टाेकियाे ओलम्पिककाे आयाे तालिका, समापनकाे दिन महिला म्याराथन


विचार
आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा


एक वर्षपछि आयोजना हुने टोकियो ओलम्पिकले प्रतिस्पर्धाको तालिका सार्वजनिक गरेको छ। कोरोना महामारीका कारण यो वर्ष हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष पछाडि सरेको हो। 

टोकियो ओलम्पिक सन् २०२१ काे  जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। पाराओलम्पिक अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म हुने तालिका छ।

स्थगित ओलम्पिकका प्रतिस्पर्धा पुरानै खेलस्थलमा संशोधित तालिकाअनुसार हुने आयोजकले जनाएको छ। जुन टोकियोले कोरोना महामारी नभएको यतिबेलाका लागि तयार गरिरहेको थियो।

शुक्रबार १३६ औं आइओसी सेसनमा टोकियो ओलम्पिकका सिइओ तोसिरो मुटुले सन् २०२१ मा प्रयोग गरिने सबै खेलस्थललाई सुरक्षित पार्न सम्बन्धित पक्षहरूसँग मिलेर काम गरिहेको जानकारी गराएका थिए।

ओलम्पिक भिलेजलाई पुनः सुरक्षित पार्न ११ फरक डेपलपर्ससँग काम भइरहेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कोअर्डिनेसन कमिसनका अध्यक्ष जोन कोट्सले जानकारी गराए।

टोकियो ओलम्पिकको उद्घाटन हुनु दुई दिनअघि प्रतियोगिता भने सुरु हुनेछ। जुलाई २१ देखि सफ्टबलको खेलबाट टोकियो ओलम्पिक सुरु हुनेछ। त्यही दिन फुटबलका प्रारम्भिक चरणको खेल पनि सुरु हुनेछ। आर्चरी पनि जुलाई २३ मै सुरु हुने तालिका छ।

पहिलो पदक फैसला भने सुटिङमा महिला १० मिटर राइफलको हुनेछ। जुन स्पर्धा जुलाई २४ मा छ। त्यही दिन अन्य ६ भन्दा बढी पदकको नतिजा निस्कने छ। त्यो आर्चरी, साइक्लिङ (रोडरेस), फेन्सिङ, जुडो, तेक्वान्दो र भारोत्तोलन खेल रहेका छन्।

टोकियो ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ। जसका लागि ४२ खेलस्थल तयार गरिएको छ।

टोकियो ओलम्पिकलाई विशेष बनाउनका लागि समापनको दिन महिला म्याराथन आयोजना गरिनेछ। यो ओलम्पिक इतिहासमै पहिलोपल्ट हुन लागेको हो । यसअघि समापनका दिन पुरुष म्याराथन हुँदै आएको थियो।

‘सुपर स्याटरडे’ र ‘गोल्डेन सनडे’ जुलाई ३१ र अगस्ट १ का दिन पदक इभेन्टहरू राखिएको छ । जसले समर्थकले रोमाञ्चक अनुभव गर्न पाउनेछन् । 

-अनुवादित सामग्री


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको