प्रतिरक्षाका लागि चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते


विचार
आयोमेल संवाददाता
प्रधानमन्त्रीले गरे पदबहाली, महामारी रोकथाममा एकजुट भएर लाग्न…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन

आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स


झापाको  गौरीगञ्ज-५ मा प्रतिरक्षाका लागि शनिबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।

घरेलु हतियारसहित आएका भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए। १५२ नम्बरको पिलरपूर्व मल्हाटोली नजिकै झडप हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको थियो।

गोली लागेर २५ वर्षीय भारतीय युवक जितेन्द्रकुमार सिंह घाइते भएका हुन्। उनलाई प्राथमिक स्वास्थ्य केन्द्र टेढागाछामा प्राथमिक उपचारपछि पूर्णिया रेफर गरिएको  जनाइएको छ। उनको  काँधमा गोली लागेको छ।

सामान वारीपारी गर्न पाउनुपर्ने भन्दै राति करिब ५० जनाको समूहमा आएमा भारतीयले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको कन्ट्रोल टोलीमाथि घेरा हालेर  लाठी, भाला, रड, धारिलो हतियारले आक्रमण गरेका थिए ।स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाउनु परेको थियो। 

झडपका क्रममा सशस्त्रका दुई जवान सामान्य घाइते भएका छन्। भारतीय पक्षले आफ्ना तीनजना नागरिकलाई गोली हानेको दाबी गरेको छ।

घाइते युवा जितेन्द्रकुमार, उनका दुई साथी अंकितकुमार सिंह र गुलशनकुमार सिंह शनिबार राति नेपाल-भारत सीमाको माफीटोला नजिकबाट जबर्जस्ती नेपाल छिरेका थिए।  

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रेशमकुमार थक्सूले पहिला एकजना साइकलमा आएको र उनलाई नेपालतर्फ आउन रोक्न खोज्दा ४०-५० जना भारतीयले आक्रमण सुरु गरेपछि प्रहरीले हवाइ फायर गरेको बताए।  

उनले भारतीय पक्षले सुनियोजित तबरले आक्रमण गरेको बताए। घटनालाई लिएर आज नेपाल र भारतका सुरक्षाकर्मीबीच छलफल भएको छ।

झापाका सशस्त्र प्रहरी प्रमुख रेशमकुमार थक्सु र भारत किसनगन्ज जिल्लाका प्रहरी प्रमुख ललित कुमारबीच लकडाउन अवधिभर सीमा नाकामा वारपार गर्न नदिने, लकडाउनको पूर्ण पालना गराउने, सीमावर्ती क्षेत्रमा प्रहरीको गस्ती कडाइ गर्ने र सीमा क्षेत्रका नागरिकलाई सचेत गराउने सहमति भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीले गरे पदबहाली, महामारी रोकथाममा एकजुट भएर लाग्न आह्वान

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाउँदै राज्यका सबै अंग र

जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा