झापा गाउँपालिकाका १ सय ५ परिवार विस्थापित  


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


कनकाई माईमा आएको बाढी बस्तीमा पसेपछि यहाँको झापा गाउँपालिकामा करोडौंको क्षति भएको छ। बाढीले सयौं बिघामा रोपेको धान बगाएको छ। डुबानको समस्या पनि त्यही अनुपातमा बढेको छ।

घरघरमा राखिएको अन्नपात, खाद्यान्न, लत्ताकपडा भिजेर नोक्सान भएको छ। सयौं परिवार विस्थापित भएका छन्। बाढीले झापा गाउँपालिकाका १०५ परिवार विस्थापित भएका छन्।

बाढीले मिलनबस्तीका ८३ र  सडकबारीका २२ परिवार विस्थापित भएका हुन्। बाढीले विस्थापित बन्नेहरुको तथ्यांक राति अबेर संकलन गरिएको बताए।  गाउँपालिकाका अध्यक्ष जयनारायण साहका अनुसार

विस्थापितलाई स्थानीय सितुमारी प्रावि, लक्ष्मी प्रावि र सेन्ट जोसेफ स्कुलमा राखिएको छ। दुवै बस्तीका मानिसहलाई मालसामान र चौपायासहित विद्यालयमा ल्याएर राखिएको उनले बताए। सशस्त्र प्रहरी, जनपद प्रहरी, रेडक्रसकर्मी, स्थानीय, जनप्रतिनिधिलगायत उद्धारमा खटिरहेका छन्।

उद्धार गरी विद्यालयमा ल्याइएका विस्थापितलाई गाउँपालिकाले  खानाको व्यवस्था गरेको अध्यक्ष साहले जानकारी दिए ।उनका अनुसार विस्थापित घर फर्कने  अवस्था नभएसम्म  गाउँपालिकाले राहत दिनेछ। 

बाढीले  सालमारा, लसुनगञ्जलगायतका बस्ती जोखिममा परेको छ। ती बस्तीका बासिन्दालाई सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ।

कनकाई नदीको बाढीले अहिलेसम्ममा राजघाट क्षेत्रमा करिब ३ सय मिटर बाँध भत्काएको छ। बाँध केही दिनअघि नै भत्केको भए पनि नदीमा बहाव बढेपछि भेल बस्तीमा छिरेको हो। सडकबारीेसँगै मिलनबस्ती, सालमारा, सितुमारी, लसुनगञ्ज बस्ती पनि जोखिममा परेको स्थानीय शिक्षक लोचन यादवले बताए। ती बस्तीका थप ३ सयदेखि ५ सय घर जोखिममा पर्नेछन्।

लगातार वर्षाका कारण कनकाई नदीमा आएको बाढी बाँध फुटाएर मानव बस्तीमा प्रवेश गरेपछि  झापा गाउँपालिका २ का हरिबहादुर राजवंशीको घरदेखि तप्तबहादुर  कार्कीको घरसम्म डुबान भएको छ।

सानो ठाउँमा धेरै मानिस राख्नु परेको, चिसो, डुबान र निरन्तरको पानीका कारण साना बालबच्चा र बृद्धअवश्थाका मानिसको व्यवस्थापनमा समस्या हुनसक्ने अध्यक्ष साहको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको