पटक-पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज


विचार
आयोमेल संवाददाता
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा

आयाेमेल संवाददाता
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले

आयोमेल संवाददाता
नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह


सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको छ।

असार १७ गते यता चार पटकसम्म स्थगित भएको स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा बस्दैछ। 

बैठक पछिल्लो पटक असार २६ गते स्थगित भएको थियो।

पार्टीभित्रको आन्तरिक किचलो अन्त्यका लागि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक-पटक छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन।

नेताहरू अझै सहमति जुटाउन लागिपरेका छन्।

शुक्रबारको स्थायी कमिटी बैठक औपचारिकताका लागि मात्रै बस्ने सम्भावना छ। बिहीबार साँझ खुमलटारमा बसेका प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउने  निष्कर्ष निकालिसकेको छ। 

आजको स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिने जनाइएको छ।

नेकपा स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरु भएको हो।

त्यसअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा आफूलाई हटाउन भारत र पार्टीकै नेताहरू भित्रभित्र लागेको आरोप लगाएका थिए। र, निर्वाचन आयोगमा नेकपा (एमाले) नामक पार्टी दर्ताका लागि आवेदन परेपछि नेकपाको विवादले गम्भीर मोड लिएको थियो।

लगत्तै स्थायी कमिटी बैठकमा नेकपाका नेताहरुले प्रम ओलीको राजीनामा मागेका थिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय

नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह ४ बजेसम्मको अल्टिमेटम दिएको छ। उक्त समूहको स्थायी कमिटीका सदस्यहरुको

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक