प्रदेश २ मा १०९ जनामा कोरोना पुष्टि


विचार
आयोमेल संवाददाता
सिंहदरवारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका

आयोमेल संवाददाता
प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका

आयोमेल संवाददाता
मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने


प्रदेश २ मा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका १०९ जनामा संक्रमण पुष्टि भएको हो। १०९ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ हजार २४६ पुगेको छ।

सोमबार धनुषामा २०, महोत्तरीमा १०, बारामा ४६, सर्लाहीमा २२, सप्तरीमा ७ र पर्सामा ४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

धनुषामा विदेह नगरपालिकामा ४, मिथिला विहारी नगरपालिकामा १२ र धनुषाधाम क्वारेन्टाइनका ४ जनामा संक्रमण पुष्टि भएको छ। 

महोत्तरीको भंगहा नगरपालिकाका १, बर्दिवास नगरपालिकाका ८ र ठाउँ नखुलेको १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी बाराको देवतल गाउँपालिकाका ३४, धनकौलका ६, सुवर्ण गाउँपालिकाका ३ र कलैया उपमहानगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ। सर्लाहीको ठाउँ नखुलेको २२ जनामा संक्रमण देखिएको छ।

सप्तरीको सुरुङ्गा नगरपालिका, बलान विहुल गाउँपालिका, विसनपुर र हनुमाननगर कंकालिनी नगरपालिकाका १/१ तथा राजविराज नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ।

पर्साको त्रिजुद्ध स्कुल क्वारेन्टाइनका २ र वीरगंज महानगरपालिका मुरली र सिरसियाका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सोमबार ६८ पुरुष र २ महिलासहित ७० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरवारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपरान्ह ६ बजे सिंहदरवारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट

मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने भएका छन्। जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुनेबारे स्पष्ट पारिनसकेको

महेश र सुरजले यसरी गरेका थिए जसपा सांसदहरुका लागि रिसोर्ट…

काठमाडौं–विहीबार राति करिब साढे १० बजे जनता समाजवादी पार्टी (जसपा) का एक सांसदको फोन आउँछ। ‘बधाइ छ महेश दाइ। धन्यवाद।