‘सुरक्षा मापदण्डसहित व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ’


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


पर्यटन व्यवसायीहरूले कोरोना भाइरसका कारण प्रभापवत भएको जनजीवन सामान्य अवस्थामा ल्याउनुको विकल्प नभएको बताएका छन्।

बिहीबार पत्रकार सम्मेलन गरी व्यवसायीहरूले कोरोना भाइरसका कारण बन्दाबन्दी भई हाल आंशिक खुला भए पनि होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरू पूर्णत बन्द रहेको र यसले आर्थिक समस्या पारेको भन्दै विस्तारै व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएको बताएका हुन्।

कोरोना भाइरसका कारण भएको लकडाउननमा परी आन्तरिक तथा वाह्य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य हुँदै असिमित दायित्व वहनसँगै ऋणात्मक भई १०औं लाखको रोजगारी तथा खर्बौंको लगानीसमेत संकटमा परेको भन्दै व्यवसायीहरूले सेवा सञ्चालन गर्नुपर्ने बताएका हुन्।

व्यवसायीहरुले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापलण्डको परिपालना गरी व्यवसाय अघि बढाउनुपर्ने जानकारी दिएका छन्।

हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार समेत भएको साथै नियमित उडान नभएको अवस्थामा नेपाली नागरिकले महंगो शुल्क तिर्न बाध्य भएको व्यवसायीहरूको गुनासो छ। 

व्यवसायीहरूले अगष्ट १, २०२० बाट आन्तरिक हवाई उडानहरू नियमित तालिका अनुसार  सुचारु गरिनुपर्ने, अगष्ट १५ बाट अन्तर्राष्ट्रिय तालिकाका उडानहरू सुचारु गरिनुका साथै सीमा नाका खोलिनु पर्ने, पर्यटकीय सवारी साधनहरू स्वास्थ्य सुरक्षा सम्बन्धी उपाय पालना गरि निर्वाध रुपमा संचालन गर्न दिनु पर्ने र उल्लेखित सेवाका साथै पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा वजारीकरणका आधारहरू विस्तारै सुचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउने तर्फ तत्काल पहल गर्नुपर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको