बाह्रदशीका प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्बित   


विचार
आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा


झापा बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहाल निलम्बनमा परेका छन्। मंगलबार भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी बुधबार निलम्बनमा परेका हुन्।

सप्तरीको सप्तकोशी नगरपालिकामा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर भएपछि उनलाई पदबाट निलम्बन गरिएको हो।

सप्तकोशी नगरपालिका-२ स्थित सिद्धिपुरचोक सखुवनीरोड निर्माणमा मापदण्डविपरीत गुणस्तरहीन काम गरी कार्यकारी अधिकृत दाहालले  प्राविधिकसँगको मिलेमतोमा अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको हो।

अनियमितता आरोपमा अनुसन्धान हुँदा ६ जना व्यक्तिले भ्रष्टाचार गरेको प्रमाणित हुन आएपछि सजाय हुने मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहाल, इन्जिनियर सुदीप चौधरी र सब इन्जिनियर रामकान्त चौधरीविरुद्ध पनि मुद्दा दायर भएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी १४ लाख १९ हजार ४५४ रुपैयाँको काममा भ्रष्टाचार गरेको आरोप छ।

उनीहरूले त्यतिबेला सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत कानुनी प्रकृयाविपरीत काम गरेका थिए। 

सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी १४ लाख १९ हजार ४५४ रुपैयाँको काममा भ्रष्टाचार गरेको आरोप छ।

उक्त काम गर्दा दाहालले आफ्नै एकल बोर्डको निर्णय गरी ३ भाग लगाई कोटेसनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएका थिए।
तीनैजना  निर्माण व्यवसायीले नगरपालिकासँग गरेको सम्झौता र लागत इष्टिमेटविपरीत गुणस्तरहीन काम गरेको आरोप छ।

नगरपालिकाका इन्जिनियर सुदीप र सब इन्जिनियर रमाकान्तले लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न भइसकेको भनी झुठा प्रतिवेदन तयार गरी पेस गरेका थिए।

निमित्त कार्यकारी अधिकृत दाहालले सोही प्रतिवेदनलाई स्वीकृत गरी सम्झौताबमोजिमको रकम निर्माण व्यवसायीलाई भुक्तानी दिएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको