगरी, केही निजी अस्पताल र संघसंस्थाले पनि रिपोर्ट जारी गर्ने गरेको सुन्नमा आएकाले त्यसो नगर्न उनले अनुरोध गरे।

सरकारले कोरोनाका कारण गत चैतदेखि वैदेशिक रोजगारसहित विदेश जान बन्द गरेको थियो। तर, पछिल्लो समय खुकुलो बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर भएका रिटमाथिको सुनुवाइ

सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप