प्रदेश सभा सदस्य मल्ल हिँडेको बाटोमा शंकास्पद वस्तु, डिस्पोज गर्दै आर्मीको टोली


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


सुदूरपश्चिम प्रदेश सभा सदस्य देबकी मल्ल आफ्नो निर्वाचन क्षेत्रमा जाँदै गर्दा बाटोमा शंकास्पद वस्तु भेटिएको छ। शंकास्पद वस्तु बम भएको हुनसक्ने आशंका गरिएपछि प्रदेशसभा सदस्य मल्ल बीच बाटोमै बसेकी छन्।

अहिले घटनास्थलतर्फ नेपाली सेनाको बम डिस्पोज टोली गएकाे जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। 

बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा जान हिँडेकी मल्ललक्षित गर्दै दुर्गाथलीकै वडा नम्बर ५ मा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

मल्लका अनुसार दर्गाथली ५ खेती गाढ भन्ने स्थानमा बीच बाटोमा पर्खाल लगाएर त्यसभित्र कालो प्लास्टिक भित्र राखेर केही शंकास्पद वस्तु राखिएको छ। 
बाटोमा लगाइएको पर्खालमा यसअघि नजानु भन्दै  नेत्रविक्रम चन्द नेतृत्वको विप्लव पार्टीको पर्चासमेत फेला परेको प्रदेशसभा सदस्य मल्लले बताइन्। उनले शंकास्पद वस्तु भेटिएको स्थानमा नेपाली सेनाको टोली पुगेको र अहिले डिस्पोज गर्ने तयारी भइरहेको बताइन्। 

आर्मीले शंकास्पद वस्तु हटाएपछि आफू पूर्वनिर्धारित कार्यक्रममा जाने उनले बताइन्। ‘मैले जनतालाई आउँछु भन्दै वचन दिएकी छु,’ प्रदेश सभा सदस्य मल्लले भनिन्, ‘कसैले धम्काएर म धम्किने व्यक्ति होइन। जनताको माझमा जानेछु।’

प्रमुख जिल्ला अधिकारी कमल भण्डारीले बाटोमा शंकास्पद वस्तु किन र कसले राखेको हो भन्नेबारेमा अनुसन्धान थालिएको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख