५० प्रतिशत बजेट पनि खर्चन सकेन प्रदेश २ सरकारले


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा


एक अर्बभन्दा बढी बेरुजु रहेको प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा कुल बजेटको आधा बजेटपनि खर्चन सकेको छैन। विकास र समृद्धिको नारा दिँदै आइरहेको प्रदेश सरकारको बजेट खर्चको अवस्था निराशाजनक देखिएको छ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले ४६.९५ प्रतिशतमात्र खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो। जसमध्ये १८ अर्ब २ करोड ३० लाख ५० हजारमात्र खर्च भएको छ।

आर्थिक वर्षको जेठ मसान्तसम्म २७ प्रतिशतमात्र खर्च भएकोमा आर्थिक वर्षको अन्तिम महिना अषाढमा भने १९ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा सबैभन्दा कम खर्च धनुषामा भएको छ। प्रदेश सरकारले सबैभन्दा बढी धनुषाको लागि विनियोजन गरेपनि सबैभन्दा कम धनुषामा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। धनुषामा २७.९ प्रतिशत बजेटमात्र खर्च भएको जनाइएको छ।

धनुषामा प्रदेश सरकारले पूँजीगततर्फ ११ अर्ब ५४ करोड विनियोजन गरेको थियो। जसमध्ये २ अर्ब ८७ करोडमात्र खर्च भएको छ। यसैगरी चालुतर्फ १० अर्ब ४८ करोड विनियोजन भएकोमा ३ अर्ब २८ करोड खर्च भएको छ।

प्रदेश २ मा सबैभन्दा बढी महोत्तरीमा खर्च भएको छ। महोत्तरी जिल्लाको लागि पूँजीगततर्फ छुट्याइएको ६९ करोड ९१ लाख रुपैयाँ मध्ये ४५ करोड ८७ लाख खर्च भएको छ। महोत्तरीमा विनियोजन भएको बजेटको ७५.२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यसैगरी सिरहामा ६२.६९ प्रतिशत बजेट खर्च भएको छ। सिरहाका लागि विनियोजन भएको १ अर्ब ४८ करोड बजेटमध्ये १ अर्ब ११ करोड खर्च भएको छ।

सप्तरीमा १ अर्ब १९ करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको थियो। जसमध्ये ६७.७५ प्रतिशत अर्थात ७३ करोड ३४ लाख, सर्लाहीमा कुल बजेट ९७ करोड ८४ लाख विनियोजन भएकोमा ४२ करोड ४३ लाख अर्थात ६८.४७ प्रतिशत खर्च भएको छ।

रौतहटमा कुल पूँजीगत बजेटको ७१ प्रतिशत खर्च भएको छ। रौतहटका लागि सरकारले १ अर्ब ४० करोड बजेट उपलब्ध गराएकोमा १ अर्ब ४ करोड खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

बारामा ७७ करोड ३५ लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको थियो। जसमध्ये ३९ करोड ६६ लाख अर्थात ६१.६८ प्रतिशत खर्च भएको छ। यसैगरी पर्सामा १ अर्ब ९९ करोड पूँजीगततर्फ बजेट विनियोजन भएकोमा १ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारीका साथै अवण्डा रकम बढी रहेकोले खर्च प्रतिशत घटेको हुनसक्ने प्रदेश कोष तथा लेखा नियन्त्रक मनोजकुमार दासले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु, ५४५५ जना…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो बीचमा ८१६७ जना संक्रमित

नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार

कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

महामारीमा सरकारी अकर्मण्यताः प्रदेश सरकारविरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।