जंगी अड्डामा सैनिक आचारसंहिता सप्ताह


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


भद्रकालीस्थित जंगी अड्डामा साउन १ देखि दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह सुरु भएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले साउन ८ सम्म चल्ने कार्यक्रमकाे सुरु गर्दै सैनिक संगठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप बलियाे बनाएर विशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्य रहेकाे बताए।

नेपाली सेनामा वार्षिक आचारसंहिता सप्ताह चलाउन सुरु गरिएको हाे। प्रधानसेनापतिले संगठन सुधारका लागि कार्यरत सबै सकलदर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यावहारिक रूपमा उच्चस्तरको हुनुपर्ने बताए।

आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको उनकाे भनाइ थियाे।

प्रधानसेनापति थापाले व्यावसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन भएकाले नेपाली सेनामा आचारसंहितासम्बन्धी विषयमा हरेक व्यक्तिले विशेष जोड दिनुपर्ने निर्देशन दिए।

सप्ताहमा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनाेटसम्बन्धी, आर्थिक कारोबार, लैंगिक आचरणलगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केस स्टडी, प्रवचन जस्ता विधिबाट कार्यक्रम सञ्चालन हुनेछन्। 

नेपाली सेनाले २०७६ सालमा पनि वैशाख ६ देखि १३  सम्म पहिलो पटक नेपाली सैनिक आचारसंहिता सप्ताह गरेको थियो। 

हरेक तहमा कार्यरत सैनिक दर्जाले पालना गर्नुपर्ने सैनिक आचारसंहिता र आफ्नो जीवनमा अपनाउनुपर्ने मानवीय आचरणयुक्त पद्धतिबारे जानकारी दिने उद्देश्यसहित नेपाली सैनिक आचारसंहिता संग्रह २०७६ समेत प्रकाशन गरी वितरण गरिएको थियो । 

कोभिड-१९ को महामारीबीच सबै किसिमका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आचारसंहिता सप्ताहको शुभारम्भ गरिएकाे सेनाले जनाएकाे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।