राजमार्गकाे बीचमा स्थानीयले रोपे केराका बोट


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


विकास निर्माणमा सरकारी हेलचेक्र्याइँप्रति जनआक्रोश राजमार्ग सडकको बीचमै पोखिएको छ। 

वर्षादका कारण वर्षौंदेखि सडकमा खाडल पर्ने र खाडलमा जम्मा भएको पानीका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या हुने गरेपछि स्थानीयले सांकेतिक विरोधस्वरुप पूर्व-पश्चिम राजमार्गअन्तर्गत नर्दिमा दुइटा केराका बोट रोपेका छन्।

सडकमा पटक-पटक खाडल पर्दासमेत सम्बन्धित निकायले खाडल पुर्न ध्यान नदिएको भन्दै स्थानीय सोमबार बिहान सडकमा केराका बिरुवा रोपेका हुन्। सडक बिग्रिएको लामो समयसम्म मर्मत नहुँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीयले बताएका छन्।

लमहीदेखि पूर्वतिरको मुख्य राजमार्गको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएपछि स्थानीयले सडकमा रोप्नुपरेको एक स्थानीयबासीले बताए।

तर सडक डिभिजन कार्यालय दाङले वर्षादका कारण सडकमा परेका खाडलहरू पुर्न नसकेको बताएको छ। पूर्व–पश्चिम महेन्द्रराजमा परेका खाडलहरू पर्ने कार्यक्रम रहे पनि वर्षाद नरोकिएका कारण सडकमा खाडल पुर्न नसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख नीरज शाक्यले जानकारी दिए।

‘देउखुरीको पूर्व–पश्चिम राजमार्गमा परेका खाडल पुर्ने कार्यक्रम थियो, पहिलो चरणको पुर्ने काम पनि गरेका थियौं,’ कार्यालय प्रमुख शाक्यले भने, ‘तर वर्षाका कारण पुनः सडक बिग्रन सुरु गरेको छ। पानी पर्न छोडे पनि खाडल पुर्ने काम हुन्छ।’

पूर्व-पश्चिम राजमार्गमा खाल्टाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत रहेको लमही ट्राफिक प्रहरी पोस्टका इन्चार्ज सई बाबुराम जिसीले बताएका छन्।

जिल्लाकै प्रमुख राजमार्गमा परेका खाडलका कारण सवारी साधनसँगै पैदलयात्रीलाई हिँडडुल गर्न समेत समस्या हुने गरेको जिसीले बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।