प्रदेश ५ मा मंगलबारदेखि समुदायस्तरमै कोरोना परीक्षण


विचार
आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा


समुदाय स्तरमा कोरोना सक्रमण भए नभएको पत्ता लगाउनका लागि प्रदेश ५ सरकारले अधिक जनसम्पर्क हुने स्थानमा रहने व्यक्तिको पिसिआर परीक्षण सुरु गर्ने जनाएको छ । 

त्यसरी परिक्षण गर्नका लागि प्रदेश ५ का ६ जिल्लाबाट स्वाब संकलन गरिने प्रदेश ५ का सामाजिक विकास मन्त्रालयले जनाएको छ। परीक्षण भोलि (मंगलबार) देखि सुरु हुनेछ ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड-१९ महामारीको प्रभाव समुदायस्तरसम्म फैलिएको वा नफैलिएको पत्ता लगाउनका लागि अधिक जनसम्पर्क हुने स्थानमा रहेका व्यक्तिबाट नमूना संकलन गरिने जानकारी दिए।

नमूना संकलन बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री बिक्री  वितरण गर्ने पसल, स्वास्थ्यकर्मी र जनसमुदाय स्तरका १ हजार २ सय व्यक्ति रहनेछन्।

नमूना संकलन गर्ने जिल्लामा अर्घाखाँची, नवलपरासी पश्चिम, रूपन्देही, बर्दिया, कपिलवस्तु र दाङ रहने मन्त्री बरालले बताए। यसबाट समुदायस्तरमा जोखिमको स्तर जानकारी हुने मन्त्रीकाे तर्क छ ।

त्यसरी आउने तथ्यांक र सूचनाले प्रदेश सरकारलाई आगामी दिनमा महामारी न्यूनीकरण र महामारीले उत्पन्न गरेको प्रभावलाई यथोचित सम्बोधन गर्न आवश्यक योजना बनाउनसमेत सहयोग पुग्ने उनले बताए।

प्रदेश ५ मा ४ हजार ९९ जना कोभिडबाट संक्रमित भएकोमा ३ हजार ७ सय ७१ जना निको भई घर फर्किइसकेका छन्। प्रदेशमा ३ सय १५ जना आइसोलेसनमा उपचार गराइरहेका छन् भने १३ जना संक्रमितको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको