निद्रामै अस्ताए तीन भाइका तीन लालाबाला


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


पोखरा लामाचौरकी रेजिना विक (१६) लकडाउनकै बीच हजुरबा–आमालाई भेट्न गाउँ आउजाउ गरिरन्थिन्। पछिल्लोपटक दुई साता पहिले रेजिना माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख पुगिन्। त्यहाँ उनका हजुरबुवा/आमा र कान्छा अंकलको परिवार बस्दै आएको छ। 

कान्छा अंकलका छोरा समीर (१४) रेजिनालाई खेल्ने साथी भइरहेका थिए। हेम्जा बस्ने माइला अंकलका छोरा कुशल (१६) पनि तीन दिन पहिले गाउँ गए।

साउने संक्रान्ती मनाए। तीनै जना दिदीभाइ बिहीबार एउटै कोठामा सुते। तर बाहिर उज्यालो भएको हेर्न पाएनन्। निद्रामै रहेका उनीहरू बिहान साढे ५ बजे पहिरोमा पुरिए। 

‘तीनजना आडैको कोठीमा सुतेका रहेछन्। हजुरबा–आमा छुट्टै कोठामा थिए। बिहान माथिबाट तीनजना सुतेको कोठी पहिरोमा पुरियो,’ छिमेकी ऋषि गौतमले भने। 

हजुरबुवा प्रेमबहादुर र हजुरआमा जुनकुमारी निद्रामै थिए। घरको टिन बजेर आवाज आएपछि बल्ल ब्युँझिए। 

बाहिर निस्केर हेर्दासम्म तीन छोराका तीन सन्तानलाई पहिरोले पुरिसकेको थियो। ‘उहाँहरूले ठूलो आवाज आएपछि थाहा पाउनुभयो। पानी परिरहेका बेला प्रहरीसँगै मिलेर खोजी गर्दा तीनै जना मृत भेटिए,’ छिमेकी गौतमले भने। 

प्रेमबहादुरका जेठो छोरा हिरालालको परिवार लामाचौर र माइला कृष्णको परिवार हेम्जामा बस्छन्। कान्छा छोरा खेमराज भने परिवारको सम्पर्कमा छैनन्। 

कान्छी बुहारी साउने संक्रान्ती मान्न १० वर्षे छोरा लिएर माइत गएकी थिइन्। माइत गएकी उनले बिहानै दुखदः खबर सुन्नप-यो। माछापुच्छ्रे-२ काभ्रेबाट फर्किएर आउँदा जेठो छोरा समीरको सास भेटिनन्। 

घर पछाडि रहेको पर्यटकीय गाउँ ल्वाङ जाने बाटोबाट खसेको पहिरोले समीरसहित ३ जनाको मृत्यु भएको हो। बाटोको डिलबाट खसेको डिस्को घरको कोठीमा परेको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए।  

उनका अनुसार पहिरो प्रभावित क्षेत्रबाट आठ परिवारका ४३ जनालाई सुरक्षित स्थानमा सारिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय रविलाल विकको परिवारका ६, डिलबहादुर विकका सात, चितबहादुर विकका ६, जसबहादुर विकका ६, आइबहादुर विकका चार, नारायण विकका ६ र डिलबहादुर विक (सानो) का चार गरी ३९ सदस्यलाई सुरक्षित ठाउँमा सारिएको हो। 

त्यसबाहेक पीडित परिवारका चार सदस्यलाई पनि स्थानान्तरण गरिएको छ। विस्थापित भएकामध्ये दुई परिवार सामुदायिक भवनमा, एक परिवार स्थानीय विद्यालय र बाँकी परिवार स्वेच्छाले आफन्तकहाँ बसेको वडाध्यक्ष दवाडीले जानकारी दिए। उनले भने, ‘विभिन्न संघसंस्थाले राहत वितरण गर्छौं भनेर हामीसँग सम्पर्क गर्नुभएको छ। शनिबारदेखि राहत वितरण थाल्छौं।’ 

बाढीपहिरोमा ५५ को मृत्यु, सात बेपत्ता

गण्डकी प्रदेशमा पछिल्लो एक सातामा बाढीपहिरोका २१ घटनामा परेर ५५ जनाले ज्यान गुमाएका छन्। प्रदेशका पाँच जिल्लाका २९ पुरुष र २६ महिलाको पहिरोमा पुरिएर ज्यान गएको हो। 

पहिरोमा पुरिएका सात जना अझै नभेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। पहिरोले सबैभन्दा धेरै म्याग्दीमा २८ जनाको मृत्यु भएको प्रवक्ता एवं एसएसपी किरण रानाले जानकारी दिइन्। 

पहिरोमा पुरिएर तनहुँमा ११, कास्कीमा १०, लमजुङ र स्याङ्जामा तीन÷तीन जनाको मृत्यु भएको छ। प्रवक्ता रानाका अनुसार पहिरोमा पुरिएका म्याग्दीका चार, स्याङ्जाका दुई र तनहुँका एक जना अझै बेपत्ता छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको