झापामा जनस्तरको अभियानलाई स्थानीय सरकारको साथ 


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


पिसिआर ल्याब सञ्चालनका  लागि जनस्तरमा जारी अभियानले झापामा स्थानीय सरकारको साथ पाउने भएको छ। झापाका १५ मध्ये नौ वटा पालिकाले सहयोग गर्ने सामुहिक प्रतिबद्धता जनाएसँगै अभियानले स्थानीय सरकारको साथमा पाउने पक्का भएको हो।

ल्याब सञ्चालनका लागि आवश्यक पर्ने डेढ करोड रुपैयाँ जुटाउन एक महिना अघिदेखि सरकार-समुदाय-सहकारी अभियान जारी छ। साझेदारीमा सञ्चालन हुने ल्याब स्थल निर्माण कार्यको अवलोकनपछि पालिकाका प्रमुख, उपप्रमुखले सहयोगको प्रतिबद्धता जनाएको अभियानका संयोजक महेन्द्रकुमार गिरी जानकारी दिए। 

ल्याब  सञ्चालनका लागि मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कनकाई, शिवसताक्षी नगरपालिका तथा  झापा, बाह्रदशी, बुद्धशान्ति, हल्दीबारी गाउँपालिकाले  व्यवस्थापनको  जिम्मेवारी लिने प्रतिबद्धता जनाएका हुन्।

मेचीनगरका प्रमुख विमल आचार्य, अर्जुनधाराका प्रमुख हरिकुमार राना, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले सहयोगको प्रतिबद्धता जनाएकी छन्।

त्यसैगरी झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी,  हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले सहयोग गर्ने प्रतिबद्धता जनाएको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिए।

बाँकी छ पालिकाले पनि आफूहरू सकारात्मक रहेको जनाउ दिएको बताइएको छ। नागरिक समाज, सरकार र सहकारीको साझेदारीमा सञ्चालनमा आउने ल्याबका लागि झापाका पालिकाहरूसँग सहयोगको आह्वान गरिएको थियो।

पिसिआर ल्याब साउन पहिलो सातादेखि सञ्चालन गरेर  प्रदेश सरकारलाई हस्तान्तरण गरिने योजना छ। प्रदेश सरकारले मेची प्रादेशिक अस्पतालको मातहतमा रहने गरी कोटीहोममा पीसीआर ल्याब सञ्चालनको अनुमति दिएको छ।

अभियानका सल्लाहकार लोकराज ढकालले प्राविधिक पक्षबारे प्रष्ट्याएपछि  पालिकाका प्रमुख तथा उपप्रमुहरूले जतिसक्दो छिटो पीसीआर ल्याब स्थापना गरी  परीक्षणको काम थाल्न अभियानकर्तालाई आग्रह गरेका छन्। अहिले ल्याब राख्ने स्थानमा प्राविधिक काम भइरहेको छ। 

जेनेरेटर ,थ्रीफेस लाइन जडान, मेसिन ढुवानी लगायतमा खर्च लाग्ने भएपछि डेढ करोड जुटाउनु पर्ने अवस्था आएको सहसंयोजक बस्नेतको भनाइ छ। यसअघि १ करोड २७ लाख लाग्ने लागत अनुमानका साथ रकम  संकलन गर्न थालिएको थियो।

ल्याब सञ्चालनका लागि हाल ( बुधबार )सम्म मा १ करोड २० लाख रुपैयाँ संकलन भइसकेको छ। अन्तर्राष्ट्रिय झापाली समाजले कबोल गरेको २५ लाख रुपैयाँ जम्मा हुन बाँकी छ। अन्य संघसंस्था र व्यक्ति कबोल गरेको रकम उठाउन ताकेता गरिरहेको सहसंयोजक बस्नेतले बताए।

'ल्याब स्थापना स्थलमा धमाधम काम भइरहेको छ', सहसंयोजक बस्नेतले भने, 'प्रदेश सरकारले मेसिन केही दिन भित्रै झर्ने बताएको छ। रकम संकलन र निर्माणको काम द्रुत गतिमा भइरहेको छ।' १८ वटा संघसंस्था आवद्ध अभियानमा विभिन्न व्यक्तिले सहयोग गरिरहेका छन्।

धमाधम रकम दिँदै व्यक्ति र संस्था

ल्याब स्थापनाका लागि दमकका  सहकारी संस्थाले एकमुष्ठ ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएका हुन्।

नवोदय सहकारीले १ लाख ११, मेची सहकारीले १ लाख २ हजार, पूर्व नेपालले १ लाख २ हजार, सूर्यदर्शनले १ लाख १ हजार, दर्पणले ५१ हजार, डाँफेले ५१ हजार, नवदुर्गा, हिमाञ्चल, सूर्यमुखी र दमक बुहुमुखी सहकारीले समान २५/२५ हजार रुपैयाँ सहयोग उपलब्ध  गराएका हुन्।

व्यक्तिगत रुपमा दमकका  नन्दिकेशर अधिकारीले २१ हजार, सन्तोष श्रेष्ठले ११ हजार, बिर्तामोडका  श्याम प्रसाईं (एसपी) ले २६ हजार, भक्ति गौतमले २५ हजार, कमल बाँस्कोटाले ११ हजार, कमल चुडाल  र निरज चुडालले  पाँच/पाँच हजार रुपैयाँ अभियानकर्तालाई हस्तान्तरण गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख