रियलमी-६ र ६आई स्मार्टफोन सार्वजनिक


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा


रियलमीले नेपाली बजारमा रियलमी-६ र रियलमी-६आई स्मार्टफोन सार्वजनिक गरेको छ। 

विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज बहुप्रतीक्षित रियलमी-६ र रियलमी-६आई स्मार्टफोन बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको हो।

रियलमी-६ विशेषता

गेमिङका लागि शक्तिशाली प्रोसेसर : मिडियाटेक हेलियो जिटीद्वारा सञ्चालित रियलमी ६ विशेष गरी अविश्वसनीय गेमिङ अनुभवका लागि डिजाइन गरिएको हो। यो प्रोेसेसर १२ एनएम प्रोसेसमा निर्मित भएको छ जसले एकै समयमा शक्तिशाली र सक्षम बनाउँछ। पछिल्लो र उत्कृष्ट जिपियूसँग, सुपर फास्ट र्याम र शक्तिशाली एआईका साथ रियलमी ६ ले मोबाइल गेमप्रेमीका लागि सहज र आनन्ददायी गेमिङ अनुभव ल्याउँछ।

ठूलो ब्याट्री र फास्ट चार्जिङ : नयाँ अपग्रेड गरिएको स्र्माट फोनमा  ३० वाट फ्ल्यास चार्जिङ र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी ६ लाई एक घण्टाभित्र पूर्ण चार्ज गर्न सकिन्छ। धेरै गेम खेल्दा पनि ३० वाट फ्ल्यास चार्जिङले मात्र ६० मिनेटमा ५५५ सम्म चार्ज हुन्छ।

दृश्य अनुभव : रियलमी ६ मा ६.५ इन्च ९० हट्र्ज अल्ट्रा स्मुथ डिस्प्लेका साथ १२० हट्र्ज टच स्याम्पलिङ समावेश गरिएको छ, जसका कारण स्क्रिनको प्रत्येक स्वाइपमा निर्वाध र स्मुथ दृश्य अनुभव प्रदान गर्छ। उत्कृष्ट स्क्रिन टु बडी अनुपातका साथ रियलमी ६ ले सर्वोच्च दृश्य अनुभव प्रदान गर्दै सेल्फी क्यामेराका लागि पन्च होल कट राखिएको छ। सुरक्षाका लागि डिस्प्लेलाई कोर्निङ गोरिल्ला ग्लास ३ ले सुरक्षित गरिएको छ।

रियलमी ६ पन्च होल लाइटसाथ आउँछ जसले गर्दा फेसियल अनलक प्रयोग गर्दा वा क्यामेरा प्रयोगमा हुँदा क्यामरा छेउ बल्ने गर्छ। अन्य विशेषतामा आँखालाई थकित हुनबाट जोगाउन स्क्रिन कलर टेम्पेचरको व्यवस्था गरिएको छ। कस्टम कलर मोड जसले दुई कलर डिस्प्ले मोड र ओएसआईईलाई समर्थन गर्दै भिडियो स्पष्टता, रंगको तीव्रतालाई सुधार गरेर समग्र दृष्टिलाई अझ उत्कृष्ट बनाउने विशेषता छन्।
 

उत्कृष्ट क्यामरा : १६ एमपी अल्ट्रा क्लियर फन्ट क्यामेराले एफ २.० अपर्चर, स्मार्ट ब्युटी मोड, बोकह इफेक्टलगायतको क्यामराले ग्राहकलाई सन्तुष्टि दिन्छ। यो विभिन्न लिंग, विभिन्न छालाका प्रकार विभिन्न अनुहारको आकार र विशेषताका साथ प्रयोगकर्तालाई प्राकृतिक र राम्रो सेल्फी लिन मिल्छ।

रियलमी ६ मा नवीनतम फ्ल्यागसिप, अल्ट्रा–क्लियर क्वाड क्यामरा सेटअप छ, जसमा ६४ एमपी मुख्य क्यामरा, ८ एमपी ११९ डिग्री अल्ट्रा वाइड एङगल, माइक्रो लेन्स र ब्ल्याक एन्ड ह्वाइट प्रोट्रेट लेन्स छ। वाइड एङगल मोडमा स्विच गर्न एक क्लिक मात्र लाग्ने भएकाले प्रयोगकर्तालाई ल्यान्डस्केप, आर्किटेक्चर र ठूलो समूहको उत्कृष्ट तस्बिर लिन सक्षम हुन्छ। 

रियल डिजाइन : अँधेरी रातको आकार विभाजन गर्ने कमेटद्वारा प्रेरित भएर रियलमी ६ को कमेट डिजाइन चम्किलो र तीव्र छ। नयाँ अप्टिकल प्लेटिङ टेक्नोलोजीसाथ कलरको ब्राइटनेस र स्याचुरेसन क्रमशः ६०५ र ५०५ वृद्धि हुन्छ। भिजुअल इफेक्टले चम्किलो र आँखालाई आकर्षक पार्नेछ। रियलमी ६ दुई कलर अप्सन, कमेट ह्वाइट र कमेट ब्लुमा उपलब्ध छ।

 

रियलमी-६आई   विशेषता

उत्कृष्ट प्रदर्शन : रियलमी ६आई मिडियाटेक हेलियो जी ८० चिपसेटले सुसज्जित छ। यसले आश्चर्यजनक शक्ति प्रदान गर्दछ। अल्ट्रा कोर सिपियूमा २.० जीएचजेड सम्मको मुख्य प्रिक्वेन्सी छ जसले विगतका जेनेरेसनको भन्दा ३५५ उत्कृष्ट सिंगल कोर प्रदर्शन र १७५ उत्कृष्ट मल्टी कोर प्रदर्शन प्रदान गर्नेछ। यसको नतिजा उत्कृष्ट तस्बिर गुणस्तर र स्थिर फ्रेम रेट हो, जसले रियलमी ६आई ले गेमिङको बेला उत्कृष्ट बनाउँछ।

भर्सटायल क्यामरा अनुभव ; रियलमी ६आई ४८ एमपी क्वाड क्यामरामा अपग्रेड भएको छ। ४८ मेगापिक्स मुख्य क्यामरा, ११९ डिग्री अल्ट्रा वाइड एङगल लेन्स (८ एमपी), पोट्रेट लेन्स (२ एमपी) र ४ सीएम अल्ट्रा माइक्रो लेन्स (२ एमपी) छ। प्रत्येक क्यामराले उत्कृष्ट फोटो खिच्ने क्षमता राख्दछ।

ब्याट्री र फास्ट चार्जिङ : रियलमी ६आई मा रियलमीकै सबैभन्दा ठूलो ५००० एमएएच ब्याट्री छ। लामो ब्याट्री लाइफसाथ आउँद छ। ट्रिपल सेफ्टी सुरक्षा प्रस्तुत गर्दै यसको विशाल ब्याट्रीले प्रयोगकर्ताको चिन्ता कम गर्नेछ। रियलमी ६आईले चार्जिङ समय कम गर्न १८ वाटको क्विक चार्जले सहयोग गर्छ।
 

क्लासिक डिजाइन : रियलमी ६र्आईले नाओटो फुकासावाबाट क्लासिक डिजाइन अपनाएको छ। मास्टरपिस डिजाइन शैली कायम छ। यसले रेयर स्प्रो कोटिङ प्रोसेस अपनाएको छ र फोन सयौं पटक पोलिस गरिएको छ। परिणामस्वरुप फोनको पछाडि विकसित म्याट भिजुअल इफेक्टका साथ डेलिकेट र आरामदायी फिनिस देखिन्छ। रियलमी ६आई दुई योङ कलर, ग्रीन टी र ह्वाइट मिल्कमा उपलब्ध छ।
 

डिस्प्ले : रियलमी ६आई मा ६.५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ। जुन सामान्य डिउड्रपभन्दा ३०.९५ ले सानो छ।  स्क्रिन टु बडी रेसियो ८९.८५ ले उच्च बनाउँछ। ठूलो स्क्रिनले प्रयोगकर्तालाई भिडियो हेर्दा वा गेम खेल्दा उत्तम अनुभव प्रदान गर्नेछ। यसका साथै, २०ः९ स्क्रिन रेसियोले फोनलाई स्लिम र धेरै जानकारी लोड गर्ने बनाउँछ।

रियलमी ६ र रियलमी ६आईमा भएको क्लासिक ३ कार्ड स्लट डिजाइनले दुइटा सिमकार्ड र एउटा माइक्रो एसडी कार्ड सपोर्ट गर्दै प्रयोगकर्तालाई स्टोरेज बढाउन डुअल कार्ड कनेक्टीभिटी प्रयोग गर्न सकिन्छ।

रियलमी ६ र रियलमी ६आई रियलमी यूआईको साथ सार्वजनिक भएको छ जुन एन्ड्रोइड १० मा आधारित छ। 

रियलमी ६, ८जीबी र्याम र १२८ जीबी स्टोरेजका साथ ३२ हजार ९९० रुपैयाँ मूल्यमा पाइन्छ भने रियलमी ६ आई ४ जीबी ¥याम र १२८ जीबी स्टोरेजका साथ २५ हजार ९९० रुपैयाँमा पाइने जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु, ५४५५ जना…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो बीचमा ८१६७ जना संक्रमित

नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार

कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

महामारीमा सरकारी अकर्मण्यताः प्रदेश सरकारविरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।