‘कर्णालीमा पर्यटन र वन क्षेत्रमा धेरै भ्रष्टाचार’


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागिरहेको अवस्थामा नायब सुब्बा रमेशकुमार खड्कालाई गत कात्तिकमा नियन्त्रणमा लियो। 

रुकुम पश्चिमको जिल्ला अदालत मुसिकोटमा कार्यरत खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई सेवाग्राहीसँग पटक–पटक मोलमोलाइ गरेका थिए।

सुरुमा ६० हजार रुपैयाँ घुस नदिएसम्म कागजपत्र नदिने भनेका खड्काले अन्त्यमा १५ हजार रुपैयाँसम्म मोलमोलाइ गरे। खड्काले जसरी कर्णालीमा विभिन्न सरकारी कामकाजी बहानामा सेवाग्राहीबाट घुस रकम असुल्ने व्याप्त देखिएको छ।

यस आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा कुल २ सय १० उजुरी परे। २०७६÷७७ मा परेका उजुरीमध्ये सबैभन्दा धेरै पर्यटन तथा वन मन्त्रालयसँग सम्बन्धित छन्।

पर्यटन, वन तथा वातावरणसँग सम्बन्धित उजुरी धेरै छन्। यसले कर्णालीको पर्यटन, वन तथा वातावरण क्षेत्रमा व्यापक भ्रष्टाचार भइरहेकोतर्फ संकेत देखाउँछ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित १ सय २६ वटा उजुरी अख्तियारको सुर्खेत कार्यालयमा परेको छ। अन्य मन्त्रालयको तुलनामा यो सबैभन्दा धेरै हो।

वन र वातावरणसँग सम्बन्धित ६३ उजुरी परेका छन्। जसमध्ये ४७ उजुरी फस्र्योट भइसकेको छ। पर्यटन, उद्योग, वाणिज्य र आपूर्तिसँग सम्वन्धित ६३ उजुरी कार्यालयमा दर्ता भएको छ। त्यसमा २९ उजुरी फस्र्योट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए।

यसका साथै भौतिक पूर्वाधार विकास मन्त्रालय (भौतिक पूर्वाधार र यातायातमात्र) सँग सम्बन्धित ७ उजुरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पशुपन्छी विकास बाहेक)सँग सम्वन्धित १५, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित एक, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पशुपंक्षी विकास मात्र)सँग सम्वन्धित ५, सामाजिक विकास मन्त्रालय (स्वास्थ्यमात्र) सँग सम्बन्धित २८ वटा उजुरी परेको छ। 

भौतिक पूर्वाधार विकास मन्त्रालय (सिँचाइ मात्र)सँग सम्बन्धित ९, सामाजिक विकास मन्त्रालय (शिक्षा र स्वास्थ्यबाहेक) सँग सम्बन्धित दुई, भौतिक पूर्वाधार विकास मन्त्रालय (खानेपानी र सहरी विकासमात्र)सँग सम्बन्धित १३, सामाजिक विकास मन्त्रालय (शिक्षामात्र)सँग सम्वन्धित चारवटा उजुरी परेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित एकवटा उजुरी परेको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सम्बन्धित उजुरी भने नपरेको सूचना अधिकारीले जनाए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप