‘यात्रुलाई दु:ख दिने रहर थिएन तर, हाम्रा पनि समस्या थिए’


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


गाडी चलाउन एकपछि अर्काे माग राख्दै आएका व्यवसायीहरू अब बस गुडाउन सहमत भएका छन्। 

सोमबार सरकारसँगको छलफलबाट आफ्ना माग पूरा भएको जनाएका यातायात व्यवसायीहरूले मंगलबार तिनकुनेमा पत्रकार सम्मेलन नै गरेर आगामी बिहीबारबाट बस गुडाउने घोषणा गरेका हुन्।

मुलुकमा कोरोनाका कारण चैतदेखि यातायात ठप्प रहेको र सरकारले असार अन्तिममा आएर छोटो दूरीमा सवारी चलाउने निर्णय गर्दा पनि सफल नभएपछि यात्रु झनै मारमा परेका थिए। यद्यपि साझासहित केही यातायातका गाडी गुडिरहेका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले ‘यात्रुलाई दुःख दिने रहर÷उद्देश्यले यातायात सञ्चालनमा ढिलाइ नगरेको तर व्यवसायीका आफ्नै समस्या रहेको’ बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,नेपाल यातायात मजदुर संघ,अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफुहरुले  यात्रुलाई दुख दिने उद्देश्यले  यातायात बन्द नगरेको बताएका हुन्।

उनलेभ भने, ‘यात्रुलाई दु ःख दिने कुनै उद्देश्य, योजना थिएन। व्यवसायी तथा यात्रुको स्वास्थ्य सुरक्षा र अन्य विभिन्न कारणले यातायात सञ्चालनमा ढिलाइ भएको हो।’

व्यवसायी र यात्रुको स्वास्थ्य सुरक्षा तथा अन्य माग केही हदसम्म सम्बोधन भएकाले साउन ८ गतेदेखि देशभर गाडी चलाउन थालिएको उनले बताए।

कोरोनाको महामारीमा सरकारले व्यवसायीसँग परामर्श नै नगरी यातायात सञ्चालन गर्ने निर्णय गरेको तर स्वास्थ्य सुरक्षा, व्यवसायीलाई राहत प्याकेज नभएकाले समयमै सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन्।

‘व्यवसायीका पनि आफ्नै समस्या छन् सबै हुनेखाने छैनन्, अहिले बैंक किस्ताको पुनरतालिकीकरण, पुनर्कर्जा लगायतका माग मौद्रिक नीतिमा समेटिएका छन्, अब देशभर यातायात सञ्चालन हुन्छ,’ कर्माचार्यले भने।

नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले लकडाउनका चार महिना व्यवसायीका लागि चार हजार वर्र्ष जत्तिकै कठिन भएको बताए। ‘व्यवसायी सबैको आर्थिक अवस्था बलियो छैन, दिनभर कमाएर साँझ छाक टार्न पनि छ, महामारीको कारण यातायात बन्द भएको चार महिना व्यवसायीका लागि चार हजार वर्षझै भएका छन्,’भण्डारीले भने।

यातायात मजदुरको समूहगत कोरोना बिमाका लागि सरकार र व्यवसायीले  ५०-५० प्रतिशत रकम व्यहोर्ने, श्रमिकको कोरोनाका कारण मृत्यु भएमा क्षतिपूर्ति उपलब्ध गराउने र सरकारका तर्फबाट कोष स्थापनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइने, सार्वजनिक यातायात सञ्चालन ऐनमा भएको छोटो, मध्यम र लामो दूरीमा सेवा सञ्चालनका लागि यातायात व्यवस्था विभागले पहल गर्ने,आवश्यक सुरक्षा सामग्री (मास्क,पन्जा, स्यानिटाइजर र पिपिई) व्यवस्स्थापन व्यवसायीले गर्ने मागबारे सहमति भएको जनाइएको छ।

सरकारको निर्णय बमोजिम सार्वजनिक सवारी सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री र आवश्यक मापदण्ड तयार गरी साउन ८ गतेदेखि बस गुडाउन व्यवसायीहरू आग्रह गरेका छन्।

यातायात व्यवसायीले बैंकको किस्ता समयावधि थप गरिनुपर्ने, ब्याज मिनाह गरिनुपर्ने, पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने, वार्षिक कर, रुट परमिट, नवीकरण, जाँचपासको अवघि थप गर्नुपर्ने र चालक अनुमतिपत्र नवीकरण गर्दा लकडाउन खुलेको तीन महिनासम्म जरिवाना नलाग्नेलगायतका माग अघि सारेका थिए।

महासंघले सार्वजनिक यातायातमा १० खर्बको लगानी र करिब ११ लाख श्रमिक तथा आश्रितको संख्या रहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप