बुटवल-पाल्पा सडकमा पहिरै पहिरो, दोभानका छ घर जोखिममा


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


लगातारको वर्षाले सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात ठप्प भएको छ। 
दर्जनौ ठाउँमा पहिरो गएको र पहिरो हटाउने काम सुरु भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, जोडधारा, गौडेपुललगायत दर्जन बढी स्थानमा पहिरो खसेको छ।

राजमार्ग सुरु गर्न र खसेका पहिरो पन्छाउन दिनभर लाग्नसक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपक खरेलले बताए।

दोभान बजारका ६ घर जोखिममा

सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिकामा पर्ने दोभान बजार नजिक कम्तीमा ६ घर जोखिममा परेको छ। दोभान प्रहरी चौकीका अनुसार सीता कुंवर, दोभान कृषि सहकारी र तिनाउ सब–डिभिजन कार्यालय, बुद्धबहादुर बस्नेत, राजबहादुर श्रेष्ठलगायतको घर जोखिममा परेको हो। तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले सडकदेखि तलतिरका घरहरु जोखिममा परेको बताए। घर मुनिबा पहिरो जादा घरहरु जोखिममा परेको उनले बताए।

सिद्धबाबा मन्दिरको तल्लो भागका रहेको धर्मशाला, मन्दिरको छेउमै ढुंगा थुपारेको छ। विभिन्न स्थानमा ठूला ढुंगा खसेका छन्। वर्षा रोकिनासाथ पहिरो पन्छाउन प्रयास गरिने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।

सुरक्षाकर्मी, सडक डिभिजनको समन्वयमा राजमार्गमा सवारी साधन सुचारु गर्न काममा खटिइसकेको उनले बताए। तानसेन नगरपालिकाको गौडेपुल नजिकको सडक अबरोध भने विहान सवा ८ बजेदेखि सुचारु गरिएको प्रभास प्रहरी चौकी, पाल्पाका सई एक्कबहादुर विश्वकर्माले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख