जहाजकै गतिमा गए नि मंसिरमा सकिन्न


विचार
आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि

आयोमेल संवाददाता
नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन्

आयोमेल संवाददाता
देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक


गएको माघमा सम्पन्न केन्द्रीय समिति बैठकले १५ दिनभित्र एकताको बाँकी सारा काम सक्ने निर्णय गर्यो। ६ महिना बित्यो, फुट्टी केही काम भएको छैन। 

अब ३ महिनामा महाधिवेशन गर्ने भनिएको छ। यसमा म अचम्भित छु। हवाई जहाजको गतिमा काम भए पनि मंसिरमा महाधिवेशन हुन सक्दैन। बर्खा, चाडपर्व चलिरहँदा वडा तहसम्मको पार्टीपंक्ति कसरी महाधिवेशनको तयारीमा जुट्न सक्छ?

सदस्यताको टुंगो, सम्मेलन आयोजना, वैचारिक वहसलगायतका आधारभूत तयारीबिना कसरी महाधिवेशन हुनसक्छ? यसपालि त भाइटीका नै मंसिर १ गते, लगत्तै छठपर्व। त्योभन्दा यता कुनै काम हुनसक्ने गुन्जाइस देखिँदैन।

चमत्कारिक गतिमा तयारी अगाडि बढाउने नै हो भने तत्काल केन्द्रीय समिति बैठक हुनुपर्ने हो। यो कसरी सम्भव होला र?

यसै पनि हाम्रो कार्यशैली कस्तो छ भन्ने त माघको केन्द्रीय समिति बैठकयताको अवस्था हेरे पुग्छ। पार्टीका विभाग, आयोग, पेसागत संगठन रित्ता छन्। एकता गरेको सवा दुई वर्ष पुग्यो, एकता र सामूहिकताको भावना सञ्चार गर्ने कार्यव्यवहार देखिँदैन। 

महाधिवेशन एउटा राजनीतिक पार्टीको जीवन हो। यसबाटै गतिशीलता उत्पन्न हुन्छ। संगठन चलायमान हुन्छ। काम गर्नसक्ने नेतृत्वमा आउने, नसक्ने बिदा हुने यसैबाट हुने हो। मैले महाधिवेशन गर्ने प्रस्ताव गत पुसको स्थायी समिति बैठकमा राखेको हुँ।

त्यसैलाई टेकेर केन्द्रीय समिति बैठकले आउने चैत २५–३० मा महाधिवेशन गर्ने निर्णय गरेको हो। त्यही निर्धारित मितिमै गर्न सके पुरुषार्थ मान्नुपर्छ। त्यो समयसीमा छोप्नका लागि समेत अहिलेसम्म कति काम निप्ट्याइसक्नुपर्ने थियो। तर खोइ त? 

मंसिरमा महाधिवेशन गर्न सकिने कसलाई लाग्यो, त्यसमा को सहमत छ भन्ने कुरामा म टिप्पणी गर्न चाहन्न। मेरो विचार सोध्नुहुन्छ भने, चैतमा गर्नसके नै धन्न। 

(नेकपा स्थायी समिति सदस्य  सुरेन्द्र पाण्डेसँग आयोमेल संवाददाताले गरेको कुराकानीमा आधारित) 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ

देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता लगत्तै ठाकुरले आफू

ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता सुरू भएको छ। बूढानीलकण्ठको चपली घुम्तीस्थित अन्नपूर्ण