मनसुन कमजोर भएको हो?


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


नेपालमा असार अन्तिम साता बाढीपहिरोले वितण्डा मच्चायो। सिन्धुपाल्चोकदेखि जाजरकोटमा जनधनको क्षति हुने गरी बाढीपहिरो गयो।

साउन सुरु भएसँगै झरी रोकियो। आममानिसले राहत महसुस गरे। यद्यपि पानी परिरहेकै थियो।

तर, जल तथा मौसम विज्ञान विभागले फेरि सूचना जारी गर्‍याे- साउन ४ गतेदेखि केही दिन भारी वर्षाको सम्भावना छ। '

नभन्दै साउन ३ गते रातिदेखि नै झरी पर्‍याे।

पहिरोमा परी एक सातामा मात्र १५ जनाको ज्यान गइसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन (जेठ ३०) यता मात्र बाढीपहिरो जस्ता विपदका घटनामा परेर एक सय चार जनाको ज्यान गइसकेको छ। 

यो वर्ष तुलानात्मक रुपमा बाढीपहिरोका घटना बढी नै हुने आकलन गरिएको छ। 

बुधबारदेखि झरी केही थामिएको छ। तर, देशभरका कुनै न कुनै स्थानमा पानी परिरहेकै छ।

के जोखिम टरेको हो ? मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेल मनसुन अवधिभर नै पानी पर्ने सम्भावना रहने भएकाले जोखिम टरेको भन्न नमिल्ने बताउँछिन्। भन्छिन्, ‘हिजोदखि पानी पर्ने क्रम केही कम भएको हो, तर पानी परिरहने भएकाले खतरा कायमै रहन्छ।’

हावापानी विज्ञान महाशाखाको तथ्यांक अनुसार भारी वर्षामा तुलानात्मक रुपमा कमी आएको देखिन्छ। जस्तो, साउन ३ गते बिहानदेखि ४ गते बिहान ८ः४५ बजेसम्म अधिक वर्षा कपिलबस्तुको बाणगंगा क्षेत्रमा भएको थियो।

त्यहाँ रहेको वर्षा मापन केन्द्रको तथ्यांक अनुसार सो अवधिमा ११७ मिलिमिटर वर्षा भएको थियो। त्यो दिन १०० मिलिमिटरभन्दा बढी वर्षा एउटा स्टेशनमा मात्र रेकर्ड भएको थियो।

तर, साउन ४ देखि ५ गते बिहानसम्म अझ बढी वर्षा भयो। यो अवधिमा कास्कीको घोरेढुंगा क्षेत्रमा १६९ मिलिमिटर वर्षा भएको तथ्यांक छ।

त्यो अवधिमा ३ वटा मापन केन्द्रमा त १५० मिलिमिटरभन्दा बढी वर्षा भएको देखिन्छ, भने १०० मिलिमिटरभन्दा बढी वर्षा हुने केन्द्र २३ वटा रहे।

साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्म पनि भारी वर्षा भएको देखिन्छ। यो अवधिमा सबैभन्दा बढी वर्षा मकवानपुरको मकवानपुरगढी केन्द्र १९९.२ मिलिमिटर कायम भएको छ।

यो अवधिमा ४ वटा केन्द्रमा १५० मिलिमिटर र १७ वटामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।

तर, साउन ६ गते बिहानदेखि ७ गते बिहानसम्म भने यसअघिल्ला दिनहरुका तुलनामा कम वर्षा भएको देखिन्छ। अर्थात मुलुकका धेरैजसो क्षेत्रमा वर्षा भएपनि भारी वर्षा तुलनात्मक रुपमा कम भएको हो।

यो अवधिमा इलामको कन्काई-मैनाचुली केन्द्रमा सबैभन्दा बढी वर्षा मापन भयो। जहाँ २४ घन्टामा ९८.४ मिलिमिटर वर्षा भएको देखिन्छ। यो अवधिमा ७ वटा केन्द्रमा ५० र १३ वटामा २५ मिलिमिटरभन्दा बढी वर्षा भयो।

भारी वर्षामा तुलनात्मक रुपमा किन कमी आयो ? यसको कारण हो, न्यूनचापीय रेखा। वरिष्ठ मौसमविद् कँडेलका अनुसार न्यूनचापीय रेखा तराईभन्दा दक्षिणतिर गइरहेको छ।

अहिले न्यूनचापीय रेखा पश्चिम नेपालबाट दक्षिणतिर गइरहेकामा पूर्वी नेपालबाट भने हटिसकेको छैन। ‘मनसुन केही निस्क्रिय भएको देखिन्छ,’ कँडेल भन्छिन्। न्यूनचापीय रेखा नेपाल प्रवेश गरेमा त्यसले भारी वर्षा गराउने सम्भावना हुन्छ।

अहिले मनसुनी बाहेक अन्य फ्याक्टर सक्रिय नरहेको मौसमविद्ले बताएका छन्।

बिहीबार बागमती, गण्डकी, प्रदेश ५ धेरै भभागमा हल्कादेखि वर्षा वर्षा भइरहेको छ, भने अन्यमा पनि बदलीसहित थोरै वर्षा भइरहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।