दाजुभाइको दीर्घायुका लागि दिदी-बहिनी व्रत बस्ने तीज


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


कैलालीका राना थारु बस्तीमा यतिबेला तीजको माहोल छ। टोलटोलमा डोला (पिङ) हालिएका छन्। बस्तीहरू सजिसजावट छन्। 
तीजको रौनक हेर्दा लाग्छ राना बस्तीमा साउने झरीले कुनै प्रभाव पारेको छैन। राना थारु बस्तीका महिलाहरू परम्परागत पहिरन (घङ्गरिया र अङ्गिया) लगाएर पिङ्गको मज्जा लिइरहेका भेटिन्छन्। 

धनगढी उपमहानगर- ७ देबरियामा पनि राना थारुहरूको बाक्लो बस्ती छ। यतिबेला मेरो टोल पनि अहिले तीजमय बनेको छ। मेरो टोलका पार्वती, लक्ष्मी रानाहरूले पनि आफ्नो परम्परा बचाउँदै तीज मनाइरहेका छन्।

नेपाली समाज भाषा संकृतिले सम्पन्न छ। विभिन्न जातजातिका विभिन्न संस्कृति छन्। राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ। एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ। त्यसरी हालिएको पिङलाई डोला भनिन्छ। पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिइरहेका हुन्छन्।

यसरी मिलेर पिङ राख्दा दाजुभाइबीच आत्मीयता बढ्ने विश्वास छ। अन्य समुदायजस्तै  रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी छन् रानाथारू। हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ। तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ। राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाइन्छ राना थारु समुदायमा।

राना थारु समुदायमा तीज परम्परा मात्र नभएर मिति पनि फरक छ। राना थारु समुदायमा श्रावण कृष्णपक्षदेखि श्रावण शुक्लपक्षको तृतियाका दिनसम्म यो पर्व मनाइन्छ। यो वर्षमा यो समुदायमा विशेष गरेर डोलाको महत्व हुने गर्छ।

केहो डोला?

राना थारु समुदायमा पिङलाई डोला भनिन्छ। साउनको डोला तीज आउनुभन्दा १५ दिनअगाडि नै यस समुदायका दाजुभाइ तथा दिदीबहिनी मिलेर जङ्गलमा गएर पिङ बनाउनका लागि बाबियो काट्ने गर्छन्। त्यसपछि आवश्यक पर्ने सामग्री (महराइनको पठ्ठा,  मुज,  दाभ,  खुट्टा,  खम्बा, बल्ली, पट्टा, बाँसको काठ) ल्याएर श्रावण  कृष्णपक्षको औंसीका दिन डोला बनाइन्छ। जीवजन्तु, किराले मानव स्वास्थ्यमा हानी नपुर्याउन भन्नका लागि सुरुमा चिटी (कमिला) लाई दुईपल्ट पिङमा राखेर झुलाउने गरिन्छ। त्यसपछि महिलाले डाँडिया गीत एउटै स्वरमा गाएर पिङमा झुल्न सुरु गर्छन्। त्यसपछि दाजुभाइले पिङ झुलाइदिन्छन्। तीज आउनु १५ दिनअघिदेखि नै साँझदेखि अबेर रातिसम्म दिदीबैनीहरू जाग्राम बस्ने गर्दछन्।   

कौन  अैहो  बनकी रे डाँडिया, 
कौन अैहो बनके चारो खम्बा,  
खम्बा  उपर रङ बाँसुरी बाजत मधुरी वेन,
पीउ पीउ करय पपिहराकी मेरो मन लेबयहिलोर

धनगढी ५ की सुनीता राना भन्छिन्, 'दाजुभाइले डोला झुलाइदिने मात्र होइन दिदीबहिनी, फुपूलाई लिन उनीहरूको घरमा नै जाने गर्छ्न्।' महिला दिदीबैनी जतिनै टाढा वा व्यस्त भए पनि माइतमै आएर ब्रत बस्ने र रमाउने परम्परा रही आएको छ। दिदीबैनी, दाजुभाइ तथा फुपू भदाको मिलनले राना थारु बस्तीको माहोल नै फरक हुने गर्छ।

माइती र चेलीको संगमको पर्व

यो पर्वमा रमाइलो मात्र हुँदैन। विभिन्न कारणले वर्ष दिनसम्म भेट नभएका माइतीतिर चेलीको बीचमा लामो समयसम्म नै भेट हुन्न। कुनै समयमा एकजना महिलाको विवाह दुई नदी बीचको गाउँमा भएको थियो। माइतीको यादले सताउँदा नदीको बर्खे भेलले माइत जान नपाएकी एक महिलाले परापूर्वकालमा भगवानसँग नदीको पानी सुकाइदिन भनेर भाकल गरेको र नदी सुकेपछि उनी माइत जान पाएको किम्वदन्ती छ। त्यसैले राना थारु समुदायमा अहिले पनि तीज मनाउनुभन्दा एक हप्ता पहिलेबाट नै पानी नपर्ने धार्मिक विश्वास रहेको धनगढी उपमहानगरपलिका-११की रामवतो रानाले बताइन्। 

तीजका परिकार

राना थारु समुदायमा तीजको समयमा शुद्ध शाकाहारी खाना खाने चलन छ। खासगरी सिमही (सेबै), पपरा, पुरी, गुलगुला (गहुँ र अनदी चामलको परिकार) पकौडा खाने गरिन्छ। 

तीज आउनु एक हप्ताअगाडि नै पपरा र सिमही खाने चलन थियो। पहिले यी परिकार घरमै बनाइने भए पनि अहिले भने बजारबाट ल्याउने गरिन्छ।

तीजको दिन

राना थारु भाषा आयोगकी भाषाविद् जीवन रानाका अनुसार अन्तिम दिन अर्थात श्रावण शुक्लपक्ष तृतीयाका दिन राना थारू समुदायका दिदीबहिनी बिहानै उठ्छन्। घरमा चौका लगाई नुहाएर शुद्ध भएर निर्जल ब्रत बस्छन्। दिनभरि विभिन्न परिकार पकाई नयाँ लुगा, गरगहना लगाइ विभिन्न शृंगारले झकिझकाउ भएर डोलाको मुडियालाई पूजा गर्छन्। पूजा सामग्री (ध्यु, ल्वाङ, होममसला, चल्नौसा (गहुँको पिठोको चोकर) पुरी, गुल्गुला, जल) हुने गर्दछ।

त्यसपछि मुडियालाई बिसर्जन गर्नका लागि काटेर नदी तटमा जान्छन्। ब्रत समापन गर्नका लागि गढरौदा (एक किसिमको घास) विवाहित महिलाले ७ गाँठो र अविवाहितले ५ गाँठो बनाई आफ्ना दाजुभाइ र भदाको दीर्घायु तथा आरोग्यताको कामना गर्दै साथमा ल्याएका विभिन्न पूजाका सामग्रीले गाँठोमा पूजा गरीसँगै चुँडालेर नदीमा लगेर चाँदीको पैसाले झुड्की (घाँसले बनाएको गाठो) विसर्जन गर्ने परम्परा छ।  

विसर्जन गर्दाखेरी 'चिटी चिटी कुढ काढ, मिर भैय भातिजेनके उमर बढा, नदीया री नदीया जितनो तेरो धार वढ्य उतनीय मिर भैया भतिजेनके उमर बढय' भन्दै कामना गर्छन्। 

पूजा विसर्जनपछि सबै दिदीबैनीहरू नदी किनारमा बसेर आआफ्नो घरबाट लागेका विभिन्न पकवानहरू खाँदै रमाइलो गरी घर फर्किन्छन्। घर फर्किने क्रममा यता दाजुभाइले बाटोमा पटाकी (एक किसिमले हरियो घाँसले बनाएको डोरी) ले दिदीबैनीलाई बाटो छेक्न र बनाएका परिकार खान दिएपछि मात्र जान दिन्छन्। घर फर्केपछि आफ्ना छरछिमेकी, इस्टमित्र, नातेदारको घर-घरमा प्रसादी (बैन) पुगाइदिने चलन छ। 

यसरी १८ दिनमा राना थारूको यो रमाइलो पर्व सकिन्छ। राना थारुको तीजको ठ्याक्कै महिना दिनपछि आउने हिन्दु धर्मावलम्बी महिलाले बस्ने तीज वर्तकाबीचमा भिन्नता पाइन्छ। धार्मिक, सामाजिक र सांस्कृतिक पर्व तीजलाई यस वर्ष कोरोनाले पनि खासै प्रभाव नपारेको राना थारु महिलाको भनाइ छ।  कैलाली र कञ्चनपुरका राना थारु बस्तीमा महिलाहरू डोली हालेर रमाइरहेका भेटिन्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप