एकलकाँटे बादशाहको कपट मात्र


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई आफ्नो एकलकाँटे चरित्रको सिकार बनाउनुभएको छ। उहाँ पार्टी पद्धति मान्नुहुन्न, विधिसम्मत संस्कृति बलियो बनाउने भन्ने उहाँको चेष्टामै छैन। पार्टीपंक्तिलाई छल्ने, टार्ने, तर्साउने उनको कार्यशैली हो। पहिल्यैदेखि त्यस्तै नै हो। 

अहिले महाधिवेशनको प्रस्ताव ल्याइएको छ। यो पनि त्यस्तै टार्ने उपायमात्र हो। अर्का पार्टी अध्यक्ष प्रचण्डले यसलाई सुरुमा पत्याएको भन्ने बुझियो, तर हामी सबैले महाधिवेशन त्यसै हुन नसक्ने, त्यसका लागि वैचारिकदेखि सांगठनिक पक्षसम्मका तमाम तयारीका पाटामा अहिलेको अहिल्यै केही गर्न सकिँदैन भनेपछि उहाँ झस्याङ हुनुभयो। 

अहिले केपी ओलीले बैठक बोलाएजसरी महाधिवेशन बोलाएर के हुन्छ? महाधिवेशन आयोजनाको मात्र विषय होइन नि। यससँग त विचार, आन्दोलन, सम्मति र सामूहिकताको सुदृढीकरणका यावत् विषय आउँछन्। 

त्यसमाथि नेकपा पार्टीमात्र होइन, यो त सत्तारुढ दल हो। जनताले त सुशासन, विकासलगायतका धेरै अपेक्षासहित मत दिएका हुन्। यस्तो भद्रगोलमा हामीले महाधिवेशनका नाममा भेला गरेर के गर्ने, जबकि पार्टीको आधारभूत प्रणालीले नै काम गर्न सकेको छैन। केपी ओलीले नै गर्न दिन चाहनुभएको छैन। 

ओलीलाई उहाँका समर्थक, भक्तहरूले निकै सिपालु भन्छन्। निर्णय क्षमताको प्रशंसा गरिन्छ। तर त्यो के का लागि? सारा ‘नेगेटिभ’ काममा सिपालु भएर के फाइदा?

मैले ओली कमरेडलाई विचार, विधि, सामूहिक नेतृत्वमा विश्वास नगर्ने एकलकाँटे निरंकुश भन्दै आएको छु। पार्टीले नै निर्णय गरेर मुलुकको नयाँ नक्सा जारी गर्नेलगायतका प्रक्रिया अगाडि बढाएको हो। उहाँले अझ त्यसमा पनि बीचमा अलमल गर्नुभएको थियो। तर राष्ट्रवादीको जस लिन चाहिँ निकै अगाडि बढ्नुहुन्छ। त्यो पनि ठीकै छ।

राम्रो काम भनेर ‘हाइलाइट’ गरिनुमा आपत्ति छैन। तर उहाँले जनता र पार्टीप्रति जिम्मेवार हुने के चाहिँ काम गर्नुभयो अहिलेसम्म? राम्रो गरेको भए सबैले हाई–हाई गर्थे, हामी पनि गथ्र्यौं।

अहिले सरकारको कामकारबाही लाजमर्दो छ, जताजतै भ्रष्टाचार छ, दुर्नाम छ, जस्तै कुरा बाहिर आए पनि सरकारले टेरपुच्छर लगाइरहेको छैन। यो लुटतन्त्रको जिम्मेवार ओली नै हुनुहुन्छ। उहाँले आफ्ना वरपर त्यस्तै त्यस्तै मान्छे राखेर आफ्नो निरकुंशतन्त्र चलाइरहनुभएको छ। 

अहिले एकलकाँटे बादशाहलाई महाधिवेशनको बहानाले संकट टार्न सकिन्छ कि भन्ने लागेको अवस्था हो। यो कपटमात्र हो। उहाँलाई पार्टीमा अझैसम्म आयोग, विभाग, प्रदेश संरचना, पेसागत संगठनसमेत बन्न नसकेको हेक्का नभएको होला र? उहाँले नचाहेरै यो सबै नभइरहेको हो। उहाँले सिधासोझा जनतालाई झुक्याइरहनु भएको छ नै, दशकौं जेलनेल खेपेर आन्दोलनबाट आएका नेता कार्यकर्ता तहलाई त अँध्यारोमा पार्न सक्नुहुन्न। 

ओलीले धेरै केही गर्नैपर्दैन, मात्रै भोलिको स्थायी कमिटी बैठकमा आफैं उपस्थित हुने, हलुका रूपमा प्रस्तुत नहुने, छलकपट नहुने अवस्था भइदियोस्। बैठकमा विषयान्तर नहोस्। बैठकको कार्यसूचीअनुसार सिलसिलेबार ढंगले एजेण्डामा छलफल होस्। त्यसमा कोरोना नियन्त्रण, एमसिसी, पार्टी एकीकरणलगायतका एकदमै गम्भीर एजेण्डाहरू छन्।

उहाँले सुन्ने धैर्यता देखाउनुप¥यो, उहाँको अहिलेसम्मको कार्यशैलीले पार्टी कति कमजोर भइसक्यो भन्ने बुझ्ने कोसिस गर्नुपर्यो।

उहाँले आफूलाई मन परेन भने बैठकमा यहाँ पनि भारतीय दलालहरू छन् भनिदिनुहुन्छ। भित्र घमण्डले चूर भएर केही बोल्नुहुन्न, बैठकबाट उठेर जानुहुन्छ अनि बाहिर गएर जे मनलाग्यो त्यही बोल्नुहुन्छ। अब पार्टी उहाँको यस्तो खाले प्रवृत्तिको बन्धक बन्ने कि नबन्ने भन्ने प्रश्न छ। 

( नेकपा स्थायी कमिटी सदस्य  अष्टलक्ष्मी शाक्यसँग आयोमेल संवाददाताले  गरेकाे कुराकानीमा आधारित)
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।