लगातार वर्षाले प्रदेश २ मा डुबानकाे जोखिम, यस्तो छ प्रदेशको तयारी


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


वर्षाको मौसममा प्रदेश २ ले हरेक वर्ष बाढीको सामना गर्दै आइरहेको छ। भारी वर्षापछि आउने बाढीका कारण प्रदेशका आठै जिल्ला प्रभावित हुने गरेको छ। 

आइतबारदेखि निरन्तर भइरहेको वर्षाका कारण फेरि प्रदेश २ मा बाढीको जोखिम बढेर गएको छ। चार दिनसम्म निरन्तर वर्षा हुने बताइएपछि प्रदेशका तटीय क्षेत्रमा सतर्कता अपनाउन निर्देशन दिइएको छ। 

खास गरेर वागमती, कमला, बिग्ही, रातु, कोसी नदी क्षेत्रका नागरिकलाई सावधानी अपनाउन प्रदेश सरकारले आग्रह गरेको छ।
निरन्तरको वर्षापछि खोलामा जलस्तर बढ्दै गएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्।

गत वर्ष प्रदेश २ बाढीमा बगेर ३८ जनाले ज्यान गुमाउनुप¥यो भने अन्य पाँचजना माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाए।

यस वर्ष बाढीकै कारण प्रदेश २ का नागरिकले ज्यान गुमाउने अवस्था नआउने प्रदेश सरकारको दाबी छ। बाढी आइसकेपछि उद्धार र बचावका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बाढीबाट आमनागरिकलाई जोगाउन आफूहरू तयारी अवस्थामा रहेको दाबी गरे। 

पछिल्लो वर्ष आएको बाढी र त्यसबाट भएको क्षतिलाई मध्यनजर गरी प्रदेश सरकारले पूर्वतयारी गरिसकेको उनले बताए।
‘पछिल्लो वर्षको बाढीबाट हामीले पाठ सिकिसकेका छौं, उद्धार तथा बचावका लागि पूर्वतयारी भइसकेको छ,’ आयोमेलसँग कुरा गर्दै

मन्त्री यादवले भने, ‘उद्धार एवं बचाव कार्यका लागि प्रयोग हुने सम्पूर्ण उपकरण सुरक्षा निकायलाई जिम्मा लगाइसकेका छौं।’
‘बाढीका कारण आउनसक्ने सम्पूर्ण जोखिमको अध्ययन गरिएको छ, बाढीबाट प्रभावित हुनसक्ने नागरिकबारे जानकारी संकलन भइसकेको छ, आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने।

मन्त्री यादवले प्रदेश सरकारको तर्फबाट सुरक्षा निकायलाई बाढीबारे निगरानी गर्न ड्रोन क्यामेरासहित मोटर तथा रबरबोट १५ थान, लाइफ ज्याकेट, नाइलन डोरीलगायतका आवश्यक सामग्री उपलब्ध गराइएको जानकारी दिएका छन्।

यसबाहेक संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। 

‘बाढीबाट आउनसक्ने जोखिम हेरेर हेलिकोप्टर स्ट्यान्डबाइ राखेका छौं,’ उनले थपे, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई उद्धार र खोज कार्यसम्बन्धी पूर्व तालिमसमेत दिइएको छ।’

आइतबारदेखि लगातार वर्षा भइरहे पनि हालसम्म अवस्था नियन्त्रणमा रहेको मन्त्री यादवको भनाइ छ। 

‘प्रदेशभित्र तत्काल बाढीको अवस्था नियन्त्रणमा छ, नदीमा पानीको जलस्तर बढिरहेको सूचना आएको छ,’ उनले भने, ‘तर अझै १२ घण्टा वर्षा भइरहे परिस्थिति बिग्रिन सक्दछ। सबैजना सतर्क भएर बस्नु जरुरी छ।’

पूर्वानुमान गरिएअनुसार लगातर वर्षा भइरहे प्रदेश २ को आठवटै जिल्ला डुबानमा पर्ने निश्चित रहेको उनको भनाइ छ।

बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका, डाक्नेश्वरी, तिलाठी कोइलाडी, डाक्नेश्वरी, सिरहाको सिरहा नगरपालिका, लहान नगरपालिका, धनुषाको मुखियापट्टि मुसहरनिया, महोत्तरीको जलेश्वर नगरपालिका, मनरासिस्वा, महोत्तरी गाउँपालिका, सर्लाहीको ईश्वरपुर नगरपालिका, विष्णुपुर, चक्रघट्टा, कोडैना र ब्रम्हपुरी गाउँपालिका प्रभावित हुने गरेको छ।

यसैगरी रौतहटको गौर, ईशनाथ, राजपुर, परोहा, चन्द्रनगर, बाराको कलैया, फेटा, सुवर्ण र पर्साको पर्सागढी, जगनाथपुर, बहादुरमाई गाउँपालिका बाढीबाट प्रभावित हुँदै आइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख