सार्वजनिक बस खुले, यात्रु चढेनन्


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


बिहीबारदेखी जिल्ला भित्रका सार्वजनिक यातायातका साधन सञ्चालनमा आए पनि कैलालीमा यात्रु नआएपछि बसहरू बसपार्कमै थन्किएका छन्। 

धेरै यात्रुले सार्वजनिक बस खुलेको जानकारी नपाएको र कतिपय यात्रुले सुरक्षाका कारण पनि सार्वजनिक यातायातमा सवारी गर्न नसकेको व्यवसायीको भनाई छ। ४ महिना लामो लकडाउनपछि बिहीबारदेखी छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आए पनि बसमा सवार गर्ने यात्रु नपाएपछि दुई चार बाहेक सवै सार्वजनिक बस धनगढी बसपार्कमै थन्किएका हुन्। 

‘यात्रु आउछन्की भनेर सडकमा गाडी उतारेका थियौं,’ ना ७ ख २३१ नम्बरको सवारी चालक रुपलाल चौधरीले भने, ‘यात्रु नआएपछि पुनः बसपार्कमा थन्काएका छौं।’ केही गाडी बाटोमा यात्रु पाइन्छ भन्दै टिकापुरसम्म गएको बताउँदै उनले बाटामो समेत यात्रु नभेटिएको बताए। 

‘बसमा यात्राका लागि आउने यात्रुले सुरक्षाको कुरा पहिले उठाउँछन्,’ बस चालक चौधरीले भने, ‘सुरक्षाको प्रत्याभुति दिलाउनै समस्या भएको छ।’
 
‘लामो समयपछि आजदेखी सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेपनि यात्रु नहुँदा समस्या भएको छ,’ सुन्दुर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाले भने, ‘एक/दुई वटा बस टिकापुरका लागि छुटेका थिए, यात्रु नपाएका कारण खाली फर्केका छन्।’ 

सार्वजनिक बस सेवा सुचारु भएको बारेमा धेरै यात्रुले जानकारी नपाएको हुन सक्ने उनले बताए। तर, कतिपय यात्रु भने कोरोनाको जोखिमका कारण पनि सार्वजनिक यातायातामा यात्रा गर्न हिच्किचाइरहेका उनले बताए। 

बस चालक केशव चन्दले लामो समयपछि बस सार्वजनिक सेवा सञ्चालन भएका कारण यात्रुलाई जानकारी नभएको हुन सक्ने बताए। ‘आज मात्रै सार्वजनिक बस चलाउन अनुमति पाएका छौं,’ बस चालक चन्दले भने, ‘यात्रु नपाएर सस्या भएको छ, एक/दुई दिनमा आउँछन् भन्ने आसा गरेका छौं ।’ 

आफूहरूलाई पनि कारोनाको त्रास भए पनि सचेत भएर यातायात सञ्चालन गरिरहेको उनले बताए। ‘ज्यानको माया सवैलाई हुन्छ,’ उनले भने, ‘तर काम नगरी खान पाइदैन, आफू र यात्रुलाई सुरक्षित राख्न सरकारी मापदण्डको पालना गर्ने छौं।’
 
सरकारले साउन १ गते देखीनै छोटो दूरीका सार्वजनिक बस सञ्चालन गर्ने अनुमति दिएको भएपनि व्यवसायीले विभिन्न काग राख्दै यातायात सञ्चालन गरेका थिएनन्। यातायात व्यवसायी र सरका विच साउन ६ गते भएको सहमति पछि मात्रै बिहीबारदेखी व्यवसायी गाडी चलाउन सहमत भएका थिए। 

सुदूरपश्चिममा केही सार्वजनिक यातायातका बस भने भदौ ४ गते देखीनै सञ्चालनमा आएका थिए। सार्वजनिक यातायात महासंघमा आवद्ध सावारी साउन ४ गतेदेखी नै सुदूरपचिमका ९ वटै जिल्लामा आन्तरिक रुपमा सञ्चालनमा आएका हुन्। 

सार्वजनिक यातायात महासंघ सुदूरपश्चिम प्रदेश संयोजक डिबि खलौलाले सार्वजनिक यातायातमा यात्रु आउन अझै केही समय लाग्ने बताए। ‘अहिले आम नागरिकमा कोरोनाको त्रास छ,’ उनले भने, ‘यो त्रास हट्न अझै केही समय लाग्न सक्दछ, यो विचमा हामीले सोचेजती यात्रु पाउन समस्या हुने छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न