नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सर्‍यो, सहमति जुटाउन ओली-प्रचण्ड छलफलमा


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि शुक्रबार दिउँसाेका लागि सारिएको छ।

बिहान ११ बजे तय भएको स्थायी समिति ३ बजेलाई सारिएको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सारिएको जानकारी दिए। यो बीचमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच छलफल हुने श्रेष्ठले बताए।

प्रधानमन्त्री ओलीलाई राजीनामा दिन नेताहरूको दबाब छ। उनी राजीनामा नदिने अडानमा छन्।

नेकपाको बैठक एक सातायता सारिँदै आएको छ। यसबीचमा दुई अध्यक्षबीच पटक-पटक छलफल भए पनि निष्कर्ष निस्किएको छैन। 
छलफलका लागि अध्यक्ष दाहाल बालुवाटार पुगिसकेका छन्।

असार १७ गते यता चार पटकसम्म स्थगित भएको स्थायी कमिटी बैठक पछिल्लो पटक असार २६ गते स्थगित भएको थियो।

नेकपा स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरु भएको हो।

त्यसअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा आफूलाई हटाउन भारत र पार्टीकै नेताहरू भित्रभित्र लागेको आरोप लगाएका थिए। र, निर्वाचन आयोगमा नेकपा (एमाले) नामक पार्टी दर्ताका लागि आवेदन परेपछि नेकपाको विवादले गम्भीर मोड लिएको थियो।

लगत्तै स्थायी कमिटी बैठकमा नेकपाका नेताहरुले प्रम ओलीको राजीनामा मागेका थिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख