प्रकोप व्यवस्थापनमा प्रदेश ५ सरकारको पौने दुई करोड खर्च


विचार
आयाेमेल संवाददाता
कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन

आयाेमेल संवाददाता
भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले…

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको

आयाेमेल संवाददाता
भारतमा कोरोना संक्रमितका लागि नयाँ औषधि प्रयोग अनुमति

कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा


प्रदेश ५ सरकारले प्रकोप व्यवस्थापनमा एक वर्षमा पौन दुई करोड खर्च गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै २३ लाखले कम हो। 

प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार आर्थिक बर्ष २०७६/७७ मा विपद व्यवस्थापनमा १ करोड ८५ लाख ६३ हजार खर्च गरेको छ।

मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले प्रदेश विपद व्यवस्थापन कार्य संचालन निर्देशिका २०७६ अनुसार प्रदेश सरकारले तीन खालको राहत रकम प्रदान गरेको जानकारी दिए। त्यसरी राहत रकम दिनेमा विपदका कारण मृत्यु भएका घरपरिवारका लागि १ लाखका दरले, व्यवशाय क्षति भएकाहरुलाई व्यवशाय हेरि ५० हजारदेखि १ लाख र विपदका कारण घर क्षति हुनेहरूका लागि ४० हजारका दरले राहत प्रदान गर्ने गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा विपदका कारण मृत्य भएका ४३ घरपरिवारले यो सहयोग पाएका छन्। त्यसैगरी प्रदेश सरकारले व्यवशाय क्षति भएका ४ जना र घर क्षति भएका १९८ घर परिवारलाई राहत रकम प्रदान गरेको छ। 

त्यसैगरी कोभिड १९ संक्रमण जोखिम व्यवस्थापनका लागि प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुनेगरी १२ जिल्लालाई ७८ लाख बजेट उपलब्ध गराएको जनाएको छ। त्यसरी बजेट उपलब्ध गराउँदा तराइका जिल्लालाई ८ लाखका दरले र पहाडी जिल्लालाई ५ लाखका दरले निकासा दिएको थियो।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेश ५ सरकारले विपदका  लागि करिब २ करोड ८ लाख बजेट खर्च गरेको थियो। उक्त आर्थिक बर्षमा मृतकका ५८ घरपरिवारले, घर क्षति भएका ८५ जनाले र व्यवशाय क्षति भएका ४ व्यक्तिले राहत रकम बुझेका थिए। 

उक्त आर्थिक वर्षमा प्रदेश सरकारले प्रदेश २ मा आगोलागीका लागि १ करोड सहयोग गरेका थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन भएको छ। ४० वर्षीया चौधरीको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा मंगलबार

भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले गुमाए ज्यान

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको कोरोना संक्रमणबाट निधन भएको तथ्यांक बाहिर आएको छ।उत्तर प्रदेशको प्राइमरी

भारतमा कोरोना संक्रमितका लागि नयाँ औषधि प्रयोग अनुमति

कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ। औषधिसँग सम्बन्धित विषय हेर्ने

कोरोना संक्रमित बाबु-छोराको मृत्यु

झापा – दोस्रो लहरको कोरोना संक्रमणका कारण झापामा बाबु-छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-४ का बाबु-छोरा हुन्। छोराको